लोकसंवाद संवाददाता | समाचार | असार ०३, २०७६
काठमाडौँ । मुलुकका सात वटै प्रदेश सरकारले २०७६ साल असार १ गते आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका छन् । ७ वटै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीको तफैबाट प्रस्तुत गरिएको बजेटहरूमा शिक्षा, कृषि, पर्यटनलगायत क्षेत्रको विकासका लागि विभिन्न नारा सहित बजेट विनियोजन गरिएको छ ।
कुन प्रदेशमा कति बजेट ?
प्रदेश नं – १ आर्थिक मामिला तथा योजना मन्त्री मा. इन्द्र बहादुर आङ्बोले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को कुल बजेट ३५ अर्ब ९३ करोड रहको छ । प्रदेश नं २ आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गर्नु भएको कुल बजेट –२९ अर्ब ७८ करोड रहेको छ । प्रदेश नं ३ आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्तुत गर्नु भएका कुल बजेट –३५ अर्ब ६१ करोड छ भने प्रदेश नं ४ आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले २४ अर्ब २ करोडको बजेट प्रस्तुत गर्नुभएको छ । त्यसैगरि आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारी सम्हाली रहनुभएका प्रदेश नं ५ मुख्यमन्त्री शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएका २८ अर्ब ९ करोड बजेट प्रस्तुत गर्नु भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २८ अर्ब २८ करोडको बजेट प्रस्तुत गर्नुभयो भने सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट विनियोजन गर्नुभएको छ ।
यसरी बजेट विनियोजन साथ स्थानीय तह र समुदायलाई आकर्षण गर्नको लागि आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट सँगसँगै विभिन्न आकर्षक नाराहरू सार्वजनिक गर्नुभएको छ । कतिपय नरा सहित बजेट पनि विनियोजन गरिएको छ भने कतिपय नारामा आवश्यक बजेट छुट्ट्याएको दाबी गरिएको छ । यस्तो नारा सबैभन्दाबढी प्रदेश ३ ले अगाडि सारेको पाइएको छ भने सबैभन्दा थोरै एक नम्बर प्रदेशमा रहेको छ । प्रदेश सरकारहरूले प्रस्तुत गरेका नारा र अभियानहरू ? अनौठा खालका नारा प्रदेश, स्थानीय तह, वडा र गाउँ तहलाई आकर्षण गर्ने त्यस्ता नाराहरू दिइएको छ ।
कुन प्रदेशको कुन नारा
प्रदेश १ को प्रदेश सभामा प्रस्तुत गरिएको बजेट मार्फत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारा प्रस्तुत गरिएको छ भने प्रदेश नम्बर ३ ले ‘प्रदेश समृद्धिको आधारः श्रम सृजना, उत्पादन र रोजगार’ भन्ने नरा तय गरेको छ । ५ नम्बर प्रदेशले ‘समृद्ध प्रदेश खुसी जनता’ भन्ने तय गरेको छ भने कर्णाली प्रदेशले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ भने तय गरेको छ । प्रदेश २,गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारले भने प्रदेश स्तर य मूल नारा प्रस्तुत गरिएको छैन ।
बजेटकाे भित्र रहेका नाराहरू
प्रदेश १
प्रदेश नं १ को आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकामा ‘म अघि बढ्छु’ भन्ने नाराको ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश २
प्रदेश नं २ को आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकामा धैरै वटा कार्यक्रमका रूपमा रहेको छ । प्रदेश नं २ नं ले केही नरा र अभियानहरूलाई प्रथामिक्तामा राखेको देखिन्छ । ती हुन ‘मुख्यमन्त्री बेटी पडाऊ, बेटी बचाउ’(३९ करोड ३३ लाख) ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’(६ करोड ७१ लाख २३ हजार) र ‘नमुना प्रादेशिक विद्यालय’ (१६ करोड) र रहेका छन् । त्यस्तै ‘मुख्यमन्त्री स्वच्छता अभियान’ (३१ करोड ३३ लाख),‘मुख्यमन्त्री किसान उत्थान आयोजना’(२० करोड)‘कृषिमा अनुदान नभई अभियानले विकास हुन्छ, रकम मात्र होइन प्रोत्साहन पनि चाहिन्छ’ मा (१४ करोड ११ लाख) भनेको छ भने ‘खेत खेतमे पानी, हात हातमे काम’ शीर्षकमा १ अर्ब ११ करोड नरा सहित बजेट विनियोजन गरिएको छ ।
‘एक पालिका एक पोखरी सौन्दर्यीकरण’का लागि ( आवश्यक बजेट) र ‘एक जिल्ला, एक औद्योगिक ग्राम’ भन्ने शीर्षकमा ८० लाख र ‘चुरे जोगाऊ, मधेस बचाऊ’ नरा सहित ५ करोड र ‘आपके सरकार, आपके द्धार’ भन्ने नारा सहित बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।
