नेपाली पत्रकारितामा नटवरलालको करामत: के दण्डित हुनु पर्दैन ?

नेपाली पत्रकारितामा नटवरलालको करामत: के दण्डित हुनु पर्दैन ?

ऋतु आशिक  |  दृष्टिकोण  |  कात्तिक ०५, २०८१

 राष्ट्रको चौथो अङ्गको  पत्रकारितामा प्रारूपमा विभिन्न किसिमका मिडियाको प्रवेश हुनाका साथै कतिपयको आफ्नै आर्थिक स्रोतका मुहानका बारेमा विभिन्न कोणबाट उब्जिएका छन् । ती प्रश्न  उब्जिएका मध्ये ‘कान्तिपुर’को प्रकाशनसँगै आफूमा धेरै किसिमका राष्ट्रप्रति घातका हतियारहरू झन्–झन् सुदृढका साथ पस्किँदै राष्ट्रप्रति नै घात/प्रतिघातमा फैलिएका र आफूलाई झन्–झन् सुदृढ बनाउँदै राष्ट्रप्रति बेइमानी छँदै गरिएका कथ्यहरू पत्रकारिताको नाममा कैलाश सिरौहियाका हरकतहरूलाई रवि लामिछानेले त्यसलाई उजागर गरिदिएका थिए ।  राष्ट्रप्रति आफ्नो कर्तव्य र गौरवको परिचय दिएका थिए । रवि लामिछानेको यो  कार्यलाई  निकै सुदृढ एवम् प्रशंसनीय समेत बनेको थियो  । 

 कैलाश सिरोहिया नेपाली नागरिक होइनन् उनी स्पष्ट भारतीय मूलका नागरिक हुन् । उनको नागरिकता यी लेखुन्जेलसम्म सक्कली नागरिकता उनीमा देखिएको छैन । उनीद्वारा कृतिम नागरिकताको फोटोकपीद्वारा उनी सुसज्जित छन् । उनीले नागरिकता पाएको स्पष्ट जिल्ला गाउँ पञ्चायत आदिको कुनै चिनो देखिदैन । यस्तो किसिमको अनागारिकको पहुँच कति टाढासम्म पुगेको छ । अहिलेसम्म कुनै प्रशासनले कृतिम नागरिकताप्रति कारवाही नगर्नु प्रशासनलाई कति थर्काएका रहेछन् । कैलाश सिरोहियाको पहुँच कति टाढासम्म पुगेको यथार्थता स्पष्ट हुन्छ । 

कैलाश सिरोहिया पत्रकार पनि होइन । ऊ केवल पत्रिका चलाउने मालिकको हैसियत राख्छन् । कैलाश सिरोहिया पत्रिकाको मालिकको हैसियतमा बस्दैनन् र उनी मुलुकका संवेदनशील तर्फ उनको अग्रगमन छलाङ लाएर देश भित्रका उच्चतम ओहदामा बसेकाहरूलाई तिनको स्थितिलाई भुत्ते बनाउँदै देशप्रति घात माथि घात गर्ने किसिमका लय देखिँदै आएको छ ।  

रवि लामिछाने अमेरिकाबाट नेपाल  फर्काइ लाई नेपालको प्रेस जगतमा एउटा हलचल एउटा असाधारण गुण लगाएका रुपमा लिइएको थियाे ।  कैलाश सिरोहिया नेपाली पत्रकारितामा राष्ट्रको विपक्षमा, राष्ट्रका संवेदनशील क्षेत्र र सवाल प्रतिका उनको पकड तथा देशप्रति घातप्रति बज्र मुक्का हनाइले देशभरिका देशभक्त पत्रकारहरूलाई पचिरहेकाे थिएन ।  कैलाश सिरोहिया जस्ता ‘कान्तिपुर’को नाममा उनले चलाएका धन्दा माथिको उजागर प्रशंसनीय कार्यका रुपमा अभिलेख भएको छ । 

तर रवि लामिछाने !

पत्रकार विजय मिश्रको शब्दमा रवि लामिछाने रा.स्व.पा.को कुहिएको आलु भए । रवि लामिछाने अब ओरालो लागे, सुमनाजी शिक्षामन्त्री भएको बेला कति राम्रो काम भयो । बिरालोका घाँटीमा कसले घन्टी झुन्ड्याउने भन्ने कुरा चाहिँ सोच्ने बेला आएको छ । एउटा बोरा भित्र कुहिएको आलुले बरबाद पर्छ । पाँचवटा औँला मध्ये सबैको आफ्नो भूमिका हुन्छ । बलियोलाई सबैतिरबाट टेको भएर नै बलियो भएका छन् । रा.स्व.पा.का अरु सांसदहरूको आफ्नो–आफ्नो भूमिका छ । सबैतिरबाट टेको भएर रा.स्व.पा. बलियो भएको छ । डाटावेशमा कुरा उठाउने रा.स्व.पा.ले शुरुवात गर्‍यो । 

पत्रकारको भेषमा त्यस भेगका जनताद्वारा सहकारीमा जम्मा गरिएको रकम हिनामिना प्रति उनी दण्डित हुनु पर्दैन ? ती पीडित व्यक्तिहरूको रकम कलम भुक्तानी गर्न, तिनीहरूलाई राहत कसरी दिने तर्फ सरकारको दृष्टि पुग्नुपर्छ । 

