'व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?'

'व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०७६

काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताउनुभएको छ ।

आयोगले आज आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताउनुभएको हो । आयोगका अध्यक्ष शर्माले भन्नुभयो, 'आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ ।'

 अध्यक्ष शर्माले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहाँ जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गर्नुभयो, 'व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो '

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेललगायतले सरकारले ल्याएका पछिल्ला केही विधेयकका विषयमा सम्वाद र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राख्नुभएकाे थियाे  ।