पूर्ण ओली | दृष्टिकोण | कात्तिक ०९, २०८१
नेपालमा राजनीति गर्नु भनेको सजिलोसँग पैसा कमाउनु भएको छ । राजनीतिमा लागेपछि कुनै परिश्रम गर्नु पर्दैन । देशको बजेट मारेर खान सकिन्छ । ठुला गफ गरेर ब्यापारी ठेकदारसँग मिलेमतो गरि सजिलै पैसा कमाउन सकिन्छ भन्ने मान्यता स्थापित हुँदै आएको छ ।
ठेकदार, ब्यापारी ठेक्कापट्टा, या कसैलाई जागिर मिलाइदिए बापत आउने कमिसनले गर्दा नेता कार्यकर्ताले आफ्ना परिवार पाल्न कुनै गतिलो काम गर्नु पर्दैन । यसबाट हाम्रा कृषक तथा युवाहरु बेसहारा जस्ता भएका छन् । किनकि दलका कार्यकर्ता भएपछि खेतमा काम गर्नु हुंदैन । बारीमा तरकारी लगाउनु हुँदैन । कुनैपनि मिहेनतका कार्य गर्नु पर्दैन । आफुसँग शीप छ भनेपनि त्यसको सदुपयोग गर्नु हुंदैन भन्ने मान्यता चलेको छ । सिर्फ चिप्ला कुरा र आश्वासन दिनमा पोख्त भएपछि नेतामा हुने गुण पुग्छ ।
बिकसित देशमा राजनीतिलाई 'पार्ट टायम' को जवको रुपमा लिइन्छ । उनीहरु पहिला आफ्नो परिवार पाल्ने काम गर्छन । मेरा आफन्त अमेरिकाको मेरिल्याण्डमा उपमेयर छन् । तर उनको आफ्नै छुट्टै पेसामा काम पनि गर्छन र आबश्यक समयमा मात्र जनप्रतिनिधिको रुपमा कार्यलयमा पुग्छन् । अनि समय मिलाएर राजनीतिको काममा लाग्छन् । अमेरिकाका पूर्व राष्ट्रपतिहरू आफ्नो कार्यकाल समाप्त भएपछि पुनः आ-आफ्ना पुराना पेसामा फर्किन्छन् । कोहि पढाउन बिश्व बिद्यालय जान्छन् । कोहि आफ्ना ब्यापार व्यावसायमा फर्किन्छन् । अष्ट्रेलिया , बेलायततिर पनि त्यस्तै गर्छन । दुइ कालभन्दा बढि कोहि पनि त्यहि राष्ट्रपति या प्रधानमन्त्री बन्दैनन् ।
हाम्रो देशका नेता कुनै परिश्रम गरेर पैसा कमाउन चाहँदैनन् तर आर्यघाट नपुगुञ्जेल सत्तामा बस्न रुचाउँछन् । हाम्रो देशमा राजनीतिलाई सानका साथ पैसा कमाउने पेसा बनाइयो । यो पनि खासगरी बहुदलीय ब्यबस्था सुरु भएपछि यस्ता कार्य झनै बढेर गए । पञ्चायती ब्यवस्थामा कतिपय प्रधानपञ्च बिहान भरि खेतमा काम गरेर दिउँसोमात्र कार्यलय पुग्थे । अहिले दलका नेता मात्र होइन उनीहरुका छोराछोरी बाबुको सिको गर्दै उनै दलाल र तस्करसँग मिलेर पैसा कमाउँछन् । कोहि सुन तस्कर गर्छन । कोहि ठेक्कापट्टा गर्छन । जुन हामीले देखिरहेका छौ । शायदै कुनैपनि दलका कोहि नेता, महामन्त्री र केन्द्रीय सदस्य होलान् जसको परिवार पाल्ने छुट्टै पेसा होला ? यसरी जब पुरा राजनीतिलाई पेसा बनाइन्छ उनीहरुले जनहितमा कुनै काम गर्दैनन् । सिर्फ जनता लुट्ने मात्र कार्य गरिरहन्छन् । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आर्किटेक्ट इन्जिनियर हुन । जसको सदुपयोग गरि ज्ञान बाँडेर पैसा कमाउन सक्छन् । विश्वविद्यालयमा गएर बिद्यार्थी पढाउन सक्छन् । पूर्व राष्ट्रपति रामवरण यादब राम्रो डक्टर हुन । उनले सरकारी भत्ता लिएर आलिसनको क्वाटर सहितको बंगालामा बसिरहेका छन् । उनीहरुको लागि राष्ट्रको करोडौं खर्च गर्नु परेको छ ।यादब पेशाले डक्टर छन् । उनले आजिवन चिकित्सकको कार्य गरेर जनताको सेवा गर्न सक्नु हुन्छ । आफ्नै गाउँमा गएर गरिब जनतालाई निशुल्क सेवा गरेर बस्न के ले रोकेको छ ? यो सबै लोकतन्त्रको नाममा आएको भाँड तन्त्रमा याे पनि नीतिगत भ्रष्टचार नै हो ।
कमसेकम दलका कार्यकर्ताहरुलाई अनिवार्य कुनै न कुनै पेशामा संलग्न गराउने प्रबन्ध होस । यसमा कृषिमा काम गर्ने घर खेति गर्नेलाई पनि दलको समर्थक बनाउन सकिन्छ । तर सरकारी नोकरी गर्ने कुनैपनि शिक्षक कर्मचारीलाई दलको सदस्य बनाउन बञ्चित गरियोस । कर्मचारी र शिक्षकको दलीय ट्रेड युनियन पुरा तवरले निषेध गरियोस ।
