लोकसंवाद संवाददाता | समाचार | असार ०३, २०७६
काठमाडौं । लोक सेवा आयोगले दरखास्त अवधि सात दिन थपेको छ । २०७६ असार ३ गते बसेको बैठकले दरखास्त दिने अवधि सात दिन थपेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
‘लोक सेवा आयोगबाट मिति २०७६ जेठ १५ गते ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाइन प्रणालीमार्फत् दरखास्त दिने उम्मेदवारको संख्या मिति २०७६ जेठ ३० गतेदेखि अत्यधिक भएका कारणले जिआडिसीस्थित आयोगको सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाइ उत्पन्न भएको, आयोगमा दरखास्त फाराम बुझाउन नसकिएको व्यहोरासहित निवदेन परेको र आयोगको अनलाइन प्रणाली जाँच गर्दा सोही अनुरूपको अवस्था भएको पाइएकाले आयोगको मिति २०७६ असार ३ को निर्णय अनुसार दरखास्त दिने अन्तिम मिति २०७६ असार १० सम्म कायम गरी सोपश्चाद मिति २०७६ असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दाखिला गर्न सकिने व्यवस्था गरिएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
\
याे पनि