लोकसंवाद संवाददाता | समाचार | असार ०३, २०७६
काठमाडौं । हुम्लामा मंगलबार यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ ।
खार्पुनाथबाट याञ्चुतर्फ गइरहेको लु१ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिका–५, कैलाबालु सडकखण्डबाट कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ ।
जिप र यात्रु अहिलेसम्म नभेटिएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार जिपमा गाउँपालिका उपाध्यक्ष सिन्धु मल्लसहित ८ यात्रु सवार थिए ।
जिप र यात्रुको खोजी जारी रहेको उनले बताए । ‘दिउँसो १ बजेदेखि नै प्रहरीको टोली उद्दारमा खटाएको छौं,’ उनले भने ।