सपना (DREAMS) जो कोहीले पनि देख्छ । तर सपना के हो ? सपना किन देखिन्छ ? आजसम्म थाहा हुन सकेको छैन । हिन्दु धर्मका आदिगुरु शंकराचार्यले संसारलाई नै सपनाको संज्ञा दिएका छन् । सम्झिनुहोस् तपाईँ हिजोे के के सपना दख्नु भएको थियो ? अधिकाशंलाई सम्झन गाह्रो हुन्छ । सपनाबारे केही रोचक तथ्यः
तपाईँले प्रत्यके रात सरदर चारवटा सपना देख्नु हुन्छ ।
सपना कहाँबाट सुरु भएको थियो, यो कसैलाई याद हुँदैन ।
मानिसले ब्युँझिएपछि १० मिनेटभित्रै आफ्ना ९० प्रतिशत सपना बिर्सन्छ ।
दृष्टिविहीन (BLIND)मानिसले पनि सपना देख्छ । जुन मानिसले जन्मेपछि दृष्टि गुमाउँछन्, उनीहरुका सपनामा चित्र आउँछन् ।
जन्मँदै दृष्टिविहीन (BORN BLIND)मानिसले सपनामा चित्र देख्दैनन् । उनीहरुका सपनामा ध्वनि (SOUND),गन्ध (SMELL),स्पर्श (TOUCH) र भावना (FEELINGS) मात्र हुन्छन् ।
यदि कसैले ‘सपना देख्दिनँ’ भन्छ भने साँच्चै ऊ झूठो बोलिरहेको हुँदैन, किनभने उसलाई सपनाको स्मृति रहँदैन ।
रङ्गीन टेलिभिजन प्रचलनमा आउनुपूर्व सबै मानिसका सपना श्याम श्वते (Black And White) हनुे गर्थे ।
धेरैजसो सपना भय, चिन्ता र डरसँग सम्बन्धित हुन्छन् । यसो हुनुको कारण मस्तिष्कमा नकारात्मक विचारको प्रधानता हुनु हो ।
संसारमा सपनाबाट केही आविष्कार (INVENTION) भएका छन् ।
फ्रेडरिक अगष्ट (FRIEDRICH AUGUST, 1829-1896) ले बेन्जेन (C6H6)को रसायनिक फर्मुला सपनाबाट प्राप्त गरको थिए । सपनामा केही सर्पले आफ्नो पुच्छर खाइरहेको देखेर उनलाई यो ‘आइडिया’ फुरेको थियो ।
सिलाइ मेसिन (SEWING MACHINE) का आविष्कारक इलियास होवे (ILIAS HOWE, 1919-1867) ले यो मेसिन बनाउने आइडिया पनि सपनाबाटै पाएक थिए । सपनामा उनी आदिवासी समुदायको कैदमा थिए । ती आदिवासी आफ्ना हतियारले लुगा सिलाएजस्तो गतिविधि गरिरहेका थिए । यसैबाट उनलाई सिलाइ मेसिन बनाउने प्रेरणा मिलेको थियो ।
जेम्स वाटरसनका अनुसार डीएनएको संरचना परिकल्पना गर्न उनलाई सपनामा नै आइडिया आएको थियो । उनले धेरै भर्याङ भएको र एकआपसमा जोडिएको भर्याङ भएको सपना देखेका थिए । यसले उनलाई डीएनएको संरचनाको चित्र तयार पार्न प्रेरणा प्राप्त भएको थियो ।
जसको आईक्यू (I.Q.) जति बढी हुन्छ, उसले त्यति बढी सपना देख्छ ।
शिशु ३/४ वर्षको नभएसम्म उसले सपना देख्दैन ।
सपनामाथि लेखिएको सबैभन्दा पुरानो पुस्तक इजिप्टमा लेखिएको थियो । यसको रचनाकाल इसापूर्व ४ हजार वर्ष पहिला भएको मानिन्छ ।
स्वप्न अवस्थामा हाम्रो शरीर पक्षाघात (PARALYSIS)को अवस्थामा हुन्छ । कनुै पनि शारीरिक गतिविधि गर्न हामी असमर्थ हुन्छौँ त्यसबलो ।
तपाईँलाई लाग्छ हालो, निद्रामा हाम्रो मस्तिष्कले आराम गर्छ । तर वास्तविकता यो होइन । निद्रामा हाम्रो मस्तिष्क ब्युँझेको भन्दा बढी सक्रिय हुन्छ ।
घर्नुे (SNORING) र सपना दख्ने काम एकसाथ हनु सक्दनै ।
९० मिनेटको निद्रामा एउटा सपना देखिन्छ । सबैभन्दा लामा सपना बिहानीपख देखिने गर्छन् । यिनको अवधि ३० देखि ४० मिनेटसम्म हुने गर्छ ।
तपाईँसपनामा केही पढ्न सक्नहु हुन्न । सपनामा घडीको समय पनि पढ्न सकिन्न ।
