लोकसंवाद संवाददाता | समाचार | असार ११, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको रावलपिण्डीस्थित एक सैनिक अस्पतालमा उपचार गराइरहेका जैश–ए –मोहम्मदका नेता मसूद अजहर उक्त अस्पतालमा भएको विस्फोटमा घाइते भएको समाचार छ । यसका बारेमा आधिकारिक पुष्टि हुन भने बाँकी छ साथै पाकिस्तानको सरकार तथा सेनाले यसबारेमा जानकारी गराएको छैन् ।
पाकिस्तानका सामाजिक कार्यकर्ता अहसान उल्लाह मिखाइलले आफ्नो ट्विटर हैंडलमा यस बारेमा एउटा भिडियो शेयर गरेका छन् । यसमा अहसानले लेखेका छन्, ‘पाकिस्तानी सेनाको रावलपिंडीस्थित अस्पतालमा विस्फोट, १० जना घाइते ।’
यसका बारेमा कुनै समाचार प्रसारण नगर्न भनिएको छ । कोही पनि अपरिचित मानिसलाई अस्पतालको वरपर जन दिइएको छैन साथै त्यहाँ सेनाको कडा पहरा रहेको बताइएको छ । अन्य केही सामाजिक संजाल प्रयोगकर्ताले पनि यस घटनाको भिडियो शेयर गरेका छन् ।
रावलपिंडीमा पाकिस्तानी सेनाको मुख्यालय साथै सबैभन्दा ठूलो सैनिक अस्पताल पनि छ । मसूद अजहरको मुगौला सम्बन्धी रोगको उपचार यसै सैनिक अस्पतालमा भैरहेको मानिन्छ । मसूदले यसै अस्पतालमा डायलिसिस गराई रहेका छन् भन्ने चर्चा सञ्चार माध्यममा छाउने गरेको छ ।