लोकसंवाद संवाददाता | कारोबार | मंसिर ०६, २०८१
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच बैंकका NEPALPAY मर्चेन्टहरुका QR मा Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको क्लियरिङ्ग हाउस जनाएको छ ।
क्लियरिङ्ग हाउसका अनुसार उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR को मर्चेन्ट QR माAlipay+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ sf] g]6js{df Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले Alipay+ सँग International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब सिटिजन्स बैंक इन्टरनेशनलसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NEPALPAY QR मापदण्ड कार्यान्वयन गर्न, QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR को नेटवर्क मा ८५०,००० भन्दा बढि (-Interoperable QR समेतका) मर्चेन्टहरू आबद्ध रहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना देशभर रहेका १९७ शाखाहरु, ३ वटा एक्सटेन्शन काउन्टर, ७४ वटा शाखा रहित बैंकिङ्ग र १६२ एटिएमहरु मार्फत आफ्ना १८ लाख भन्दा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले NEPALPAY QR मा १३ हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध गरिसकेको छ ।
थप जानकारीको लागि www.nchl.com.np वा www.ctznbank.com हेर्न क्लियरिङ्ग हाउसले अनुरोध गरेको छ ।