राजनीतिमा लाग्ने कुनैपनि दलका नेता र कार्यकर्तालाई अनिवार्य कुनै न कुनै पेशा अपनाउनै पर्ने नीति दलहरुले ल्याउन । यसबाट देशमा आइपरेको अनावश्यक आर्थिक बोझ हट्ने छ । यसबाट भ्रष्टचार पनि घट्ने छ । यदि दलका कार्यकर्ता आफ्ना खेतबारीमा काम गर्न थाले भने कृषकको पेशाको महत्व पनि बढ्नेछ । उनीहरुका बास्तविक समस्या नेता कार्यकर्ताले बुझ्नेछन् । अहिले सरकारले कृषकको लागि काम गर्ने भनेर ठुला ठुला भाषण गरिरहन्छ तर ठोस रुपमा कृषकका हितमा कुनै काम गरेको छैन । कृषकको लागि भनिएको अनुदान अहिले उनै दलका कार्यकर्ता र दलाल मिलेर कमिसन खाइरहेका छन् । साना किसानको लागि आएको रकम ठुला ब्यापारी र दलका कार्यकर्ताहरुले पचाइरहेका छन् ।
संघीयताको घाँडो भनेको प्रदेश सरकार भएको छ । प्रदेश राज्य स्थापना गर्नुको प्रमुख कारण दलका दोश्रो तहका नेतालाई रोजगार दिनु भएको कुरा प्रष्ट भएको छ । यदि दलका सबै नेता कार्यकर्ता कुनै न कुनै पेशामा लाग्ने गरेका भए प्रदेश सरकार बनाइ रहनुको कुनै औचित्य देखिदैन । किनकि स्थानीय निकायले गर्ने काम जति पनि प्रदेश सरकारको छैन । प्रदेशको कारण स्थानीय तहलाई बाधा भइरहेको र केन्द्रसंग पनि राम्रो समन्वय हुन सकेको छैन ।
गाउँ शहरका गफाडी, गुण्डा, हुल्लडवाज, धुर्त ठग किसिमका मानिसहरु प्राय सबै राजनीतिको माथिल्लो तहमा पुगिसकेका छन् । गाउँले जनताको हालत निकै खराब भएको छ । स्कुल क्याम्पसमा केटी जिस्क्याउने हुलिया , हडताल गर्ने पुस्तकालयमा आगो लगाउन सबै प्रमुख दलमा छिरिसकेका छन् । यी दलका कार्यकर्ता भनाउंदाहरुले अरु कुनै गतिलो काम गर्न चाहँदैनन् । सिर्फ नेताको चाकडी गरेकै भरमा चुनाउमा टिकट लिएर अहिले दलको माथिल्लो ओहोदामा पुगेर दल र देशमाथि शासन गरिरहेका छन् । यस्ता मानिसबाट जनताको जीवनस्तर उठाउने कार्य भन्दा सिर्फ आफ्नो र परिवारको हित हेर्ने भन्दा अरु कुनै कार्य गर्दैनन् । यस्ता मानिस भ्रष्ट, बिकाउ र देशद्रोही पनि हुन सक्छन् । यस्तै नेता र कार्यकर्ताले कुनै परिश्रमको काम नगरि आज शहरमा ठुला महल खडा गरेका छन् । यस्ता ब्यक्तिको सम्पति शुद्धिकरण बिभागले छानबिन गर्न कहिल्यै पनि गर्न सक्तैन । किनकि आफ्नो दलका नेताले शासन गरिञ्जेल सम्म ठुला दलका नेतालाई कारबाही गर्न सक्ने अबस्था देशमा छैन ।
त्यसैले राम्रो शिक्षा र सिप सिकाएर युवाहरुलाई तुरुन्त रोजगार बनाउने प्राबिधिक शिक्षाले मात्र युवाहरु राजनीतिमा लाग्नुभन्दा राम्रो पेशा अपनाउन सक्छन् । त्यसैले सरकारमा बस्नेहरुले सबै युवाहरुलाई रोजगार बनाउने गरि सहि र अनुशासित नागरिक उत्पादन गर्न कार्यकर्ता बनाउनु भन्दा स्वरोजगार बन्ने युवा उत्पादन गरियोस । कमसेकम दलका कार्यकर्ताहरुलाई अनिवार्य कुनै न कुनै पेशामा संलग्न गराउने प्रबन्ध होस । यसमा कृषिमा काम गर्ने घर खेति गर्नेलाई पनि दलको समर्थक बनाउन सकिन्छ । तर सरकारी नोकरी गर्ने कुनैपनि शिक्षक कर्मचारीलाई दलको सदस्य बनाउन बञ्चित गरियोस । कर्मचारी र शिक्षकको दलीय ट्रेड युनियन पुरा तवरले निषेध गरियोस ।
दलका कार्यकर्ता यदि सबै रोजगार भए भने नेतालाई त्यति वास्ता गदैैनन् कि भन्ने डर होला त्यहि भएर कार्यकर्ता बेरोजगार डुकुलन्ठु हुँदा नै दलका नेताहरुलाई फाइदा हुन्छ । यसबाट कार्यकर्ता सँधै नेताका दास मात्र भइरहन्छन् । नेताले खोजेका पनि यस्तै अनपढ र बेरोजगार बेसहारा कार्यकर्ता होइनन् र नेता ज्यू ?
बालकुमारी ललितपुर , नेपाल
२०८१ कार्तिक ९