असिम भूसाल | दृष्टिकोण | असार ०९, २०७६
म पहिलोपल्ट चीनमा आउँदा नेपालमा बिमस्टेक बैठक चलिरहेको थियो । काठमाडौँबाट चीनको दुरी धेरै छैन । तर, नेपाल र चीनबिच विकासको ठुलो खाडल छ । हामीले सोचेको, सुनेको र पर्दामा देखेकोभन्दा धेरै खाडल अनुभव गर्न सकिन्छ ।
उत्तरी छिमेकीको विकासको गति आश्चर्यलाग्दो छ । चीन संसारकै दोस्रो ठुलो अर्थतन्त्र भएको मूलक हो । तर, यो एकै दिनमा बनेको भने पक्कै होइन । सन् १९७८ देखि खुला अर्थतन्त्रको बाटोमा हिँडेको चीनले ४० वर्षमा असाधारण विकास गरेको हो ।
यसका धेरै कारण छन् वा होलान् । चीनले असाधारण रूपमा विकास हुनुमा सबैभन्दा ठुलो योगदान वा साधक चिनियाँ नागरिक नै हुन् । चिनियाँ नागरिकमा राष्ट्रप्रेम धेरै छ । यसबारे यहाँका विद्यार्थीलाई सानैदेखि पढाइन्छ । चीनको पाँच हजार वर्ष पुरानो सभ्यता, चिनियाँ आविष्कार जसले संसारको प्रगति र नेपथ्यलाई परिवर्तन गर्न सकेको विषय (कम्पास, बारुद, कागज, छपाई मेसिन) आदि विषयलाई पाठ्यक्रममा नै समावेश गरेर पढाइन्छ । त्यसको आधारमा तीव्र विकासबारे पढाउने र सिकाउने गरिएको पाइन्छ ।
चिनियाँ विकासको लागि चिनियाँले गरेको बलिदान र माओको बारेमा यहाँका विद्यार्थीलाई पढाइन्छ । प्रायः सबैजसो सहरमा माओको सालिक सहजै देख्न सकिन्छ । माओप्रति चिनियाँ नागरिकले गर्ने श्रद्धा देख्दा आश्चर्य नै लाग्छ । त्यो नेपालसँग तुलना गरेर हेर्ने हो भने सालिक बनाउन मिल्ने हैसियतको राजनेता किन नजन्मेका होलान् ? त्यहाँ पुग्ने जोकोहीको नेपालीले उठ्ने प्रश्न हो भन्ने लाग्छ । नेपालमा खाली पार्टीका नेता मात्रै भेटिन्छन् । देशको नेता कहिले भेट्ने होला ?
नेपालको पनि ठुलो इतिहास छ । धेरै शताब्दीदेखिको बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक इतिहास हाम्रो अघि साक्षी छ । तर, हामीलाई त्यसको बारेमा खासै जानकारी नै दिइँदैन । न यसबारे खोजी नै गरिन्छ ।
हामीलाई बिसे नगर्चीको बारेमा जानकारी नै दिइँदैन । बरु, हामीलाई बमबm कmष्तज, चष्अबचमय आदिको बारेमा जानकारी दिलाइन्छ । हामीले सिकन्दर, चँगेज खान, प्रथम विश्व युद्धको बारेमा विद्यार्थीलाई जानकारी दिन आवश्यक ठान्यांै । तर, हाम्रै नालापानीको युद्धको बारेमा आवश्यक ठानेनौँ । हामीलाई योगमायाको बारेमा थाहा छैन, रोजा पार्कको बारेमा जानकारी दिलायौँ । देश निर्माणमा योगदान दिने वीर सपूतहरूको बारेमा वास्ता गरिँदैन, नेल्सन मण्डलाका बारेमा रामैसँग पढाइन्छ । नयाँ पुस्तामा नेपाल र नेपालीको जानकारीभन्दा विदेशको जानकारी धेरै दिइने गरेको छ । यो आलेखको आशय विदेशको जानकारी हुनु हुँदैन भन्न खोजिएको होइन, पर्याप्त देशको बारेमा अनि विदेशको बारेमा जानकारी दिनुपर्छ भन्ने हो । अर्थात् भूतकालबाट पाठ सिक्दै वर्तमानमा भविष्यको मार्ग चित्रण गर्ने भन्ने नै हो ।
