सुदूरपश्चिममा बाढी आउने पूर्वानुमान

सुदूरपश्चिममा बाढी आउने पूर्वानुमान
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०९, २०७६

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिममा बाढी आउने पूर्वानुमान गरेको छ । 

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा यसबारे बताइएको छ । 

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले स–साना खोलामा आकस्मिक बाढी आउन सक्छ । सतर्क रहौं ।’