ऋतु आशिक | दृष्टिकोण | असोज २१, २०८१
राजा वीरेन्द्र र उनको परिवारमाथि जसरी छानी छानी हत्या मात्र भएन उहाँका वंश नै सखाप हुनेगरी आम हत्या भयो । यो राजा वीरेन्द्रको परिवारको हत्यापछि त्यसको प्रत्यक्ष फाइदा ७ वर्षसम्मको लागि राजा ज्ञानेन्द्रले यो देशको सत्ता सम्हालेका थिए । यो इतिहासको तीतो तिक्तता हो । यसलाई छलछाम गरेर यसलाई विभिन्न रूप/प्रारूप दिए पनि राजा वीरेन्द्रको हत्यामा राजा ज्ञानेन्द्रको प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनको संलग्नतालाई नकार्न सकिन्न ।
राजा ज्ञानेन्द्रले राजा वीरेन्द्र पछि ७/७ वर्षसम्म मुलुकमा शासन गरे । उनको शासनकालमा राजा वीरेन्द्रको हत्या त्यसमा अमुक/अमुक व्यक्तिको शंका तथा राजा वीरेन्द्रको हत्याको प्रकरणलाई उजागर गर्नका लागि किन आयोग गठन गरिएन तत्कालीन राजा ज्ञानेन्द्रको मौनता ? राजा वीरेन्द्र हत्याको प्रकरणमा उनको संलग्नता नभए तापनि कतै न कतै उनको मौन स्वीकृत उनीमा परिष्कृत भएको कुरा सहज अनुमान गर्न सकिन्छ ।
राजा ज्ञानेन्द्र उनी निश्छल भएको भए उनलाई राजा वीरेन्द्र परिवारको समूल नष्ट भएको आफ्नो ७ वर्षे शासनकालमा मौनता साध्नुको पछाडि प्रत्यक्ष फाइदाको रूपमा भारतीय सरकार तथा त्यसका मेशिनरीहरूलाई नेपाललाई आफ्नो औपनिवेशिक बनाइरहेको उनको व्यवहारबाट प्रष्ट छ । नेपालमा रहेको ३०० भन्दा बढी कलकारखाना सिध्याउनका लागि त्यसलाई धरासयी बनाउनका लागि भारतीय सरकारले बढी मात्रामा नेपाली काँग्रेसलाई बढी भन्दा बढीको रूपमा प्रयोग गर्यो । संसारका विभिन्न देशका सरकारहरूबाट आएका देश उत्थानको लागि होस्टे–हैसे गर्ने मित्रहरूद्वारा प्रदत्त सहयोगलाई बढी कुठाराघात मुलुकको आर्थिक वर्चस्व माथि जिरोमा पुर्याउनका लागि भारतीय सरकारको तर्फबाट नेपालस्थित भारतीय राजदूतावासले बढी भन्दा बढी रूपमा चलखेल गरेको स्पष्ट छ्याङ्ग भएका छन् । जो देख्न सकिन्छ । यी सबै नेपाली काँग्रेसको बढी भन्दा बढी रूपमा नेपाली काँग्रेसले आफ्नो शासन सत्ता नेपालमा लम्बाइएको देख्न सकिन्छ ।
नेपालको राजनैतिक परिवेशमा पार्टीको हैकमी
नेपालको राजनैतिक बृतमा नेकपा एमालेले आफूलाई राष्ट्रिय सम्वर्द्धनको सवालमा मनमोहन अधिकारीको नेतृत्वमा रहुञ्जेल तत्कालीन अवस्थामा नेकपा एमालेले आफूलाई राष्ट्रिय चेत तथा नेपाल भूमिप्रति स्वतन्त्रताका संवाहक देश प्रतिको जिम्मेवारीमा आफूलाई अलिकति पनि झुकाएन । नेकपा एमालेमा मनमोहन अधिकारीले तत्कालीन भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावसँग नेपाल र भारत बीच भएको १९५० को सन्धिलाई पुनरावलोकनका लागि तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुझ बुझका साथ त्यस सन्धिका देशप्रति आपत्ती हुने धारालाई सच्याउन सकिने गरेर कन्भिन्स गर्न सक्नुभएको थियो । समयको अन्तराल सँगसँगै मनमोहन अधिकारीको असामयिक निधनको कारण भारत र नेपाल बीच भएको असमानको सन्धि (१९५०) अझै त्यो देशभक्त नेपाली जनताको टाउको माथिको तरबारको रूपमा झुन्डिरहेको यथार्थता पनि स्पष्ट छ ।