नेपालको वर्तमानलाई सोचेर अध्ययन गर्ने हो भने समग्र नेपालीमा नै Deppresion मा भएको महसुस हुन्छ । हाम्रा गर्व गर्न लायक कुरा बुद्ध र सगरमाथा मात्रै हुन् । तर, हामीले आफ्नो बलले गर्व गर्न सकिने केही पनि देखाउन सकेका छैनौँ ।
धेरै शताब्दीदेखिको बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक इतिहास हाम्रो अघि साक्षी छ । तर, हामीलाई त्यसको बारेमा खासै जानकारी नै दिइँदैन । न यसबारे खोजी नै गरिन्छ ।
सन् १९९० दशकमा हाम्रो देशका बारेमा विदेशीले गीत बनाउँथे । जुन बेला हामी धेरै विकसित थिएनौँ पश्चिमा देशहरूको तुलनामा । त्यो समयमा बाटोमा हिँड्ने प्रशस्त मार्ग थिए, अवरोध थिएन । अवसर चिन्न नसक्दा व्यक्तिले, जस्तैः राष्ट्रले पनि दुःख पाउँदो रहेछ, नागरिकले सुख पाउने कुरा नै भएन ।
नेपालमा बहुदलीय प्रजातन्त्र थियो, सशस्त्र सङ्घर्ष थिएन, देश विकास हुन्छ, गराउनु पर्छ भन्ने जोस र जागिर थियो । हेर्दा विवाद थिए ।
त्यही बेलामा सम्पूर्ण नेपाली नागरिकको हित सोचेर, विश्व इतिहास हेरेर, जनताको अधिकार र आकंक्षालाई सम्बोधन गरेको भए राष्ट्रको समुन्नति प्राप्ति कुर्न धेरै पर्खनु पर्ने थिएन । १० वर्षे जनयुद्धले धेरै मानिसलाई विस्थापित गर्यो । धेरै मानिसलाई विदेश पलायन गरायो । गणतन्त्र प्राप्तिपछि पनि अलि–अलि आस थियो नेपालीलाई । तर, गणतन्त्रको १३ वर्षपछि हेर्दा त्यो आशा निराशामा परिणत भएको छ । हाम्रो सामाजिक चित्र निकै निराशाजनक छ । विदेश जानेलाई प्रगति मान्ने, विदेशबाट नेपाल फर्किएकालाई उतै नबसेर किन आएको ? भनेर सोध्ने गरिएको पाइन्छ । यो हिजोआज सबैले महसुस गरेको विषय हो । त्यो हिनताभाव दैनिक जसो प्रकट भइरहेको भेटिन्छ । यसले हामीलाई बिस्तारै ‘भाँडोभित्रको भ्यागुता’ जस्तो बनाइरहेको छ । आगोमा राखिएको भाडामा चिसो पानी रहुन्जेल भ्यागुतो आनन्द महसुस गर्छ । जब भाँडो बिस्तारै तात्दै जान्छ । ऊ अलिअलि तातो हुँदा पनि रमाइरहन्छ । त्यहाँबाट बाहिर जाने सामान्य प्रयत्न पनि गर्दैन । जब पानी धेरै तात्छ । जति बेला भ्यागुताले बाहिर जानुपर्ने महसुस गर्छ त्यस बेला तातोपानीका कारण बाहिर जाने शक्ति नष्ट भइसकेको हुन्छ । त्यस बेला तातोपानीमा गुम्सनु र मर्नुको विकल्प हुँदैन । वास्तवमा नेपालको अवस्था त्यही हालतमा रहेको छ ।
