सरोज ज्ञवाली | ज्ञानविज्ञान | असोज १३, २०८१
आर्टिफिसियल इन्टिलिजेन्स (कृतिम बुद्धिमता) (एआई) को प्रयोग सबै क्षेत्रमा व्यापकरुपमा प्रयोग भइरहेको छ । अगामी केही वर्ष भित्रमा एआईको विकास भएपछि, सायद मानवको अन्तिम आविष्कार हुनेछ । त्यसपछि सम्पूर्ण अनुसन्धान तथा खोज एजिआईबाट हुनेछ र मानव त प्रयोगकर्ता वा उपभोग मात्रमा सिमित हुनेछ ।
शिक्षा क्षेत्रमा पनि एआईको प्रयोग क्रमशः बढ्दै गइरहेको छ । हुन त शिक्षा भन्नाले ज्ञान, सदाचार, उचित आचारण तथा दक्षता प्राप्त गर्ने प्रक्रिया हो । यसै धारणा अनुसार आधुनिक शिक्षा प्रणालीको विकास भएको पाइन्छ ।
शिक्षाको मुख्य उद्देश्य ज्ञान आर्जन गर्नु हो, जसले गर्दा हामीलाई सुशिक्षित गर्ने मद्दत पुग्दछ । शिक्षाको माध्यमबाट व्यक्तिगत विकास गर्न तथा समाज परिवर्तन गर्न मद्दत गर्दछ । हाल शिक्षा आर्थिक आयआर्जन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
हालको आधुनिक शिक्षा प्रणाली व्यक्तिगत दक्षता हासिल गर्न र आयआर्जन अथवा रोजगारी क्षेत्रमा कार्यरत रहनबाट प्रेरित छ । जतिसुकै उच्च शिक्षा हासिल गरे पनि हालको युवाको मानसिकता रोजगारीमा मात्र सिमित छ, हुन त यो धारणा औधोगिक क्रान्ति पछि आएको हो ।
हुन त पूर्वीय दर्शनमा शिक्षा भन्नाले आफूलाई पहिचान गरी समाजमा योगदान दिनको लागि परिचालित थियो । गुरुकुल पद्धति यस धारणाबाट अभिप्रेरित थियो । तर यो पद्धति हाल खासै अस्तित्वमा छैन । अतः यो आलेख एआईको प्रयोग शिक्षा क्षेत्रमा कसरी व्यस्त हुन खोजिरहेको छ, त्यसमा सिमित छ। एआई भन्नाले कृतिम मष्तिष्क अथवा बुद्धिमता भनेर बुझिन्छ । एआईले मानविय गुण, अध्ययन तथा खोज तथा सम्पूर्ण तथ्याकं तथा सूचनालाई संकलन गरी अध्ययन गर्दछ । त्यसपछि स्वतः परिमार्जित गर्दछ अथवा विशेष खालको प्रोगामिङ्गबाट प्राप्त सूचना तथा तथ्यांकहरु विश्लेषण गर्दछ । अन्तमा विशेष खालको प्रोगामिङ्गबाट निष्कर्ष तथा निर्णय गर्दछ । हाल विकास भएका एआईले जटिल प्रक्रियाबाट अति कठिन निर्णय दिन सक्षम भएका छन् ।
नेपालको शिक्षा प्रणाली नोकरी तथा जागिर प्राप्त गर्नको निम्ती मात्र सिमित छ । मुख्यतः सरकारी नोकरीमा व्यक्तिको क्षमता तथा योग्यता भन्दा सर्टिफिकेट तथा घोकन्ते विद्यालाई आधार मानेर निर्णय गरिन्छ । यस्तै प्रकारले अन्य क्षेत्रमा पनि न्यूनतम योग्यता भनेर विद्यालय वा विश्वविद्यालय स्तरको सर्टिफिकेटलाई आधार लिइन्छ ।तर एआई प्रविधि आउँदा यस्ता खाले जनशक्तिको कुनै महत्व रहँदैन ।
मुख्यतः एआईको प्रयोग शिक्षा क्षेत्रमा निम्न तरिकाले हुने सम्भावना छ ।
१. व्यक्तिगत शिक्षा तथा ज्ञान विस्तार गर्न
