प्रधानमन्त्री एमसीसी पछ्याउँदै अमेरिका !

प्रधानमन्त्री एमसीसी पछ्याउँदै अमेरिका !

ऋतु आशिक  |  साहित्य  |  असोज १९, २०८१

मेरो देशको अथाह, वैभव सम्पत्तिको मुहान
मुस्ताङमा प्रज्वलित पल्लवित युरेनियम
नेपाली जनताको ऐश्वर्यको बिहानी 
छलाछुल्ल र झलमल हुँदै थियो । 
अमेरिकालाई खपिनसक्नुको आरिस 
औडाहाको पीडाले भत्भति पोल्दै थियो ।
काँग्रेसलाई 
माओवादीलाई 
एमालेसहित चाटुकार दलालका फौजहरू 
यी सबै कतिलाई करोडमा
कतिलाई अरब र खरबमा
क्रय विक्रयको लिलामीका
सम्भ्रान्त अमेरिकाको लेपन ओढेर 
मेरो देशको अथाह सम्पत्ति
मेरो देशको सौन्दर्य 
हाम्रा पुर्खाहरूले आर्जेको वैभवमाथि
राति राति चिलगाडीमा आउँदै ओसार्दैछ ।
हाम्रो भागको ऐश्वर्य र वैभवतालाई 
डकैती शैलीमा युरेनियम लगिरहेको छ । 

प्रधानमन्त्रीको भेषभूषमा सजिएर
केपी का यसपाला 
अमेरिकामा देशद्रोही अभिषेक भएका छन् 
यस्तै–यस्तै स्वरहरू 
ठामका ठाम स्वरहरू
अमेरिकामै प्रस्फुटन भएका छन् । 
चौतिर स्वरहरू मडारियो 
केपी ओली भागेछ
अमेरिका आएर देश माथि घात बोल्दैछ । 

स्याबासी खान र थाप्न पल्केका 
नेपाली लेण्डुपेहरू 
देशभक्ति नेपालीहरूको कम्पनले 
ओलीको सातो गएको छ । 
एम.सी.सी.को घात प्रतिघातको बर्को ओढेर 
देश र देशबासी माथि तिम्रो प्रहार 
अमेरिकामा ठोक्किएको छ । 
अमेरिकी सरकारमाथि 
अमेरिकैबाट देशप्रति घात प्रतिघातका
खलनायकहरू विरुद्ध 
आवाज घन्किएको छ । 
विद्युत माफियासँगको मितेरी 
शेख हसिनातिर परिलक्षित हुँदैछ । 
एमसीसी.माथि ओथारो बस्ने स्वप्न
भताभुङ्ग भएर लडिबुडिदै छ । 
मुस्ताङ माथिको घात
नेपाली जनता माथिको घात 
अमेरिकी सरकारको 
मेरो देशमाथिको घात 
ओलीको देश घातलाई थाम्न सकेन । 
अमेरिकामै ओलीका विरुद्ध
काला झण्डाहरू फर फराई रहेका छन् 
प्रधानमन्त्री ओली मुर्दावादका नाराहरू 
अमेरिकी आकाशमा गुञ्जमान भएका छन् । 

अमेरिका !
तिम्रा अठपरिया प्रधानमन्त्री ओलीका हरकत 
जनताले धुजा–धुजा बनाएका छन् । 
मुस्ताङ अथाह सम्पत्ति युरेनियम
तिम्रो डकैती बन्द गर 
मेरो देशको वैभवता
मेरो देशको ऐश्वर्यता
अन्तर्राष्ट्रिय अदालत जानेछौ । 
तिम्रो घृणित अनुहार प्रष्टिने भएको छ । 

तिम्रा धुन्धुकारि हरकतहरू 
कतै ओलीको भेषमा
कतै देउवाको भेषमा
कतै प्रचण्डको भेषमा 
कतै देशबाट ओली सभा विहीन भएको छ । 
तीमै देशमा
देश घाती ओलीको विरोध भएको छ । 
जनता हो !
घृणित देशद्रोही कार्य परास्त हुनुपर्छ । 
तिम्रा मनमा ढ्याङ्ग्रो बज्यो होला ? 
हाम्रो वैभवता फर्काइ देऊ । 
देशमाथि घात प्रतिघात बन्द गर । 
मुस्ताङ माथिको लुटपाट बन्द गर । 
युरेनियम हाम्रो वैभवता 
देश माथिको लुटपाट बन्द गर । 

इटहरी तरहरा