स्वामी सत्यमित्रानंद गिरिको निधन

स्वामी सत्यमित्रानंद गिरिको निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०७६

काठमाडाै‌ । भारतमाता मंदिरका संस्थापक महामंडलेश्वर स्वामी सत्यमित्रानंद गिरिको ८७ वर्षको उमेरमा २५ जुन मंगलबारका दिन निधन भएको छ । उनको पञ्चभौतिक शरीरलाई भोलि २६ जुनका दिन भारतमाता मन्दिर हरिद्वारमा साँझ ४ बजे समाधिस्थ गर्ने कार्यक्रम रहेको छ । 

स्वामी सत्यमित्रानंदको जन्म १९ सेप्टेम्बर, १९३२ मा आगरामा भएको थियो । उनी २६ वर्षकै उमेरमा भानपुरापीठको शंकराचार्य बनेका थिए । भानपुरा पीठमा करीब नौ वर्षसम्म शंकराचार्यका रुपमा रहेपछि सन् १९६९ उनले स्वयं शंकराचार्य पद त्याग गरेका थिए । 

उनलाई भारत सरकारले सन् २०१५ मा पद्मभूषणले सम्मान गरेको थियो ।  

गिरिले १९८३ मा हरिद्वारमा भारतमाता मंदिरको स्थापना गरेका थिए । 

स्वामी सत्यमित्रानंद जूनापीठाधीश्वर आचार्य महामंडलेश्वर स्वामी अवधेशानंद गिरिका गुरु समेत हुन् । 

स्वामी सत्यमित्रानंद गिरिको परिवार मूलतः सीतापुर (उत्तर प्रदेश) निवासी हुन् । राष्ट्रपति पुरस्कारद्वारा सम्मानित पिता शिवशंकर पांडेका पुत्र उनी संन्यास ग्रहण गर्नु अघि अंबिका प्रसाद पांडेका नामबाट परिचित थिए ।