युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघमा लबप्रसाद गोर्खाली

युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघमा लबप्रसाद गोर्खाली

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज ०१, २०८१

लस एन्जलस, अमेरिका । अमेरिकाको लस एन्जलसमा सम्पन्न युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनबाट मास्टर को अध्यक्षतामा ४ बर्षको लागि २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । 

अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा किसनसिंह बराल थापा र जगनलाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिव गणेश थापा, सचिव तथा प्रवक्ता राजु थापा, कोषाध्यक्ष अमृत महतो रहेका छन । 

यसै गरि महासंघको सदस्यहरुमा क्रमसः ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्ग्तान, दीपक राना, उमेशराज भण्डारी, मिनुकाजी महर्जन, अर्जुन खड्का, कौशिला खड्का, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेशकुमार श्रेष्ठ, सुरज श्रेष्ठ ,ऋतु जम्मी राई र नन्दु विष्ट निर्बाचित भएको निर्वाचन समितिका संयोजक रोशन अधिकारीले जानकारी दिनु भयो । 

महासंघका अध्यक्ष सन्तोष प्रधानको अध्यक्षता तथा मुना प्याकुरेलको सन्चालनमा सम्पन्न अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सरकारका सान डिएगो स्थित महावाणिज्य दूत ऋषि ढकालले युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघले नेपाली तेक्वान्दो खेलको बिकास र बिस्तारमा पुर्याएको योगदानको चर्चा गर्दै नेपाली तेक्वान्दोलाई विश्वव्यापी रुपमा बिस्तार गर्नु पर्ने कुरामा जोड दिनु भयो । 

अधिबेशन उदघाटन कार्यक्रममा पशुपति तथा बुद्ध मंदिरका अध्यक्ष रामेश्वर भण्डारीले स्वागत गर्नु भएको थियो भने नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष अर्जुन पौडेल , नेपाल अमेरिका पत्रकार संघका सदस्य हेमराज बराल, जय नेपाल फाउण्डेशनका महासचिव अग्नि चौलागाई , पशुपति मन्दिरका ट्रस्टी अध्यक्ष भक्त थापा , प्रबासी नेपाली मंच लस एंजलसका अध्यक्ष चिरंजीवी गौतम, हामी नेपाली अमेरिकाका निर्बतमान अध्यक्ष  इंदिरा त्रिपाठी, एनआरएन अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुंग, लगायातका बक्ताहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

अधिबेशनमा बिभिन्न देशबाट तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक अमृत महतोले जानकारी दिनु भयो ।