भेगास कम्पाउण्डमा पानीको कहर: नपत्याउने खोलाले बगाउँछ

भेगास कम्पाउण्डमा पानीको कहर: नपत्याउने खोलाले बगाउँछ

पूर्ण ओली  |  दृष्टिकोण  |  असोज १५, २०८१

असोज १२ गते शनिबारको रातको ३ बजे मलाइ फोन आयो । फोन हामी भन्दा माथिको फल्याटमा बस्ने रबिन्द्रजीको थियो । उहाँले भन्नुभयो शर हाम्रो कम्पाउण्डमा  खोला पसेजस्तो छ पानी निकै माथि आइसक्यो आफ्नो गाडी सुरक्षित स्थानमा सार्नु होला । त्यसपछि म उठेर झ्यालबाट बाहिर हेर्दा हाम्रो कम्पाउन्डको पुरै जमिनमा पानीको ताल बनिसकेको रहेछ ।

मोटरसाइकल गाडीहरुको चक्काहरू पानीमा डुबिसकेछ । त्यसपछि म हतार गरेर तल गए साइलेन्सर पानीमा डुबे नडुबेको पनि नहेरि पहिला कारको ढोका खोलेर स्टार्ट गरेको गाडी स्र्टाट भयो । त्यसपछि तुरुन्त गाडीलाई केहि उचो ठाउँमा राखे र फर्केँ । अरु केहि मोटरसाइकल सार्ने काम भयो । त्यसपछि कसैले पनि आफ्ना गाडीहरु बाहिर निकाल्न भ्याएनन्  र त्यहि पानीमा डुब्दै गए । भेगास कम्पाउण्डमा भएका दुइ अग्ला भवनहरुको बिचमा करिब १०० मिटर भाग पानीले पुरा ढाकेको थियो ।

बाहिरबाट खोला एकपटिबाट छिरेर अर्को पटिबाट निस्किरहेको थियो । खोलामा धेरैका ग्याँस सिलिण्डर कुर्सीहरु बगाउँदै वरिपरिको घाँसपात माटो बगाउँदै लगेको देखियो ।  कम्पाउण्डमा पानीको सतह लगातार बढिरह्यो । 

भवनका भुइँतला पानीले भरिए । मानिसहरु जोगिए पनि धेरैका गाडी, मोटरसाइकल लगायत बहुमुल्य सामान  लुगाफाटा र अन्य सरसामान सबै पानीमा डुबे । हामीहरु वरपर जानसक्ने अबस्था केहि भएन । उता गोदावरीबाट उत्तर बग्ने कर्मनासाले सबैको कर्म नास गर्दै खोला भरिएर पानी सबै घरघरमा पसिरहेको थियो । बिहानीपख भएपछि यो दर्दनाक दृष्य हेर्न सबै स्थानीय पनि भेगास सिटि छेउको सानो पुलको छेउमा आएर रमिता हेरिरहे । दिनको समयमा नेपाली सेनाको रबर बोट सहित आएको टुकडीले भेगासको अर्को साइडमा भएका अपार्टमेन्टको केहि व्यक्तिहरुको उद्धर गर्ने कार्य गरे । भेगास पीडित संघका अध्यक्षले आफै बोटमा चढेर आफुले ल्याएको जारको पानी आवश्यकता  अनुसार बाँड्न थाले । 

यो कहालि लाग्दो पानीको कहरको प्रमुख कारण लगातारको  बर्षा नै हो । साथै खोलाको आफ्ना बाटोमा स्थानीय जनताले घर बनाउँदा र सडक बनाउँदै खोलालाई साँगुरो मात्र होइन कुलो  पार्नु पनि हो । यस्ता खोला मिचेर सुकुम्बासीको नाममा बसेका जनतालाई दलहरुले उचालेको फल पनि हो । जसको कारण बाढीपीडित धेरै धनजनको नोक्सान भएको छ ।