राष्ट्रियताको सवालमा सम्झौता नगर्ने डा. सुन्दरमणि दीक्षितको शब्दहरूमा 'रा.स्व.पा. पार्टी पतनको बाटोमा हिँडेको छ । यस्ता दिग्गज मान्छेहरू यसबेला रवि लामिछानेलाई बचाउ पक्षमा लागेका छन् । सबै लामिछानेको वरिपरि लागेको छ । सहकारी काण्डको पक्षमा उनलाई बचाउने पक्षमा लागेका छन् । एउटा इन्दिरा गान्धीको पक्षमा इन्दिरा काँग्रेस काँग्रेस इन्दिरासम्म भन्न भ्याएका थिए । इन्दिरा पावर फूल भइन् पछि इन्दिरा गान्धीको पतन भयो । यस्ता–यस्ता दिग्गजहरू रवि लामिछाने बचाउनुको पक्षमा लागेका छन् ।'      

सहकारी काण्डमा, पासपोर्ट काण्डमा अमेरिकाको नागरिकताको प्रश्नमा उनलाई बचाउने, उनलाई ढाकछोप गर्ने पक्षमा लागेका छन् । देशको पक्षमा उभिएका छैनन् । यस्ता–यस्ता सोच दिग्गजहरू छन् तर देशको पक्षमा छैनन् । 

पत्रकार डा. विजय मिश्र तथा  डा. सुन्दरमणि दीक्षित उहाँहरूको आफ्नै विशेषता, राष्ट्रप्रति उहाँहरूको आस्थाको सौन्दर्यतालाई, उहाँका लेखन र कथनीलाई विश्वास योग्य बनाउँदै आउनुभएको छ । के कुरामा अब दुईमत हुन सक्दैन भने सहकारीमा बचत भएको, नेपालका पश्चिमी भेगका किसान वर्गद्वारा सहकारीमा जम्मा गरेको झण्डै–झण्डै एक करोड असी लाख रवि लामिछानेले भोजन भट्ट गरेको तथ्य उजागर भएको छ । सहकारीमा जम्मा गरेका पीडितहरूको खुन, पसिनाद्वारा कमाएर राखिएको, रवि लामिछाने आफू प्रमुखको रूपमा प्रति महिना ६ लाख हसुर्ने गर्थे, नेपालका प्रधानमन्त्रीहरू आजसम्म प्रति महिना २ लाखसम्म पनि तलब छैन होला ।  उनी ६/६ लाख हसुर्न भ्याउने, कस्तो किसिमको योग्यता, केको लागि दिनुपर्ने, त्यसको चिरफार गरिनु पर्दैन ? पत्रकारको भेषमा त्यस भेगका जनताद्वारा सहकारीमा जम्मा गरिएको रकम हिनामिना प्रति उनी दण्डित हुनु पर्दैन ? ती पीडित व्यक्तिहरूको रकम कलम भुक्तानी गर्न, तिनीहरूलाई राहत कसरी दिने तर्फ सरकारको दृष्टि पुग्नुपर्छ । 

सरोजकुमार रेग्मीले लेखेका छन् – अमेरिकामा ठग्न पल्केका नेपालका सहकारी ठग्न कुनै नौलो कुरा भयो र ? जान्नेलाई छान्ने भनेको त ठग्नेलाई छान्ने पो रहेछ । डेढ दशक अमेरिकामा रवि लामिछानेले उनी विरुद्ध सन् १८/२० ताका उनी विरुद्ध अझै २ वटा मुद्दा विचाराधीन छ । १४ फेब्रुवरी २०१९ मा रवि लामिछानेले ६,९६४ अमेरिकी डलर कर तिर्न बाँकी छ । उनको घरबाट रकम असुलीका लागि १४ फेब्रुवरी २०१९ मा मुद्दा दायर गरेको छ । 

 रविलाई समात्नै पर्थ्यो सरकारले । समात्यो ।  रविलाई जेल हाल्नै पर्छ । ऊ ठगी हुन् भन्ने कुरा छानविन समितिका प्रमुख सूर्य थापाले दिएको अभिव्यक्तिबाट, तीनैजना गोर्खा मिडियाका मालिक हुन् । हरेक तरिकाबाट उनीहरूले ठगेका छन् । रवि, छवि र जीवीको संलग्नता छ । आफ्नो मिडियामा ल्याएर पैसा खर्च गर्ने, लाखौँ तलब खाने, करोडौँ रूपैयाँ निकाल्ने, मिडियाले व्याउँछ ?

रवि लामिछानेको झण्डै–झण्डै १५ वर्षको अमेरिकी प्रवासकालमा २ वटा छोरीहरूलाई जन्माउन भ्याएका छन् । पहिलो श्रीमती र छोरीहरूलाई अमेरिकामा नै छोडेर नेपाल आगमनका साथ दोस्री पत्नीलाई भित्रिएका छन् । 

 

आँपगाछी, तरहरा, इटहरी
२०८१ कार्तिक ३ गते शनिबार