हाल धेरै जसो व्यक्तिहरु आफूलाई चाहेको शिक्षा दक्षता अनलाइन वा डिजिटल प्रविधिबाट सिकिरहेको छन्। तर यसको विकास भई एआई प्रविधि तथ भ्रचुअल रियालिटीबाट आफूले चाहेको विषय वा ज्ञान आर्जन गर्न सकिन्छ । यस माध्यमबाट अति सरल तवरले श्रब्य तथा दृश्यको माध्यमद्वारा व्यक्तिको क्षमता तथा योग्यता अनुसार उपलब्ध हुनेछ । जसले गर्दा उच्च अध्ययन केन्द्रमा गएर ठुलो धनराशी नगरी शिक्ष सहजै प्राप्त गर्न सकिन्छ । यसले गर्दा मध्यम तथा उच्च जनशक्तिलाई व्यवस्थान भविष्यमा कठिन पनि हुनेछ ।
२. औपचारिक विद्यालय शिक्षा
हाल औपचारिक विद्यालय शिक्षा परम्परागत ढंगले संचालन भइरहेको छ । केही शिक्षक वा शिक्षकहरूबाट धेरै विद्यार्थीहरु पाठ्यक्रममा आधारित शिक्षा उपलब्ध भइरहेको छ । करिब १०–१२ वर्ष विद्यालय स्तरमा शिक्षा हासिल गरे पनि खासै उपलब्धी हुन सकिरहेको छैन । अब एआइको माध्यमद्वारा परम्परागत शिक्षा प्रणाली संचालन हुन गइरहेको छ । यसको प्रयोग विभिन्न देशहरुमा पाइलट प्रोजेक्टका रुपा भइसकेको छ । हालको अध्ययन हेर्दा अगामी केही समय नै विद्यालय स्तरको शिक्षा पूर्ण रुपले एआईको नियन्त्रणमा रहने छ ।
३. उच्च क्षेत्रमा
हाल उच्च शिक्षा अथवा विश्वविद्यालय तहको शिक्षा हासिल गर्न धेरै युवा जनशक्ति लालयित छन्। यसको निम्ती ठुला र महँगा विश्वविद्याल अध्ययन गर्न लाखौँ रुपयाँ पनि खर्च गर्छन । तर एआईले उच्च शिक्षा जस्तै चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन आदि विषयहरुमा उच्चस्तरको पाठ्यक्रम तयार पारी छोटो समयमा र कम खर्चमा उच्च शिक्षा प्रदान गरिनेछ । हाल सिमित मात्रमा उच्च शिक्षाको अवसर, अब व्यापक रुपमा उपलब्ध हुनेछ र योग्यता र क्षमता भएको जो सुकैले पनि उच्च शिक्ष हाँसिल गर्न सक्नेछन्। जसले गर्दा सिमित व्यक्तिमा रहेको बर्चश्व अब व्यापक हुनेछ , उच्च जनशक्ति सजिलै उपलब्ध हुनेछ ।
४. खोज तथा अनुसन्धान
हाल खोज तथा अनुसन्धान क्षेत्र उच्च जनशक्तिहरू क्रियाशिल भएको पाइन्छ । हाल आएर एआईबाट खोज तथा अनुसन्धान क्षेत्रमा व्यापक प्रयोग भइरहेको छ । साधरण च्याट तथा जिपिटि जस्ता एआई पद्धतिबाट आफुलाई चाहेको थेसिस वा रिसर्च पेपर तुरुन्त प्राप्त गर्न सकिन्छ । यस टुलबाट आफूले प्रदान गरेको रिसर्च टाइटलबाट आफुलाई चाहेको थेसिस वा रिसर्च पेपर तयार गर्दछ । हाल यसको प्रयोग वा दुरुपयोग गरी विद्यार्थी वा अनुसन्धानकर्ताले थेसिस वा रिसर्च पेपर तयार पारी राखेका छन् । तर दुर्भाग्य मानिसबाट लेखिएको थेसिस भन्दा एआईबाट लेखिएको थेसिस उच्च स्तरको पाइएको छ । अतः यसरी नै यसको विकास हुने हो भने विश्वविद्यालयको थेसिस वा पिएचडी को थेसिस कोरा कागज हुनेछन् । रिसर्च पेपरको पनि विश्वसनीयता पनि कमी हुनेछ । अब अगामी वर्षमा मानवबाट खोज तथा अनुसन्धान बन्द हुनेछ र यो कार्य पूर्ण रुपले एआईबाट हुनेछ ।
