स्वास्थ्योपचारमा एआई उपचार पद्धतिको पकड: चिकित्सक पेसा कति सुरक्षित छ त !?

स्वास्थ्योपचारमा एआई उपचार पद्धतिको पकड: चिकित्सक पेसा कति  सुरक्षित छ त !?

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  असोज ०६, २०८१

आर्टिफिसियल इन्टेलिजेन्स अथवा कृत्रिम वुद्धिमत (एआई) को चर्चा सबैतिर हुन थालेको छ । साधारण मानिसदेखि बौद्धिक वर्ग तथा नीति निर्माण कर्ताहरुको लागि एआई बहसको विषय बनेको छ । कति जना यसको प्रचुर सम्भावनाबाट आकर्षित भइरहेका छन् भने कति जना यसका नकारात्मक कुराबाट भयभीत भइरहेका छन् । अझै एआईको विकाससँगै  आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) तहमा पुग्ने अवस्थाको परिकल्पना गर्दै छन् । भनिन्छ कि एजीआई मनुष्यको अन्तिम आविष्कार हुनेछ, त्यसपछि सम्पूर्ण आविष्कार तथा अन्वेषण एजीआई मार्फत हुनेछ । 

यो लेखमा एआई तथा स्वास्थ्य क्षेत्रबारे चर्चा गर्ने कोसिस गरिएको छ । भविष्यमा एआइले स्वास्थ्य क्षेत्रमा के कस्तो परिवर्तन गर्न सक्दछ भन्ने रहने छ । संसारमा एआइले स्वास्थ्य क्षेत्रमा ठुलो व्यापार गर्न सक्ने अनुमान गरिएको छ । सन् २०२३ मा १४.६ अरब डलरको व्यापार गरेकोमा, सन् २०३० सम्ममा २०८.२ अरब डलरको व्यापार गर्ने अनुमान छ । सन् २०३५ सम्ममा १००० अरब डलरको व्यापार हुने सम्भावना छ । यही रफ्तारमा एआईको विकास भएमा सन् २०५० सम्ममा स्वास्थ्य क्षेत्रमा एआईको पूर्ण नियन्त्रण रहनेछ ।

स्वास्थ्य क्षेत्रमा विश्वका ठुला कम्पनीहरू गुगल तथा आइनिम प्रतिस्पर्धाका रुपमा अगाडी बढी रहेका छन् । यी कम्पनीहरूले ठुलो धनराशि स्वास्थ्य क्षेत्रको एआईमा लगानी गरिरहेका छन्, सम्भवतः सन् २०२८ मा स्वास्थ्य सम्बन्धी विभिन्न निर्णय प्रणालीहरू यी कम्पनीहरूका एआई प्रयोग हुनेछ । 

हाल विकसित भइरहेको स्वास्थ्य क्षेत्रका एआईहरूले रोगको प्राथमिक उपचार, उपचार पद्धति र भविष्य हुन सक्ने रोगको पहिचान जस्ता कार्यमा संलग्न छन् । स्वास्थ्य क्षेत्रमा एआईका निम्न क्षेत्रमा व्यापक प्रयोग भइरहेको छ । 

१.तथ्यांक (डाटा) व्यवस्थापन : स्वास्थ्य क्षेत्रका एआईले बिरामी तथा स्वास्थ्य मानिसको व्यक्तिगत डाटा सङ्कलन गर्ने, व्यवस्थापन गर्ने तथा सूचना प्रकाशन गर्ने कार्यहरू भई रहको छ । हामीले अस्पतालमा उपलब्ध गराएका डाटा,सोसल मिडियामा उपलब्ध गराएका सूचना,स्मार्ट फोन तथा घडीहरूमा उपलब्ध डाटाहरूको आधारमा एआईले विग डाटा निर्माण गरिरहेको छ । जसबाट हामीलाई तुरुन्तै स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराइरहेको हुनेछ । 

२.स्वास्थ्य सम्बन्धी सूचना प्रसारण :  एआईले आर्काइभमा उपलब्ध डाटाको आधारमा व्यक्तिलाई स्वास्थ्य सम्बन्धी जानकारी तुरुन्तै दिनेछ । जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन आदिको जानकारी उपलब्ध गराउँछ र समयमा सचेत गराउँछ । हा यसको प्रयोग स्मार्ट फोन तथा घडीमा भइरहेको छ । 

३. भविष्यमा हुन सक्ने रोगको पहिचान : एआईले व्यक्तिगत समाज, देशको अवस्था विचार गरेर भविष्यमा हुन सक्ने रोगको जानकारी अग्रिम दिनेछ । अतः केही वर्षमा नै प्रत्येक व्यक्तिले कुन समयमा कस्तो रोग लाग्न सक्छ र त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्ने जानकारी सहज ढङ्ग हुनेछ । 

नेपालको सन्दर्भमा चिकित्सक पेसा आकर्षणको विषय हो । प्रत्येक वर्ष हजारौँ विद्यार्थी  चिकित्सक छनोट प्रक्रियामा परीक्षा दिन्छन् । केही विद्यार्थीहरू मात्र पसा हुन्छन् । ती मध्य थोरैले मात्र छात्रवृत्ति प्राप्त गर्न सक्षम हुन्छन् । बाँकी निजी तवरले ठुलो धनराशि खर्च गरेर पढ्नु पर्दछ । अतः अभिभावकले पनि छोराछोरीको स्वर्ण भविष्यका खातिर लाखौँ रकम खर्च गर्न तत्पर भएका हुन्छन्। 

