कांग्रेसले संसद्मा अमर्यादित क्रियाकलाप गर्यो : प्रधानमन्त्री

कांग्रेसले संसद्मा अमर्यादित क्रियाकलाप गर्यो : प्रधानमन्त्री

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०३, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा अमर्यादित क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

सिंहदरवारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संसद्मा पहिले प्रधानमन्त्री बोल्ने र त्यसपछि प्रमुख विपक्षी दलका नेता बोल्ने संसारभरको संसदीय प्रक्रियाविपरीत कांग्रेसले अमर्यादित क्रियाकलाप गरेको बताए । प्रमुख विपक्षी दलका नेताले प्रधानमन्त्रीभन्दा पहिले आफू बोल्छु भन्ने कांग्रेसको बालहठ भएको उनले टिप्पणी गरे ।

उनले लोकतन्त्र, गणतन्त्र, संघीयता तथा जनताको सार्वभौभसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी भइरहेको उल्लेख गर्दै यसप्रति नेपाली कांग्रेस सचेत हुनुपर्नेमा उल्टै परिवर्तनकारी शक्तिहरूलाई बिथोल्न लागेको आरोप लगाए ।