भविष्यमा खोलाको तोकिएको क्षेत्रमा जनताका घर टहरा बनाउन कढाइका साथ प्रतिबन्ध लगाइयोस् र भएकालाई सरकारले हटाओस् । यस ग्वार्खु र च्यासल क्षेत्रमा भएको डुवानको समस्याको अर्को कारण मनहरा खोलाको छेउमा रहेको च्यासलको एमाले पार्टी कार्यालय छेउको पक्की पुल रहेछ । जसको बेस साँगुरो भएर बाढीको पानी ब्लक हुँदोरहेछ । जसको कारण पानी बाहिर निस्केर घरघरमा पसेको स्थानीयको भनाइ पाइयो  । यो सम्बन्धमा स्थानीयबासीले बारम्बार गुनासो गर्दा पनि सम्बन्धित पक्षले केहि वास्ता गरेन छन् । यहि भेलमा बालकुमारीबाट एउटा ग्याँसको ट्याङकर बगाएर त्यहि पुल मुनि अड्केपछि पानी झनै ब्लक भएर पानी फर्केर अन्यत्र शाखा खोलामा मिसिन थाल्यो ।

कमसेकम कुलतमा लागेर अपराधिक कर्म र ड्रग्स खाने कामबाट बाहिर आउनेछन् । यसतर्फ सरकारमा बस्ने र दलका नेतामा सोच आओस् । दलका कार्यकर्ता पनि बढि अनुशासित भएर यस्ता बिपद ब्यवस्थापनमा लाग्ने छन् नकि तस्कर र दलालबाट कमिसन लिने मात्र हुनेछैनन् । जसरी २०७२ सालको भुकम्पमा दलका कार्यकर्ता स्वयंसेवक भइ जनता माझमा पुगेर सहयोग गरे यसपालिको बाढी पीडितका कुनै दलका कार्यकर्ता पनि जनताको सहयोगमा गएको थाहा पाइएन ।

  कर्मनासा खोलामा  पनि चाँडै पानी भरिएर बालकुमारी र ग्वार्खुमा जलमग्न भएको बुझियो । यसैलाई भन्छन् नपत्याउने खोलाले पनि बगाउँछ । सरकारमा बस्नेहरुको दुर दृष्टि नहुँदा र समयमा कार्य नगर्दा कतिपय बाडी पहिरोमा जस्ता विपद् ब्यवस्थापन जोगाउन सकिने मानिस पनि जोगाउन सकिएन । जसको ज्वलन्त उदाहरण नख्खु खोलाको छेउमा रहेको जस्ताको टहराको छानोमा बसेर ज्यान जोगाउन हारगुहार गरिरहेका परिवार देखियो । यस्ता निमुखा जनतालाई राजधानीमा भएका गृह मन्त्रालय जसको बिपद ब्यवस्थापनको जिम्मेवारी लिएको छ उसले केहि गरेन र उनीहरुलाई भेलले बगायो । भाग्य बस केहि तलबाट निजहरुलाई एकजना साहसिक ब्यक्तिले बचाएको खवर सुनियो । 

यता बाढी पछि डुवानमा परेको बालकुमारी ललितपुरको भेगास सिटि कम्पाउण्ड र ग्राउण्ड फ्लोरमा हिलो पसेर बेहाल भएको छ ।  हिलो सफा गर्न सम्बन्धित घरवालाहरूको सक्रियता तथा  भेगास उपभोक्ताहरु बाट  सहयोग संकलन गरि पीडितलाई सहयोग गर्ने काम हुँदैछ  । सरकारले गर्ने सहयोग बारेमा पुर्‍याउनु पर्ने प्रक्रियाले नगद तथा सामान बितरण गर्ने बिभाग र कार्यलयको वेवास्ताले गर्दा पीडितले समयमा सहयोग पाउन सक्दैनन् । राजधानीमा यस्ता बेहाल भइरहँदा अन्यत्र देशभरमा यी भन्दा विकराल समस्या लथालिङ्ग भइरहेका होलान् । कतिपय सडक पुल बाढीले बगाउँदा कतिपय बिद्युत आयोजनाहरुलाई पानीले नोक्सान पुर्‍याएको बुझिन्छ । यसैले भविष्यमा बिद्युत आपूर्तिमा बाधा पर्न सक्छ । अब बाढीबाट विध्वंस भएका सबै सडक उद्योग , निजी घर र जनतालाई कति छिटो यथास्थितिमा पुर्‍याउन सरकार र यसका अंग सकृय भएर लाग्छन् यसैमा सरकारको बोलि र ब्यबहारको वास्तविकता झल्किन्छ ।