४. परीक्षण पद्धति: हाल उपलब्ध परीक्षण पद्धति जस्तै प्याथोलोजी, रेडियोलोजी आदिमा व्यापार सुधार भइरहेको छ । अगामी वर्ष भित्र नै यसमा ठुलो क्रान्ति हुनेछ, चिकित्सक विना नै एआईबाट  परीक्षण पद्धतिबाट निर्णय गर्नेछ । जसले गर्दा छिटोछरितो र मानवीय त्रुटि रहित परीक्षण पद्धतिको विकास हुनेछ । 

५. उपचार पद्धति : हाल संसारमा चिकित्सक जनशक्ति अभाव छ । तर एआई चिकित्सकको परिकल्पना साकार भइसकेको छ । जसरी चिकित्सकले रोगीको  परीक्षण  तथा सुझाव प्रदान गर्दछ । त्यही प्रक्रियाबाट एआई चिकिसक कार्य गर्नेछ । सम्भवतः सन् २०२७ मा यसको व्यापक प्रयोग हुनेछ । जो २४ घण्टा नै कार्यरत रहने छ र यसको व्यापक प्रयोगले साधारण चिकित्सक रोजगारीमा ठुलो असर गर्दछ । अझ यसले एकै चोटी प्याथोलोजी तथा रेडियोलोजी कार्य गर्दै रोगको पहिचान गरी परामर्श समेत गर्दछ । 

६. जटिल रोगको उपचार:  जटिल रोग जस्तो क्यान्सर जस्ता रोगको सुरुमै पहिचान गरी जेनेटिक विज्ञानका साहयताबाट निदान गर्नेछ । जसले गर्दा विभिन्न जटिल रोगको निदान सम्भव छ ।

७. सर्जरी : हाल केही हदसम्म रोबटिक सर्जरी भइरहेको छ । यसको व्यापक विकास भएर सन् २०५० सम्म पूर्ण रूपले रोबटिक सर्जरी सम्पन्न हुनेछ । 

८. अनुसन्धान :  स्वास्थ्य सम्बन्धी अनुसन्धानमा एआईको व्यापक प्रयोग भइरहेको छ । यसबाट जटिल रोगको समाधान सम्भव छ । 

यी बाहेक चिकित्सकका क्षेत्रमा एआईको प्रयोग हुनेछ । यसबाट चिकित्सक क्षेत्रमा ठुलो परिणाममा बेरोजगारीको समस्या देखिनेछ । अगामी ५ वृष भित्रमा प्याथोलोजी तथा रेडियोलोजी क्षेत्रमा चिकित्सकहरूको आवश्यकता नै पर्दैन । यस्तै प्रकारले अगामी १० वर्ष भित्र नै सामान्य चिकित्सक जो स्वास्थ्य परीक्षण गर्ने र परामर्श दिनेमा सीमित छन् । यिनीहरु पनि बेरोजगारको समस्या देखिनेछ । जटिल रोगका चिकित्सकहरू पनि आफे पहिचान बनाउन कठिन हुनेछ । सर्जरी क्षेत्र तथा मानसिक उपचार क्षेत्रमा भने हालको चिकित्सक जनशक्ति आवश्यक नै पर्नेछ । 

नेपालको सन्दर्भमा चिकित्सक पेसा आकर्षणको विषय हो । प्रत्येक वर्ष हजारौँ विद्यार्थी  चिकित्सक छनोट प्रक्रियामा परीक्षा दिन्छन् । केही विद्यार्थीहरू मात्र पसा हुन्छन् । ती मध्य थोरैले मात्र छात्रवृत्ति प्राप्त गर्न सक्षम हुन्छन् । बाँकी निजी तवरले ठुलो धनराशि खर्च गरेर पढ्नु पर्दछ । अतः अभिभावकले पनि छोराछोरीको स्वर्ण भविष्यका खातिर लाखौँ रकम खर्च गर्न तत्पर भएका हुन्छन्। 

तर प्रश्न के छ भने । यत्रो धनराशि खर्च गरेर पढाएकोमा के छोराछोरीको भविष्य सुरक्षित छ त !  एआईले भविष्यमा चिकित्सक क्षेत्रमा ठुलो मात्रामा भूमिका खेल्ने छ, अहिले जतिको चिकित्सक आवश्यक नै पर्दैन । चिकित्सकका केही क्षेत्रहरू प्याथोलोजी, रेडियोलोजी, जनरल फिजिसियन आदिमा एआईको व्यापक प्रयोग हुनेछ । हाल आइनभ कम्पनीले नमुनाको रुपमा प्रयोग तयार गरिसकेको छ, अतः सन् २०३० सम्म यसको प्रयोग  व्यापक हुनेछ । 

अतः अध्ययन गर्न लालायित विद्यार्थीहरु सन् २०३० सम्म आफ्नो भविष्य सुरक्षित छ कि छैन भनेर विचार गर्नु पर्दछ । किनकि ठुलो धनराशि र समय खेर जान सक्दछ । चिकित्सक क्षेत्रमा एलोपेथी पद्धतिमा एआई को ठुलो प्रयोग भइरहेको छ ।  तर अन्य पद्धति आयुर्वेदिक, होमोेयोपेथी, नेजोरोपेथी क्षेत्रमा कम प्रयोग भएको छ । अतः यी क्षेत्रहरूमा भविष्य सुनियोजित हुने सम्भावना छ ।