जन–जनका प्रिय भुईँ मान्छे

जन–जनका प्रिय भुईँ मान्छे

ऋतु आशिक  |  साहित्य  |  मंसिर ०१, २०८१

जनताको मान्छे 
भारतीय जनताको प्रिय मान्छे 
शोषित–उत्पीडनको प्रिय मान्छे 
सामान्य जीवनशैली 
सामान्य पहिरन
तिमीमा हिम्मत–हिम्मत थियो । 
जन चेतनाको अथाहतामा 
भूइँ मान्छेहरूको जीवन फेर्नु थियो । 
तिमी लागि पर्‍यौ 
उनीहरूको जीवन फेर्नुको सङ्कल्प थियो । 
सङ्कल्पको संवाहक थियौ । 
म तिमी माथि गर्व गर्छु । 
लालसलामले अभिषेक गर्छु । 
तिम्रो आमन्त्रणमा 
तिम्रा आयोजित सभाहरूमा
विराट साहित्य सङ्गमको नेतृत्व गर्दै                        
दिल्लीदेखि भारतका भूभागहरूमा
शोषित पीडितका पक्षमा
मेरो देश उत्पीडन हुँदै गर्दा 
भारतीय शासकको थिचोमिचो विरुद्ध 
हाम्रो टोलीले स्वरमा स्वर मिलाएर 
राष्ट्रिय अस्तित्व संरक्षणको स्वरुहरू
गुञ्जयमान गरेका छौ । 
राष्ट्रिय स्वतन्त्रता मुक्त नभएसम्म 
गुञ्जयमान गरिरहने छौ ।

मेरा प्रिय भूमिहरू 
लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि । 
भारतीय शासकको गिद्देदृष्टिका विरुद्ध आवाज घन्काएका छौ ।
कतै मेरो देश पनि सिक्किम त हुँदैन ?
दिल्लीको मध्य मागमा हाम्रा राष्ट्रियताप्रतिको 
सजगता कुर्लेका छौ । 
भारतीय आम जनता र नेपाली जनताका
राष्ट्रियताप्रतिका सन्मानमा
एकाकार भएका छौ । 
भारतीय शासकको हुँडार नीतिको विरुद्ध
हामीले आफ्ना स्वरहरू उरालेका छौ । 

प्रिय महेन्द्र नारायण पंकज !
मित्रताको कसिलो व्यवहार 
हाम्रो राष्ट्रमाथि भारतीय सरकारको थिचोमिचो । 
जता–ततै अर्घेल्याइका विरुद्ध
तिमीले आफ्नै मुलुक भित्रबाट औलाएका छौ । 
हाम्रो राष्ट्रियता र स्वाभिमानको पक्षमा 
तिमी हाम्रै लाममा उभिएर
हाम्रो स्वतन्त्रता
हाम्रो राष्ट्रको स्वाभिमानका पक्षमा उभिएका छौ । 

तिम्रो मित्रता
तिम्रो अठोट 
संसारभरिका उत्पीडित र शोषणका विरुद्ध, 
तिम्रा जाज्वल्यमान स्वरहरू 
उच–नीचको भेदभाव विरुद्ध
हामी आफूलाई इन्कलानी बनाइरहने छौ । 
मित्रताका यी महान् उद्देश्यलाई 
हामी इन्कलावी बोली रहने छौ । 
तिम्रो स्वाभिमानी मित्रताको पक्षमा
हामी लागि परिरहने छौं । 

 

 

आँपगाछी, तरहरा, इटहरी

२० कार्तिक २०७१ 
०००