हेलुसिनोनिक (HALLUCIONOGENIC) औषधिको सवेनले तपाईँ जनु बेला पनि सपना देख्न सक्नुहुन्छ । यो प्रतिबन्धित औषधि हो, लागूपदार्थको कोटीमा राखिएको छ यसलाई ।
धुम्रपान (SMOKING) गर्ने व्यक्तिले यो बानी छाड्ने प्रयास गरिरहँदा उसका सपना गम्भीर किसिमका हुने गर्छन् ।
प्रायः सबै संस्कृति (ALL CULTURES) मा सपनाको अर्थ लगाउने प्रचलन रहेको पाइन्छ ।
युवाभन्दा युवतीले बढी सपना देख्ने गर्छन् ।
जनावरले पनि सपना देख्छन् ।
आधुनिक मनोवैज्ञानिक (MODERN PSYCHOLOGISTS) का अनुसार निद्रावस्था (SLEEPING) को चेतना (CONSCIOUSNESS) को अनुभूति नै सपना हो ।
भारतीय अध्यात्मिक दृष्टिकोणअनुसार चेतनाका चार अवस्थामध्ये सपना एउटा अवस्था हो । अन्य अवस्था जागृती (AWAKEND), सुषुप्ती (DEEP SLEEP) र तुरियावस्था (COSMIC CONSCIOUSNESS) हुन् ।
सपना मानिसको भावना (FEELING), कल्पना (IMAGINATION), स्मृति (MEMORY), सोच (THOUGHT), विचार (IDEA), आकाङ्क्षा (AMBITION), , इच्छा (WISH), र भय (FEAR) को सम्मिलित रुप हो ।
सिगमण्ड फ्रायडका अनुसार सपनाबाट मानिसको भित्री मनलाई बुझ्न सकिन्छ ।
सपनाको ‘फ्रेम अफ टाइम’ हाम्रो जागृतावस्थाको ‘फ्रेम अफ टाइम’भन्दा भिन्न हुन्छ ।
संसारभरका मानिसले आफू उडिरहेको सपना देख्ने गर्छन् । उडेको सपना मानिसले परापूर्वकाल (ANCIENT TIME) देखि देख्दै आएका हुन् । हवाईजहाजको आविष्कार भने धेरै पछि मात्र भएको हो ।
प्रिन्टिङ प्रेसको आविष्कार भएपछि लगत्तै छापिएका पुस्तकमध्ये सबैभन्दा बढी बिक्री हुने पुस्तक सपनाका विषयमा लेखिएको थियो । दोस्रो शताब्दीका लखे क आर्टिे मडारे स डाल्डिनस (ARTEMIDORUS DALDIANUS) द्वारा लिखित ‘ड्रिम डिक्सनरी’ हो, जसको नाम ओनेरियो क्रिटिका (THE INTERPRETATION OF DREAM) रहेको थियो ।
सपनाबारे अध्ययन गर्ने शास्त्रलाई ओनेरोलोजी (ONEIROLOGY) भनिन्छ । यो ल्याटिन भाषाको शब्द हो ।
सपनामा फोहोर वा धमिलो पानी देख्नु स्वास्थ्यमा गडबडीको सङ्केत मानिन्छ ।
सपनाका सङ्केत (एउटै सपना) सबै मानिसलाई समान हुँदैनन् ।
गर्भावस्थाका महिलालाई सबैभन्दा बढी सपना याद रहन्छन् ।
आधुनिक मनोवैज्ञानिकहरुका अनुसार सुतेको बेला चेतनाको अनुभूति नै सपना हो ।
सपनाका अनुभवको तुलना वैज्ञानिकहरु मृगतृष्णासँग गर्छन् ।
सपना सम्पूर्ण अभावमा (सुतेको बेला) तपाईंको मनोकाङ्क्षाको संसार हो ।
हुनत सपनाको अवस्थामा ९९ दशमलब ९ प्रतिशत मानिसलाई आफू सपनामा रहेको बोध हुँदैन तर अति सीमित संख्यामा भए पनि संसारमा यस्ता केही प्रबुद्ध व्यक्ति हुन्छन्, जसले मस्तिष्कको बढीभन्दा बढी (सपनामा सक्रिय मस्तिष्क) क्षमता आर्जन गरेर सपनामा बोध राख्न सक्छन् ।
वृहदारण्यक उपनिषद्, माण्डक्योपनिषद्, कठोपनिषद्, एतरेय आरण्यक, छान्ग्योपनिषद्, प्रश्नोपनिषद्, गीतालगायत हिन्दूहरुका अधिकांश ग्रन्थहरुमा सपनाबारे वृहत विवेचना गरिएको छ ।
यहुदी, इशाई, इस्लामलगायतका प्रायः सबैजसो धर्म सम्प्रदायका धार्मिक ग्रन्थहरुमा सपनाबारे विशद् चर्चा गरिएको पाइन्छ ।
फ्रायड युङ, एडलरले सपनाबारे बृहत व्याख्या गरेका छन् ।