रवि लामिछानेको नाट्य प्रदर्शनी

रवि लामिछानेको नाट्य प्रदर्शनी

ऋतु आशिक  |  साहित्य  |  कात्तिक २३, २०८१

रवि अर्थात् बिहान झुल्किने घाम हो । 
रवि हाम्रो जीवनलाई अभिषेक गर्छ । 
उत्प्रेरणाको दृष्टि छँदै 
जीवनलाई उकालो सार्थक बनाइरहेको हुन्छ । 
रवि अर्थात् ज्योतिपुञ्ज हो । 
रवि आफूमा रूपान्तरित हुनुपर्छ । 
आफ्नो छविलाई आफैले खुइलाएका छन् । 
रवि भुस्याहा कुकुरको शैलीमा
उसमा इमान छैन 
उसमा जमान पनि छैन । 
जताततै उसका आसका
उसका पासका
मनचिन्ते आइमाईहरूको शिकारी हो । 
जीवनको भोगाइ
एक–दुई–तीन–चार आइमाईहरू भोग्दै हिँड्छ । 
जिम्मेवारी लैस नभएको मान्छे 
वाह ! यसबेला आम जनतालाई पाठ सिकाउँदै हिँड्छ । 
न लाज छ 
न सर्म छ । 
कार्तिकको कुकुरलाई उलाउ आए झैँ 
सन्तान जन्माउँदै 
गल्ली–गल्लीमा लावारिस छोड्दै हिँड्छ । 
दुई–दुई नागरिकता बोकेर 
स्वार्थको अनुकूलताको शिकार गर्दै हिँड्छ । 
देशभक्तहरूको खडेरी परेको बेला
गृहमन्त्री हुन भ्याएको छ । 
यसबेला उसलाई दशैँ पल्टेको छ । 

मेरो मनले घृणा छर्केको मान्छे
नैतिक आचरण परदेशमा पोलि खाएर आएको छ । 
हावादारी गफको आडमा
माओवादी र एमालेको चकचकीको रापमा 
काँग्रेसलाई कलकारखाना डकार्दै ठिक्क भयो ।
देश यसबेला कलकारखाना विहीन भएको छ ।
पूर्वेलीमा बचेका कलकारखाना
एमसीसीको लुट खसौट 
अरबौँ–अरब कुम्लाएर 
प्रधानमन्त्री यसबेला तराई झरेको छ । 

नीजिकरणको घिचाइको सुरूप–सुरूप
यसबेला यता सरेको छ । 
कति सजिलो अंकगणित भएको छ । 
कम्युनिष्ट कमाउनिष्टमा फेरिएको छ । 
मेरो महान देश
पृथ्वीनारायण शाहले आर्जाको देश
देशद्रोहीहरूको सञ्जालमा 
यो देश ढिलो चाँडो 
सिक्किमको बाटोमा लादैछन् 
देशद्रोही व्राण्डेड पार्टीहरूका विरुद्ध
देशको अस्मिता रक्षार्थ 
हामीले आफूले आफैँलाई उठाऊँ 
देशभरि स्वतःस्फूर्तता हामीमा रोपौ
देश डुबिरहेको छ । 
हामी अब अबेर नगरौँ 
आउ देशभरिबाट उठौँ 
देशको रक्षार्थ हातेमालो गरौँ ।  

 

२०८१ कार्तिक १२ सोमबार
इटहरी तरहरा, आँपगाछी