लोकसंवाद संवाददाता | समाचार | असार १२, २०७६
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण गरिएको छ ।
कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय २०७६असार ११ गते बुधबार देखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार समेत शुरु गरिएको थियो ।
उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको हो ।
यसअघि उपराष्ट्रपतिको कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगको बहादुर भवनको एक भागमा रहेको थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा रहँदै आएको थियो ।