देशको प्रधानमन्त्री लामो समयसम्म अमेरिका बसेर भ्रमण अवधि पुरा गरेर मात्र आफ्नो जम्बो टिम सहित फर्कनु भएको छ । अरु देशका राष्ट्रप्रमुख बिदेश भ्रमण गएको बेला स्वदेशमा कुनै घटना घटेमा तुरुन्त स्वदेश फर्किन्छन् । देशमा बिपद आउँदा समेत हाम्रा देशका सरकार प्रमुख बिदेशमा रमाउँछन । यो सबै जनता प्रतिको बेवास्ता नै हो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पनि साथमा हुनुहुन्थ्यो । यस्ता बिषय परिस्थितिमा  चाहिने सल्लाह दिनुभन्दा मौकामा अमेरिकामा आफन्त संग रमाउनु पनि लज्जासपद नै हो । जसरी एउटा खहरे खोलाले यस्ता ताण्डब नृत्य गरेर धनजनको अत्यधिक विध्वंस गर्न सक्छ भने जनतामा सरकारप्रतिको असन्तोष बढ्दै गएको बेलामा  भविष्यमा यसको दुश्परिणाम पनि देखिन सक्छ । यसको लागि जनताको सानो समुह नै किन विद्रोहमा नलागोस् । यसैले नपत्याउने खोलाले बगाउँछ भनेजस्तै अहिले दुर्गा प्रसाइँलाई कष्टडीमा राखेर सरकार केहि दिन हाइसन्चोमा बसे पनि जनताको आक्रोस बढ्दै गएको कुरालाई समयमै आँकलन गर्न सकियोस् । 

लगातारको बर्षाले देशमा आएको बाढी पीडितले धनजनको ठुलो नोक्सान पुर्‍यायो । बिपत् ब्यवस्थापनको नाममा सिर्फ सुरक्षा निकायमात्र सकृय हुनपर्ने जनतामा र अन्य कर्मचारीमा कुनै जवाफदेहिता नहुनु दुर्भाग्य हो । त्यसैले एस सि इ परिक्षा दिएपछि सबै युवाहरुलाई अनिवार्य सैनिक तालिम दिने कार्य होस । जसले गर्दा युवाहरुले पनि सैनिक तालिमबाट बिपद ब्यबस्थापन लगायत उद्धार गर्ने कामको पनि तालिम प्राप्त गर्न सक्छन् । सैनिक तालिम प्राप्त युवा स्वस्थ अनुशासित भएर समाजप्रति बढि जिम्मेवार हुनेछन् ।

कमसेकम कुलतमा लागेर अपराधिक कर्म र ड्रग्स खाने कामबाट बाहिर आउनेछन् । यसतर्फ सरकारमा बस्ने र दलका नेतामा सोच आओस् । दलका कार्यकर्ता पनि बढि अनुशासित भएर यस्ता बिपद ब्यवस्थापनमा लाग्ने छन् नकि तस्कर र दलालबाट कमिसन लिने मात्र हुनेछैनन् । जसरी २०७२ सालको भुकम्पमा दलका कार्यकर्ता स्वयंसेवक भइ जनता माझमा पुगेर सहयोग गरे यसपालिको बाढी पीडितका कुनै दलका कार्यकर्ता पनि जनताको सहयोगमा गएको थाहा पाइएन ।

शायद यस्तै शिक्षा र तालिम नेताहरुबाट पाएका होलान् । जसरी हुन्छ पैसा कमाउन सिकेका दलका कार्यकर्ताले गरिब पीडित जनताको सहयोगमा  निस्कन कहिलेदेखि सुरु गर्छन हेर्न बाँकि छ । ग्वार्खु क्षेत्र पानीले डुवानमा परेपछि गत शनिबारदेखि दूरसञ्चारको वाइफाइमा  अबरोध भएपछि आज ४ दिनपछि मात्र फाइबर नेट सुचारु भएको छ । त्यसैले यो लेख केहि दिन ढिला गरि प्रेसित गर्न बाध्य भएको छु ।  


बालकुमारी, ललितपुर नेपाल
२०८१ असोज १५