लोकसंवाद संवाददाता | समाचार | असार ०२, २०७६
काठमाडौं । बझाङमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।
जिल्ला सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको से१ज १०७२ को जिप दिउँसो २:४५ मा डौडीमा दुर्घटनाग्रस्त भएको हो । जिप सडकबाट तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको अझै सनाखत हुन सकेको छैन । उनीहरूको शव उठाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।