गुन्जन पुरस्कार राधेश्याम लेकालीलाई प्रदान

गुन्जन पुरस्कार राधेश्याम लेकालीलाई प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०५, २०८१

काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई 'गुन्जन साहित्य पुरस्कार २०८०' बाट सम्मानित गर्‍यो ।

'गुन्जन' की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गर्नु भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले 'नारीवाद' विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।