एकैदिनमा सबै परिवर्तनको अपेक्षा गर्न सकिँदैन । तर, पाइला चाल्न सकिन्छ । बाटोमा फोहोर नफाल्ने कामबाट सुरु गर्न सक्छौँ । सन्तति हासी– खुसी बाँच्न सक्ने एक सुन्दर, समाज र सुरक्षित देश र बनाउने बाटोमा हिँड्न सक्छौँ । नेपाल र चीनको विकासको अन्तरलाई यसरी पनि हेर्न सकिन्छ । नेपालमा बिरुवा रोपिन्छ बाटोको किनारमा, चीनमा भने रुख रोपिन्छ । आज खाली देखेकोे जमिन भोलि नै सानोतिनो जङ्गल अर्थात् हराभरा बनाउने प्रविधि विकास गरिएको छ । चीनका प्रायःजसो सहरमा मेट्रोको नयाँ रूट खोलिँदैछ–खनिँदैछ । नेपालमा भने मेट्रो सपनाजस्तै भइरहेको छ । चीन काम निकै तीव्र हुने र श्रमको सम्मान पनि हुने देशको रूपमा लिइन्छ । सबै जना लाग्ने र आफ्नो श्रम र सीप अनुसारको काम गर्ने हो भने विकास असम्भव छैन भन्ने पाठ नेपालले चीनबाट सिक्न जरुरी छ । ।
एउटा समाजको मुखिया जबसम्म सुध्रिँदैन, तबसम्म समाज नै भ्रष्ट भइरहन्छ । सधैँ नसुध्रने मुखिया छान्ने समाज नै मूर्ख भएजस्तै नेपाललाई जिताउने कुरा नगरी, निर्वाचनमा पार्टी र नेतालाई जिताउने कुरा हुन्छ, तबसम्म विकासको गति अपेक्षा गर्नु पनि मूर्खता हुन्छ ।
गरिब समाजलाई सम्पन्न बनाउने हो भने एक जना मात्र धनी भएर हुँदैन । समाजमा रहेका सबै वर्ग र लिंगको जीवनस्तर उठाउन सकियो भने मात्र सम्पन्न सुुरक्षित समाज बन्ने हो । धेरै सुरक्षाकर्मी र पुलिस राख्दैमा समाज हुँदैन । सीप नभएकालाई तालिम र अनुभवको खाँचो हुन्छ । मन लागेको पेसा वा व्यवसाय गरी राम्रोसँग जीवनयापन गर्न सक्ने वातावरण सृजना हुन सके मानिस अपराधको बाटो हिँड्ने कुरा स्वतः न्यूनीकरण हुन सक्छ । देशमा नै अवसर हुने हो भने ‘उठेर विदेश जाने र सुतेर फर्किने’ नेपालीले दुर्भाग्य भोग्नुपर्ने थिएन ।
विश्वको दोस्रो ठुलो अर्थतन्त्र र सबैभन्दा बढी जनसङ्ख्या भएको चीनमा २ वटा कागतीको ८० रूपैयाँ पर्छ । त्यसैले नेपालले चीनमा कागती निर्यात गरेर पनि राम्रो आम्दानी गर्न सक्छ । कागती मात्र निर्यात गर्नुपर्छ भनेको होइन, यो उदाहरण मात्र हो । तर, यस्ता वस्तुको उत्पादन गर्नु पर्छ, जसको नेपालमा उत्पादन गर्दा कम खर्च लागोस् र चीनमा निर्यात गर्दा धेरै फाइदा लिन सकियोस् । यसका लागि आवश्यक नीतिनिर्माण गर्न जरुरी छ ।
त्यसका अलावा आयात–निर्यात गर्ने सजिलो संयन्त्र र बाटोको अर्को आवश्यक कुरा हो । नेपाल दुई ठुला जनसङ्ख्या भएका देशसँग छिमेकी छौँ । उनीहरूसँग अर्थतन्त्रमा वा व्यापारमा प्रतिस्पर्धा गर्न नसके पनि त्यस्ता कुराको उत्पादन गर्न सक्छौँ, जुन चीन र भारतमा महँगो छ र नेपालमा उत्पादन खर्च सस्तो छ । त्यसका लागि राज्य सञ्चालकसँग इच्छाशक्तिको खाँचो छ ।