ऋतु आशिक | दृष्टिकोण | असोज ०८, २०८१
तिम्रो र मेरो बीचको सम्बन्ध के छ ?
तिमी र म बीच रगतको सम्बन्ध पनि त होइन ।
तिम्रो र मेरो भूगोल फरक छ ।
तिमीलई कहिले देखिन
म आर्य
तिमी मङ्गोल
भनन म तिमीप्रति किन नतमस्तक हुन्छु
तिमी मेरो बिहान बेलुकाको सामल पनि त भर्दैनौ ?
तर पनि
तिम्रो मृत्युमा मुटुभरि छटपटाहट किन ?
मेरो आँखामा कर्णाली नदी किन बग्छ
जब–जब म केही बुझ्ने भए
मैले तिम्रो विचारमा
तिम्रो प्रकाश पुञ्ज अनुहार देखेँ
तिम्रो विचारलाई आफ्नो हृदयमा बाली लगाए
मैले थाहा पाएँ
रगतको सम्बन्धभन्दा विचारको सम्बन्ध माथि माथि हुन्छ ।
तिम्रो विचारका सूर्यको प्रकाश पुञ्ज देखेको छु ।
तिम्रो विचार सूर्यको झुल्के घाम हो ।
मेरो देशलाई
तिमीले सन्मान दिएका छौ
मेरो देश प्रकाश पुञ्जको न्यानो घाममा
नुहाएको देख्न चाहन्थे उ
मेरो सानो देशलाई
जनता र राष्ट्रलाई
मुक्तिको निम्ति अभिप्रेरित गर्यौ
माओत्सेतुङ्ग शीर्षकमा १ नोभेम्बर १९९१ मा प्रकाशित An expression to China बाट साभार
चीन नेपालको घनिष्ट मित्र हो
जब–जब राजा महेन्द्र र चीनका अध्यक्ष माओत्सेतुङ बीच घनिष्ट सम्बन्ध थियो । त्यसताका माओत्सेतुङले महेन्द्रको बारेमा भनेका थिए । राजा महेन्द्र आफैँ कम्युनिष्ट हुन् । नेपालमा कम्युनिष्ट शासन प्रणालीको औचित्यता माथि प्रश्न उठाउँदै पञ्चायती व्यवस्थाको प्रारूपलाई समर्थन जनाएका थिए ।
तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध कलम चलाएको हो । पत्रकारिता गर्दागर्दै जेल बसिएको कुरा यथार्थता हो । तत्कालीन अवस्थामा देश सुरक्षित थियो । आम नेपाली जनताको विदेशीने क्रम एकदमै न्यूनीकरण थियो । राजा महेन्द्र हुँदै वीरेन्द्रसम्मको शासनकालसम्म आउदै गर्दा झण्डै झण्डै ३०० भन्दा बढी कलकारखाना खोलिएका थिए । नेपाली जनताले रोजगारी पाउँदै थिए । अहिले विदेशनीतिहरूको ताँती त्रिभुवन विमानस्थलमा देख्न सकिन्छ ? हामीजस्ता पत्रकारिता लेखन धर्मिता अपनाउनेलाई पोल्छ ।
नेपालमा पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ स्थित छ । ती नेपाली विदेशी पलायन हुँदै गर्दा कहिले एमाले, कहिले नेपाली काँग्रेस, कहिले माओवादी पार्टी यी सबैले देशप्रति घात÷प्रतिघात गरिएका दृश्यपटलहरू नेपाली जनता सामु स्पष्ट भएका छन् । यी सबै पार्टीहरू छिमेकी भारतसँग षडयन्त्र पूर्वक अँगालो हालेकै कारण देशलाई सिक्किमीकरणको दिशातर्फ उन्मुख गराउँदै छन् ।
मेरो जीवनको भोगाइमा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनेर आफ्नो शुभराज्याभिषेकको अवसरमा घोषणा गर्नुभएको थियो । भारतबाहेक सबै राष्ट्रले यसलाई समर्थन गरिएको थियो ।
अग्रज डा. गणेश क्षेत्री र म भएर राजाद्वारा घोषित शान्ति क्षेत्र प्रस्तावप्रति राष्ट्रको अविचल, राष्ट्रको अटलता विश्वमा बुद्धको पावन भूमि, शान्तिक्षेत्र भूमिको रूपमा यसले पहिचान पाउने भयो आसयले हामीले गर्वका साथ ग्रन्थको प्रकाशन गरेका थियौँ । राजा वीरेन्द्रको नेपालप्रतिको अक्षुणता कालजेयी प्रस्तावमा हामी अझै गौरव गर्दछौँ ।
