शिरिष अर्ज्याल | समाचार | असार ०४, २०७६
काठमाडौं । सरकारले फिर्ता लिएको गुठी विधेयकविरुद्ध गुठीयारहरूले प्रदर्शन गरेका छन्।
काठमाडौंका विभिन्न ठाउँबाट आएका मानिसले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘गुठी विधेयक खारेज गर’, ‘स्वास्थ्यमन्त्री राजीनामा दे’जस्ता नारा लगाएका थिए । प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।
यसअघि गत मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मलेन गरेर गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।