प्रदेश ३
प्रदेश नं ३ को आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकाका अनुसार ‘निरक्षरतामुक्त प्रदेश ३, पूर्ण साक्षर भएको उज्यालो दिन’ का लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख ‘प्रदेश ३ को इच्छा, छोरी–बुहारीलाई उच्च शिक्षा’, ‘छोरी–बुहारी छात्रवृत्ति ’ ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण ’ आवश्यक बजेट दिएको उल्लेख छ । बजेटमा ‘स्वास्थ्य परीक्षण वर्ष’ (११ करोड),‘एक विद्यालय, एक नर्स’ (छ करोड) ‘दुर्घटना रेस्पोन्स सेन्टर’ ‘बृहत् आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा’ ‘प्रदेश ३ को सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार’ भन्ने नाराको लागि पनि आवश्यक बजेट बजेट दिएको उल्लेख गरिएको छ । ३ नम्बर प्रदेशको अर्को नराहरुमा ‘प्रदेश र स्थानीय तहको एउटै ‘एक स्थानीय तहः एक विशेष उत्पादन’ ‘एक नेपाली एक फलफुल बिरुवा रोपण’ ‘एक समूह, एक वन उद्यम ’ ‘वातावरण संरक्षण हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा’ ‘जीवनका लागि पानी’ ‘पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार’ ‘हामी सबै उद्यमी’ ‘एक निवार्वचन क्षेत्र, एक औद्योगिक ग्राम’ ‘उज्यालो नेपाल अभियान’ ‘एक घर एक धारा’ ‘वित्तीय साक्षरताको आधार, बैङ्किङ प्रणालीमार्फत सबै कारोबार’ ‘प्रदेश सरकारको भावना जिम्मेवार नागरिकको चाहना’ भन्ने नाराहरू तय गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश को आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकामा पनि निम्न नाराहहरुलाई समावेश गरिएको छ । ‘एक घर एक धारा’ ‘गण्डकी प्रदेश उज्यालो प्रदेश’ ‘अतिथिदेव भव’ ‘मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ’ (१६ करोड ८९ लाख) ‘कृषिवाली, फलफुल, पशुपक्षी, मत्स्यका व्यावसायिक मोडेल फर्ममा’ ‘एक सहकारी एक नमुना उत्पादन’ ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ (६ करोड) र ‘एक स्थानीय तह एक खेल मैदान र रङ्गशाला निर्माण’ (४ करोड ४० लाख) भन्ने नारा प्रस्तुत गर्दै आवश्यक बजेट दिएको उल्लेख गरिएको छ ।
प्रदेश ५
प्रदेश ५ले आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकामा पनि निम्न नाराहहरु दिएको छ ।
‘स्थानीय तहसँगको सहकार्य र वित्तीय हस्तान्तरण’(५० करोड) ‘नेपाल सरकारसँगको सहकार्य र समपूरक अभियान’ ‘गरौँ व्यावसायिक कृषि, यसैबाट सुरु हुन्छ प्रदेशको समृद्धि’ (१० करोड) ‘स्मार्ट कृषि गाउँ’ (३५ करोड) ‘युवाको पौरख, प्रदेशको गौरव’ (१० करोड), ‘उत्कृष्ट कृषक तथा सहकारीलाई प्रादेशिक पुरस्कार’ ‘एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम’ ‘हाम्रो भाषा हाम्रो संस्कृति, समुन्नत बनाएर गरौँ उन्नति’ लगायत रहेका छन् ।
कर्णाली प्रदेश
‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ भन्दै आर्थिक वर्ष २०७६÷७७ को बजेट पुस्तिकामा पनि निम्न नाराहहरु रहेका छन् र ‘आफ्नो देश आफै बनाऔं’ ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारः यसका लागि पूर्वाधार’ ‘खाना, नाना र छाना’‘कर्णालीको पानीः सबैको लगानी’ ‘उज्यालो कर्णाली अभियान’ ‘एक घर एक धारा, विद्यालय र स्वास्थ्य
संस्थामा खाने पानी सुविधा’ ‘मेरो किसान मेरो अन्न दाता’ ‘प्रदेश सरकार गरिब किसानका साथमा’ ‘समृद्ध कर्णालीका लागि सहकारी अभियान’ ‘कर्णाली समृद्धको आधार पर्यटन विकास र पूर्वाधार’ ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ लगायतका नाराहर अगाडि सारेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश पनि आर्थिक वर्ष २०७६/७७ को बजेट पुस्तिकामा पनि निम्न नाराहहरु अगाडि सरेको छ । ‘नमुना कृषि गाउँ आफै बनाऊ’ ‘एक स्थानीय तह एक औद्योगिक उत्पादन’
‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ लगायतका नारा लाई अगाडि सारिएको छ ।