भारत सरकारलाई तत्कालीन राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावप्रति नकारात्मक धारणा तत्कालीन उपराष्ट्रपतिद्वारा क्षोम प्रकट गरिएको थियो । तत्कालीन भारतीय उपराष्ट्रपति श्री वी.डि. जत्ती तथा उहाँकी श्रीमतीसहित विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, प्रधानमन्त्री तथा सरकार प्रमुखहरूको उपस्थिति थियो । राजा वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् । यो ऐतिहासिक कदम आफ्नै शुभराज्याभिषेकको कालमा १३ फाल्गुण ०३१ मा गर्नुभएको थियो । नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् राष्ट्रप्रतिको चिन्ता, राष्ट्रको सुदृढिकरणको लागि राजा वीरेन्द्रको चिन्ता, उनीमा भएको शंका उपशंकाको परिपुष्टि भारतीय सरकार र अमेरिका सरकारको मिलिभगतमा राष्ट्रलाई विघटन गर्ने तयारीमा लागेको प्रस्ट देखिएको छ ।
मुलुक भित्र झण्डै ३०० का तादातमा रहेका कलकारखाना मरणासन्नमा पुर्याउनु तथा देशप्रति घात–प्रतिघातमा सघाउनुमा नेपाली काँग्रेस तथा नेकपा एमाले हुँदै भारतीय सरकारद्वारा पालित पोषित लेण्डुपे दोर्जेभन्दा बढी खतराको वेषभूषाका भूमिकामा माओवादीको पहिरनमा प्रचण्ड र उसको ग्याङ देखा परेको छ ।
नेपाल भूमिको विघटनका लागि तयार पारिएका भारतीय लेण्डुपे पात्रहरूको रूपमा नेपाली काँग्रेसबाट शेरबहादुर देउवा, एमालेका के.पी. ओली, माओवादीका प्रचण्ड जस्तालाई क्रमशः लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई अन्तिम तयारीका साथ यी तीनवटैको पूर्वकाल र हालसम्म हाम्रो भूमिमाथि मिचमाच गरेर सडकको निर्माणको अन्तिम प्रारूप दिइरहेका छन् । यो लेख प्रकाशन हुँदै गर्दा मुलुकमा स्थित यी देशद्रोही तत्कालीन र वहालवाला प्रधानमन्त्रीकै कारण देशको अस्तित्वमाथि झन्–झन् मिचाइको कार्यलाई युद्धस्तरमा गरिरहेको छ ।
नेपालका उद्योगधन्दाहरूलाई क्रमशः एकपछि अर्को रूपमा त्यसलाई धराशायी बनाइएको छ । ती धराशायी बनाउन तथा नेपालको आर्थिक स्थितिलाई क्रमशः भताभुङ्ग पार्नका लागि भारतीय सरकारकै इशारा बमोजिम हुने गरेको छ । विभिन्न पार्टीका शीर्षस्थ नेताहरूलाई भ्रष्टाचार गर्न पुट दिएको र त्यसलाई निरन्तरता दिनका ती घृणित हरकतलाई झन् प्रोत्साहन दिएको प्रष्ट छ । नेपालमा निर्माण हुने जुनसुकै सरकारको निर्माणमा भारतीय राजदूतावासद्वारा त्यसलाई नियन्त्रण गरिने तथा मुलुकभित्रको उतारचढावमा उसको अहम् भूमिका रहेको छ । प्रधानमन्त्री, भूपू प्रधानमन्त्रीहरू देशका विभिन्न पार्टीका नेताहरू आदिको भीड त्यतातिर हुने गरेको छ । विभिन्न पत्रपत्रिकामा आएका छन् । सत्तामा रहेका सत्तामा नरहेका प्रधानमन्त्रीहरू भारतीय राजदूतावासका आशीर्वादका लागि त्यता जाने गर्छन् । देशद्रोही हरकतमा आफ्नो हाजिरी जनाएर फर्किने गरेका छन् भन्ने कुरा प्रष्ट हुँदै आएको छ ।
चीनको मन दुखाई र प्रतिबद्धता
चीनले नेपाललाई वि.आर.आई परियोजना अन्तर्गत ६० अर्बको साथसाथै १ खर्बको सहयोग दिने घोषणा गरेको छ ।
यसको साथसाथै नेपालले एमसीसी परियोजना खारेज गर्नुपर्ने शर्त अगाडि सारेको बताइन्छ । चीनले भनेको छ । एमसीसी परियोजना नेपालको खानी रित्याउने र नेपाली जनतालाई गृहयुद्धमा धकेल्ने र नेपालबाट चीनलाई घेरा हाल्ने, चीनबाट तिब्बत टुक्राउने रणनीति भएकोले यसलाई संसदबाट पास गरेर संविधानभन्दा माथि राखेको आरोप लगाइएको छ । चीनले दिने सहयोगमा कुनै शर्त नरहेको पनि बताएको छ । यसै बीच एमसीसी खारेज गरेर सहकार्य गरेमा १० वर्षभित्रै सिङ्गापुर बनाइदिने प्रचार भइरहेको सुनिन्छ । नेपाली जनतालाई रोजगारी दिलाउन हामी पनि प्रतिबद्ध छौ, त्यसैले नेपाल सरकारले चीन सरकारसँग सहकार्य गरेमा यो कुरा असम्भव नरहेको चीनले बताउने गरेका छ । ।
