अब सातै मुख्यमन्त्रीको आवास गृह  ललितपुरको सैंबुमा !

अब सातै मुख्यमन्त्रीको आवास गृह  ललितपुरको सैंबुमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०७, २०७६

काठमाडौं । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो ।

कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि  स्थायी सरकारी आवास पाउने भएका छन् । 

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ ।

 ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जानकारी  दिएकाे खबर नयाँ पत्रिका दैनिकमा रहेकाे छ ।