डा.डी.पी दाहाल परिश्रमीको देउसी गीत तिहारको रमाइलो सार्वजनिक (गीतकाे भिडियोसहित)

डा.डी.पी दाहाल परिश्रमीको देउसी गीत तिहारको रमाइलो सार्वजनिक  (गीतकाे  भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कात्तिक ११, २०८१

नेपालीहरुको महान चाड मध्येको अर्को ठूलो चाड तिहारको अबसरमा, आफ्नो नेपाली चाड र संस्कृतिको परम्परा जगेर्णा गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउदै परम्परागत शैलीको देउसी गीत तिहारको रमाईलो Deusi geet tiharko ramailo को सम्पूर्ण कार्य सम्पन्न गरि डिलाईटेड म्युजिक इष्डष्टिजले भिडियो रिलिज गरेको छ । 
गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा डि.पि दाहाल र सबिन लिम्बुको संगीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालको श्वर रहेको देउसी गीत तिहारको रमाइलोको म्युजिक भिडियो सुन्दर बनेकोछ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक कृष्णदेब रुपाखेतीले निर्देशन गर्नु भएको छ । रावल बराईलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।

चाहे बिदेशमा रहेका हुन वा स्वदेशमा हुन उनीहरुमा आफ्नो चाडप्रतिको, संस्कृतिप्रतिको  माया कहिल्यै पनि मर्दैन, के केटाकेटी के बुढाबुढी, के युबा सबैलाई तिहार संस्कृतिले समेटेको गीतले बोलेको छ । यस गीतको मिक्सीङ्ख मास्टरिङ्ख रंजन राइको रहेको छ भने सिलन लम्सालको सम्पादन  रहेकोछ । गीत रेकर्डिङ्ग अलंकार स्टुडियोमा भएको हो । यो गीत DP Dahal (Delighted Nepal) Yutube Channel  रिलिीज भएको हो ।  भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि निर्माण पक्षले सबैसंग अनुरोध गरेका छन् ।

देउसी गीत तिहारको रमाइलो यहाँ क्लिक गरेर हर्न सकिन्छ ।