नेपालमा भ्रष्टाचारको नमुनाको रूपमा के.पी. ओली गिरीबन्धु टी–स्टेट, भ्यू टावर आदि नमुनाको रूपमा आफूलाई देशप्रति जिम्मेवार कि देशप्रतिको घात प्रतिघातमा बोकिरहेको जीवनलाई जेल जीवनमा समर्पण गर्नुको अर्को विकल्पको रूपमा देखिएन ।
राजा वीरेन्द्रको अवसानपछि राजा ज्ञानेन्द्रको शासनकालमा राजा वीरेन्द्रको हत्या बारे छानबिन आयोग गठन गर्नुपर्ने औचित्यता पनि सम्झिएन । राजा ज्ञानेन्द्रलाई शासनको सुपुर्दगी लागि आफू राजा हुने ऐन सवालमा राष्ट्रिय धार तथा राजा वीरेन्द्र परिवारको हत्या बारे छानवीन आयोग गठन गर्नु उनको चेत किन गएन ? राजा ज्ञानेन्द्रलाई देश प्रतिको चिन्ता थिएन भन्दा हुन्छ । एकातिर दाजुको समूल परिवारको नष्ट भएको छ । आफूले शासन सत्ता सम्हालेका वर्ष दिन वित्न नपाउँदै आफ्नो परिश्रमिक बढाएको कुरा तत्कालीन पत्र–पत्रिकामा बग्रेल्ती रूपमा आएका थिए । पूर्वराजा ज्ञानेन्द्रले देशभन्दा तथा दाजुको हत्या आदि बारे उनको मौनता पूर्ण लक्षणले राजा वीरेन्द्रको हत्याको छानवीन समिति गठन गर्न ध्यान नजानुको पछाडि, उनलाई शासन सत्ता आफ्नो बागडोर पार्नका लागि भारतीय स्वार्थको आँखा मुछेर समर्थन गरेको कुरा स्पष्ट हुँदै गएकाे छ ।
नेपाली काँग्रेस नेकपा एमाले
नेपाली काँग्रेस र नेकपा एमाले पार्टीहरू यसबेला विश्व रंगमञ्चमा नेपाली काँग्रेस नेकपा एमाले भाइ/भाइको रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । नेपाली काँग्रेसका भ्रष्टाचारी शिरोमणि आरजु देउवा तथा नेकपा एमालेका गिरी बन्धु टी स्टेटलाई नाङ्गो भुत्ल्याइ तथा त्यसको टुक्राटुक्रा पारेर ती टी–स्टेटमा रोजी रोटी कमाउने व्यक्तिहरूको जीविका आर्जनलाई मटियामेट पारेर, गिरीबन्धु टी–स्टेट माथि के.पी. ओली ग्याङ भ्रष्टाचारको जलप भित्र उनी उनिएको कुरा स्पष्ट छ । नेपालमा भ्रष्टाचारको नमुनाको रूपमा के.पी. ओली गिरीबन्धु टी–स्टेट, भ्यू टावर आदि नमुनाको रूपमा आफूलाई देशप्रति जिम्मेवार कि देशप्रतिको घात प्रतिघातमा बोकिरहेको जीवनलाई जेल जीवनमा समर्पण गर्नुको अर्को विकल्पको रूपमा देखिएन ।