नेपाल एउटा ऐतिहासिक धरातलमा सांस्कृतिक सम्पन्नता बोकेको मुलुक हो । भारतको अस्तित्व आउनुभन्दा उसको विभिन्न कालमा उसप्रति शासन गर्न आएका इतिहासमा वर्णित छ । नेपाल अनादीकालदेखि नै आफ्नै वैभवता एवम् आफ्नै किसिमको परम्परागत रूपमा रहेको सांस्कृतिक धरोहरलाई समेत निरन्तरता दिँदै आएका छन् ।
नेपालको राजाहरूमा आफ्नै मौलिक पन पनि थियो । हाम्रो सांस्कृतिक सम्पदा ऐतिहासिक धरोहरकालदेखि यसको निरन्तरता यसको वैशिष्ठता सधैँ अनुकरणीय रहेको छ नेपालकी छोरी भृकुटी श्रोङ्गचन गम्पोसँग विवाहको परिवेश लगनगाँठो गराएर बौद्धधर्मका तत्कालीन हस्तलिखितका ठेलीका ठेलीहरू भृकुटी विदाईको क्षणमा हामीले दाइजोमा पठाएका थियौँ । यस किसिमबाट नेपालकी छोरीको बिदाई गरेर हामी बीचको सांस्कृतिक सम्बन्धको गाँठोलाई अझ दरिलो बनाएका थियौँ । हामीले आफ्नो संस्कृति, कलालाई पनि जर्गेर्ना, बौद्धधर्मका प्रचारप्रसार हुँदै, नेपाली कलाकार अरनिको देन पनि त्यहाँबाट प्रशंसित भएको कुरा इतिहासमा कलमबद्ध भएको छ ।
नेपालीमा उखान छ, ‘नाच्न नजान्ने आँगन टेढो’ । यस किसिमबाट राजा पृथ्वीनारायण शाहदेखि महेन्द्र हुँदै वीरेन्द्रसम्म आइपुग्दा शाह वंशीय राजाहरूको देनको महानता तथा राष्ट्रको निम्ति उनीहरूको समर्पण अतुलनीय छ । जब–जब भारतीय सरकारको नाकाबन्दीको सुरुवात सँगै डिजेल, पेट्रोलको अभाव खट्केको राजा वीरेन्द्रको कतिपय ठाउँमा पैदल यात्रा गरेका कुरा देखिएका छन् । राष्ट्र दीर्घकालसम्म रहिरहोस् भनेर नेपाललाई शान्तिक्षेत्रको प्रस्ताव राख्नु, राष्ट्रको नियमितता, राष्ट्रप्रति उनको अगाधता प्रष्ट देखिन्छ
राजा वीरेन्द्रद्वारा प्रस्तावित नेपालको शान्ति क्षेत्र प्रस्ताव यसबेला ५० वर्ष कटिसकेको छ । राष्ट्रको नियमितता तथा उसको अटलता प्रति भारतीय सरकारको हस्तक्षेप दिन दुना रात चौगुना बढ्दो छ । शासनमा बस्ने विभिन्न पार्टीका लोभी पापी तथा राष्ट्रघातका मुखुन्डाहरूको कारण देश यसबेला पतनको दिशातर्फ उन्मुख झन्–झन् बढिरहेको छ ।
मुलुक भित्र झण्डै ३०० का तादातमा रहेका कलकारखाना मरणासन्नमा पुर्याउनु तथा देशप्रति घात–प्रतिघातमा सघाउनुमा नेपाली काँग्रेस तथा नेकपा एमाले हुँदै भारतीय सरकारद्वारा पालित पोषित लेण्डुपे दोर्जेभन्दा बढी खतराको वेषभूषाका भूमिकामा माओवादीको पहिरनमा प्रचण्ड र उसको ग्याङ देखा परेको छ ।
प्रचण्ड लेण्डुपे भन्दा अझ खतरनाक देशद्रोहीको रूपमा भारत भ्रमणपछि विद्यादेवी भण्डारीद्वारा स्थगन नागरिकता प्रमाणीकरणलाई बल्झाएर देश फर्किएको भोलिपल्टदेखि नै लाखौँको तादातमा देशभरिकै जिल्ला–जिल्लामा भारतीयहरूलाई नेपाली नागरिकता बाँडेर देशप्रति गद्दारी गरेको स्पष्ट भएको छ । प्रचण्ड प्राणदण्डको भागीदार हो । नेपाली जनताले प्रचण्डप्रति घृणा र देशद्रोहीको व्यवहार गरिरहेका छन् । ती व्यवहारलाई देशभक्त नेपाली जनताले निरन्तर दिइरहेका छन् ।
तरहरा, इटहरी
२०८१ असोज ७, सोमबार