५. नीतिगत अनुसन्धान र विकास
हाल विश्व स्तरका नीतिगत अनुसन्धान तथा विकास क्षेत्रमा उच्च जनशक्तिहरूको प्रभुत्व रहेको पाइन्छ । जस्तै सुरक्षा व्यावस्थापन, नीतिगत तथा निर्माण, परराष्ट्र आदि क्षेत्रलाई लक्षित गरी नीतिगत अनुसन्धान खुलेका छन् र प्रभुत्व वर्ग यसमा रहेको पाइन्छ । तर हाल आएर एआईको प्रयोग यसमा व्यापक भएको छ । एआईबाट निर्मित भन्दा अब्बल देखिन थालेको छ । जसले गर्दा भविश्यमा एआईले नीति निर्माणको कार्य समेत हुनेछ ।
६. बैज्ञानिक अनुसन्धान
हाल बैज्ञानिक अनुसन्धान उच्च जनशक्ति, उच्च प्रविधि तथा कम्प्युटरको प्रयोग व्यापक भइरहेको छ । अव भविश्यमा एआई पनि थपिने हुँदा वैज्ञानिक अनुसन्धानको क्षेत्र व्यापक भइ क्वान्टम क्षेत्रदेखि ब्रमाणीय क्षेत्रमा विकास हुनेछ ।
यसरी सरसर्ती हेर्दा एआईको प्रयोग शिक्षा तथा विज्ञान क्षेत्रमा व्यापक रुपले प्रयोग हुँदै गइरहेको छ । यसले साधारण विद्यालय क्षेत्रदेखि उच्च शिक्ष क्षेत्रमा ठुलो फेरबदल गर्ने देखिन्छ ।
नेपालको सन्दर्भमा विद्यालय तहको क्षेत्र हेर्दा सरकारी तथा निजी विद्यालयमा साधरण व्यक्तिहरुका छोराछोरी मात्र जाने प्रवृति देखिन्छ । अव भविष्यमा एआईबाट संचालित विद्यालयले भने व्यापक प्रचार प्रसार हुने छ । अतः त्यसबेला अभिभावकलाई दुविधा हुनेछ । यस्तै तवरले उच्च शिक्षामा पुरानै पाठ्यक्रम तथा धारणाबाट संचालित हुँदा उच्च जनशक्ति तयार हुन सकि राखेको छैन । भविष्यमा एआइबाट संचालित कलेज तथा विश्वविद्यालय संचालन हुँदा हाल संचालित विश्वविद्यालयको अवस्था के हुनेछ ।
नेपालमा पनि विश्वविद्यालय तथा पिएचडीमा अनुसन्धानात्मक लेख तथा शोधपत्रको ठुलो भूमिका रहेको छ । तर एआईबाट निर्मित अनुसन्धानात्मक लेख तथा शोधपत्र तयार हुँदा मानवबाट सिर्जित लेखा तथा अनुसन्धानहरूको गुणस्तरीयता कस्तो होला ? यो हालको जटिल प्रश्न हो ।
हाल नेपालको शिक्षा प्रणाली नोकरी तथा जागिर प्राप्त गर्नको निम्ती मात्र सिमित छ । मुख्यतः सरकारी नोकरीमा व्यक्तिको क्षमता तथा योग्यता भन्दा सर्टिफिकेट तथा घोकन्ते विद्यालाई आधार मानेर निर्णय गरिन्छ । यस्तै प्रकारले अन्य क्षेत्रमा पनि न्यूनतम योग्यता भनेर विद्यालय वा विश्वविद्यालय स्तरको सर्टिफिकेटलाई आधार लिइन्छ ।तर एआई प्रविधि आउँदा यस्ता खाले जनशक्तिको कुनै महत्व रहँदैन । अतः सरकारले पनि आफ्नो आवश्यकता पनि परिवर्तन गर्न जरुरी छ । र सर्वसाधरणले पनि एआईलाई दुस्मनको नहेरी सहयोगीका रुपमा लिनु पर्दछ । अतः शिक्षा नोकरी माध्यम नभएर व्यक्तिगत ज्ञान तथा क्षमता विस्तार गर्ने अवधारणाबाट परिचालित हुन जरुरी छ ।