पर्यटन केन्द्रीय सहकारी संघको सञ्चालक समिति अध्यक्षमा चन्द्र रिजाल

पर्यटन केन्द्रीय सहकारी संघको सञ्चालक समिति अध्यक्षमा चन्द्र रिजाल

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०८१

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सञ्चालक समिति अध्यक्षमा चन्द्र रिजाल निर्वाचित हुनु भएकाे छ  ।

संघले दिएकाे जानकारी अनुसार  नेपाल पर्यटन  केन्द्रीय सहकारी संघको शनिवार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले रिजालको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल टानको पूर्व अध्यक्ष समेत रहेका सहकारी अभियन्ता  रिजाल यस अघि नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष समेत रहिसक्नु भएको छ । संघका अनुसार सञ्चालक समितिका उपाध्यक्षमा टिकाराम भट्टराई,  महासचिव तेजबहादुर बोहोरा, सचिव ज्ञानमणि न्यौपाने र कोषध्यक्षमा तेजबहादुर खड्कालाई पनि  सर्वसम्मतिले चयन गरेको छ । संघको सञ्चालक सदस्यमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ चयन गरिएको छ । त्यसैगरी बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह पनि सञ्चालक सदस्यमा चयन हुनुभएको छ ।

त्यसैगरी लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भए भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन गरिएको छ 

बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले वार्षिक बजेट तथा प्रगती प्रतिवेदनलाई  पारित गरेको थियो । संघका निवर्तमान अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईँ, संघका संस्थापक उपाध्यक्ष मुकुन्द दाहाल, बागमती प्रदेश सहकारी संघका लेखा समिति संयोजक नेत्रराज पौडेल तथा नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मन्तव्य दिनु भएको थियो ।