देशप्रति जिम्मेवार भन्दा पनि एमाले र नेपाली काँग्रेस राष्ट्रलाई आर्थिक दोहन गर्ने, उनीहरूको स्वप्न द्रष्टाले पनि अहम् भूमिका खेलेको हुन्छ । देशभक्त नेपाली जनतालाई ठग्दै, चाहे त्यो महाकालीमा, चाहे कोशी नदीको सवाल जुनसुकै परिस्थितिमा जहिले पनि भारत सरकारले आफूलाई काइते गराएर, कहिले आर्थिकको नुनचुक दलेर यी पार्टीहरूले भारतीय सरकारसँग टाँसिएर, अर्थात् नेपाली जनता माथि घात/प्रतिघात गरिरहेका छन् । यी पङ्क्ति लेख्दै गर्दा नेपाली काँग्रेस, नेकपा एमाले एवम् माओवादी यी तिन पार्टीहरू देशलाई टुक्राटुक्रा पारेर देशको अस्तित्व नै सदाकालको लागि चीर हरण गर्ने दृश्यहरू देखिन थालेका छन् । राष्ट्रप्रति जिम्मेवार हौ भन्ने कुरा व्यवहारबाट देखाएका छन् । माओवादी पार्टीका प्रचण्डको चर्तिकला कति घिन लाग्दो छ भने एमालेको राष्ट्रप्रति विधादेवी भण्डारीद्वारा अस्वीकृत नागरिकता विधेयक प्रचण्डको मिलोमतोमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक पास गरेर भारतीयहरूले नेपाली बनाउने घृणित कार्य गरेका छन् ।
देशप्रति जिम्मेवार व्यक्तित्वहरू
नेपाली काँग्रेस, नेकपा एमाले एवं माओवादीसँग सम्बन्धित व्यक्तित्वहरू विभिन्न पार्टीमा आबद्ध हुनुभएका विभिन्न पार्टीका व्यक्तित्वहरू तपाईहरू विभिन्न पार्टीमा आफूलाई आबद्धता बनाउनु भयो । उनीहरूका देशभक्ति छनकलाई उजागर गर्नु र देशप्रति आफूलाई न्यौछावर गर्नु यो एउटा गर्विलो क्षण हो । राष्ट्रप्रति जो जस अवस्थामा भए पनि हामी आफूलाई नेपाली भन्छौँ । हामी आफू नेपाली भएकोमा गर्व गरौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्बद्ध आबद्ध व्यक्तित्वहरू–मेरा यी प्रश्नहरूको जवाफ भए दिनुहोला ।
१) राजा वीरेन्द्रको समूल परिवारको नष्ट हुँदा तथा राजा ज्ञानेन्द्र राज्य रोहण भएपछि राजा वीरेन्द्र परिवार समूल नष्ट हुँदा तत्कालीन राजा ज्ञानेन्द्रद्वारा शक्तिशाली आयोग गठन नगर्नु ।
२) राजा वीरेन्द्रद्वारा राखिएको नेपालको शान्ति क्षेत्र प्रस्तावप्रति राजा ज्ञानेन्द्रद्वारा मौनता किन ?
३) राजा ज्ञानेन्द्रको शासनकालमा देशको समृद्धि विकासका लागि उनको ठोस कार्य तथा गर्व गर्नुपर्ने त्यस्तो केही छ ?
४) ज्ञानेन्द्र राजा भएको ६ महिना बित्न नपाउँदै आफ्नो तलब भत्ता किन बढाएको ।
५) तत्कालीन २०४१ सालतिर तत्कालीन पत्रकार पदम ठकुराठी माथि गोली प्रहार हुनुको मुख्य कारण ज्ञानेन्द्रलाई ‘भूमिगत गिरोह’को नाइकेको रूपमा तत्कालीन ज्ञानेन्द्रलाई नै भनिन्थ्यो ।
यी माथिका कारणबाट स्पष्ट हुँदै आफूलाई अझै राजा ज्ञानेन्द्रको पक्षपाती ठान्नु र देशप्रति घात प्रतिघातका घाउहरूलाई नकोट्याउनु, राजा ज्ञानेन्द्रका देशघाती कार्यको निन्दा गरिनुपर्छ । आफूमा गल्ती कमजोरीलाई सच्याएर आउने हिम्मत गरिनुपर्छ । यदि यसो गर्न ज्ञानेन्द्रले अराएका केटाहरू दासको प्रारूप मा नभएर देशभक्तको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ ।
तरहरा, इटहरी
२०८१ असोज १८, बुधबार