केजिन राई | समाचार | कात्तिक १५, २०८१
लुभेन बेल्जियम । बेल्जियमस्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसँग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट गरेको छ ।
शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका लागि निर्वाचित भएसंगै पहिलो पटक नै नेपाली समुदायसँग भेटघाट गरेको हो । निर्वाचनमा आफू र आफ्नो पार्टीलाई अग्रपंक्तिमा रहेर सहयोग गरेकोमा समेत धन्यबाद दिए ।
नेपाली समुदायको तर्फबाट बधाई ग्रहण गर्दै मेयर रूदबानीले निर्वाचन पूर्व गरेका नेपाली समुदायका मुलभूत मागहरूको कार्यान्वयन प्रकृया नगर परिषदबाट आउँदो अप्रिल महिना पछि थाल्ने बताउनु भयो ।
आगामी डिसेम्बर २ तारिख सपथ ग्रहण पश्चात सबैको सहकार्यमा नेपाल र नेपालीत्व झल्कने मागहरूलाई प्राथमिकतामा राखेर अघि बढिनेछ मेयर रूदबानीले भन्नुभयो।
लुभेन क्यासेल्लो वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माउन्ट एभरेष्ट पथ (स्त्रात ) नामाकरण नया ठाऊँको नामाकरणमा चाही सजिलो तर पुरानो भैइहेकोमा परिवर्तन चाही अलि जटिल हुन्छ ।
आगामी अप्रिल महिना पछि मिति तय भै नसकेको भएपनि नेपाल र बिभिन्न क्षेत्र नगर हिमाल भ्रमण अफिसियल रूपमा हुने जानकारी दिनु भयो।
सरकारी भ्रमण पारित भै निश्चित भै सकेको छ ।अन्य आबश्यक गृहकार्य सचिवालयले गरिरहेको छ मेयर रूदबानीले उत्साहित र हर्षित मुद्रामा भन्नु भयो नेपाल भ्रमण मेरो लागि अहोभाग्य हो ।
बाग्लुंग नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नोभेम्बर अन्तिम साता लुभेन आउदै हुनुहुन्छ । यही पनि भेट हुन्छ ।
लुभेन नगरको ५ सय गाडी पार्किंग क्षमताको सबैभन्दा ठूला-ठूला कन्सर्ट , मेला ,फेष्टिभल हुने स्थल 'इन्डोर ब्राबान्थल' निशुल्क ,सितैमा नेपाली समुदायलाई प्रयोगमा दिने बताउनु भयो ।
भेटघाट कार्यक्रममा नेपाली समुदायका प्रतिनिधीहरू नेपाली ब्यबशायी संघ बेल्जियम अध्यक्ष चिरण कुमार खवास ,गैर आवासीय नेपाली सॅघ बेल्जियम पूर्ब अध्यक्षद्वय गंगाधर गौतम र खडक बहादुर केसीले नेपाली समुदायको लागि निकै खुसिको कुरा भएको बताउनु भयो ।
नेपाल फुड फेष्टिभल गर्न ३ दिनको बिजुली, पानी, ग्यास बाहेक ४५ हजार शुल्क लाग्ने 'इन्डोर ब्राबान्थल' मा साकिरा जस्ता चर्चित कार्यक्रम , कोरोना पेन्डामिकमा सबैलाई कोरोना खोप दिईएको सो स्थलमा गएको हप्ता अमेजोन, जोलान्दो ,बोल लागायत प्रख्यात कम्पनीहरूले प्रदर्शनी गरेको थियो ।
युरोपकै सफा नगरको रूपमा पुरस्कृत लुभेन नगरपालिका बिश्वब्यापी रूपमा बिश्वबिध्यालय र बिध्यार्थीको शहरको नामले समेत परिचित छ जहा हजारौको संख्यामा नेपालीमूलका मानिस स्थायीरूपमा बसोबास गर्दै आईरहेका छन । यहा सम्मकी एययचतखभमिकतचबबत,न्झभलतभकतचबबत लगायत मार्गहरूमा लहरै २०देखि ४० घर सम्म नेपालीहरूले स्थायीरूपमा निजीनिवास ग्रहण गरेर बस्दै आएका छन ।
एकसय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा ब्यापार- ब्यबशायमा समेत संलग्न नेपाली रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिको कार्य समेत नेपाली समुदायको पॅाचबुदे तत्कालिन एवंम दीर्घकालिक मागहरु रहेका छन ।
लुभेन र नेपालको बाग्लुंग नगरपालिका बिचको भगिनी सम्बन्ध स्थापना , नेपाली नृत्य, भाषाकक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ ।
मेयर रूदुवानीसँग चौथौ र पॅाचौ मागपत्रमा लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेष्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर(पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाऊने स्थलको रूपमा नेपाली चौतारी बनाऊन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति पुन आग्रह गरिएको छ ।
अक्टोबर १३ मा सम्पन्न स्थानीय निकायको निर्बाचनमा मेयर रूदबानीको ख्ययचगष्त भुरईत अग्रगामी पार्टीले एकल बहुमतका लागि १ सिट अपुग सहित कुल मतको ४१।७ प्रतिशत पाएको थियो । यही राजनैतिक दलबाट यसपटकको निर्बाचनमा नया इतिहास रच्दै पहिलोपटक प्रत्यक्ष रूपमा नेपाली सुर्य ढकालले बिजय हासिल गरि नेपालीको लागि ढोका खुला गरेको छ ।
बिगत दशौं बर्ष देखि नेपाली समुदाय मार्फत नगरपालिकासँग बिभिन्न खाले कार्यक्रमहरु सहकार्यमा गरिदै आएको र समुदायले आफ्नो तर्फबाट बिभिन्न मागहरु सार्वजनिक सभा सम्मेलन एवंम नगरपालिकामा प्रतिनिधि मार्फत भेटघाटद्वारा जानकारी गराउदै आएका छन ।तर यसको कार्यान्वयन र अगाडी बढाउने प्रकियामा औपचारिक रूपमा समुदायको तर्फबाट सामुहिक हस्ताक्षर सहित हस्तान्तरण गरेको भने पहिलो पटक हो । यसको सम्बोधन हुनेमा सबै आशावादी रहेका छन ।
उक्त अवसरमा बाग्लुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापित गरेर बिकास निर्माण, आपसी भाइचारा, पर्यटन प्रवर्धन, एबम् दुई नगर बिच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियम अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण केही समय पहिला नै गरेको छ ।
बेल्जियममा बिषेशत लुभेनमा बसोबास गर्ने नेपाली संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू सहभागी भेटबार्तामा समुदायको तर्फबाट एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष ,एनआरएनए बेल्जियम पूर्व अध्यक्ष गंगाधर गौतम ,एनआरएनए बेल्जियम निवर्तमान अध्यक्ष खडक बहादुर केसी, गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव रूबिना शर्मा , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष झलक केसी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बाग्लुङ समाज वेल्जियमका अध्यक्ष महेन्द्र पन्त, आईटी बिज्ञ प्रशान्त शर्मा लगायत भेटमा सहभागी थिए ।