लोकसंवाद संवाददाता | अन्तर्मन्थन | असार १२, २०७६
दावा स्टेभेन शेर्पा
दावा स्टेभेन शेर्पा, एसियन ट्रेकिङ प्रालिको डाइरेक्टर हुनुहुन्छ । पर्वतारोहण सञ्चालक सङ्घ नेपाल हालै सम्पन्न साधरणसभावाट सचिवमा निर्वाचित शेर्पा यसपटकको सिजनमा २ महिना सगरमाथा बेस क्याम्प बसेर सबैभन्दा बढी आरोहीहरूलाई आरोहणको प्रबन्ध मिलाउने काममा व्यस्त हुनुभएको थियो भने मे २१ म आफूले पनि अन्य आरोहीसँगै सफल आरोहण समेत गर्नु भएको थियो । मे २१ देखि २३ सम्म सगरमाथाको क्याम्प ४ मा नै बसेर आफ्नै सबै आरोहीलाई सफल आरोहणमा सहयाेग गराएको दाबी गर्नुहुन्छ । ९ जनाको ज्यान गएको र यसपटकको सिजनमा ट्राफिक जाम विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पायो । वास्तामा दुर्घटना कसरी भएको थियो । दुर्घटना, ट्राफिक जाम र सगरमाथामा भएको फोहोरको विषयलाई लिएर सगरमाथा आरोहण बन्द गर्ने सम्मका लविङ चलिरहेको बेला कसरी भएको थियो दुर्घटना,ट्राफिक जाम किन भएको थियो भन्ने विषयमा केन्द्रित रहेर दावा स्टेभेन शेर्पासँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः
यसपालिको सगरमाथा आरोहण कस्तो रह्यो ?
हामी एक–दुई दिनका लागि होइन, दुई महिनासम्म त्यहाँ गएका थियौ । काम एकदमै स्मुथली भएको थियो । बीचमा अलिकति मौसमका कारण, जस्तैः हावाहुरी आएर हाम्रो पाल उडाएर क्याम्प टुटेर अलिकति क्षति बेहोर्नुपर्यो । यसपटकको मौसम पूर्वानुमान पनि विगत वर्षमा जस्तो राम्रो थिएन । एक्युरेट भएन अनि अन्तिममा आएर हाम्रो सबै राम्रो भयो । यसपालि ३ सय ८१ जना थिए । खासमा त राम्रै भएको हो । तर, हिमालमा यसपालि ९ जनाको मृत्यु भयो । यसपालि ट्राफिक जाम भयो । धेरै मान्छे भएर हो भन्ने छ तर, ट्राफिक जाम धेरै मान्छे भएर हुने होइन । त्यो कहिले हुन्छ भन्दा सबै मान्छे एकै ठाउँमा एकै बेला थुप्रियो भने ट्राफिक जाम हुने हो । हिलारी स्टेकको फोटो हेर्नु भयो होला । हिलारी स्टेकमा त्यतिबेला मान्छे धेरै थियो । ट्राफिक जाम नै भयो भनौं । तर, अरु ठाउँमा हेर्नुस् हिमालमा क्याम्प ३, क्याम्प २ तिर हेर्नुस्, क्याम्प १ मा हेर्नुस् त्यहाँ मान्छे नै थिएन, सबै माथि थिए ।
त्यस्तो किन भएको होला व्यवस्थापन नभएर हो ? हो भने कसको कमजोरी होला ?
त्यो त व्यवस्थापन नभएर नै हो । हामी सबैको अलिअलि कमजोरी भयो भन्नुपर्छ । यसमा हामी अपरेटरको पनि कमजोरी छ, सरकारको पनि कमजोरी छ । हाम्रो देशमा विदेशीलाई निम्त्याएर सगरमाथा चढाउँछौं भने उनीहरूलाई अहिले दोष नदिऊ । हाम्रो व्यवस्थापनको कुरो हो । त्यो विदेशीलाई भन्न मिल्दैन । यहाँ दुइ–चार वटा कुराले समस्या उत्पन्न गरेको थियो । समयमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भएन ।
के कारणले हुन सक्दैन ? हाम्रो अपरेटरको तर्फबाट अथवा रोप फिक्सिङ गर्ने जिम्मा लिएको कम्पनीले गरेन अथवा सरकारी निकायले समयमै निर्णय गरी दिएनन् अथवा के कारणले भएन ?
यसमा सबै जनाबाट अलिअलि कमजोरी भएका छन् । रोप फिक्सिङ गर्नु पर्ने जुन टिम थियो, उहाँहरूले समयमा गरीदिनुभएन । हुन त मौसमको पनि समस्या नै थियो । तर, उहाँहरूले अलि अगाडि थालिदिनुभएको भए काम पनि चाडै सकिन्थ्यो । अप्रिल २ मा हाम्रो एसपिसिसीले एम २ को बाटो खुलिसकेको थियो । हाम्रो क्याम्प २ को रोक जुन छ, क्याम्प २ बाट माथि टाँगे । त्योचाहिँ अप्रिल १९ मात्रै हेलिकोप्टरले सामान लगिदियो । यसले हामीलाई १७ दिनको घाटा लाग्यो । हामीले मन्त्रालयबाट हेलिकप्टरको पहिले नै सिफारिस पाएको भए सिजनअगाडि मार्च फेबु्र्रअरीतिर गरेको भए प्लानिङ पनि राम्र्रो हुन्थ्यो । हेलिकप्टर लिनलाई समयमा दिनुपथ्र्यो, त्यो दिइएन । ढिलो दिएको पनि होइन । तर, त्यसबेला सिजन सुरु भइसकेको थियो । अनुमति पाएर मात्रै भएन । कुनचाहिँ फ्लाइट जान्छ, त्यो सबै जुन बाटो टाँग्ने कम्पनीले जिम्मा लिएको थियो । उहाँहरूले पनि त्यो कदम चाल्नुभएन । सिजनका बेला धेरै काम हुन्छन् । त्यसबेला उहाँहरूले समय नपाएर पनि होला । मौसम, कमिसन र प्लानिङको कारणले १७ दिन हाम्र्रो नोक्सान भयो ।
सरकारले समयमा नै स्वीकृति दिएको भए सिजन सुरु हुनुभन्दा अगाडि त्यो होमवर्क सबै सकिन्थ्यो । २ तारिखमा बाटो खुलेको भए ५ तारिखमा नै त्यहाँ पुग्थ्यौं र ६ तारिखबाट टाँग्न सक्थ्यौ । दुई हप्ता अगाडि काम हुन्थ्यो भने हामी १४ तारिख नभए पनि अप्रिलको अन्तिमसम्म त हुन्थ्यो । अर्को कुरा के भने रोप फिक्सङ भइसकेपछि हामीले धेरै प्रयास गर्यौं । सबै जनासँग कुरा गरेर हाम्रो भाइवर च्याट बुक पनि छ । कसको डेट के छ, को कुन डेटमा को जान लागेको हो भनेर हामीले सोध्यौं कति जनाले जानकारी दिए कति जनाले दिएनन् ।
तपाईंको दायित्व पनि ट्राफिकको व्यवस्थापन गर्नु थियो कि थिएन ?
हामी एक्पोटेसनको अपरेटरको सदस्य पनि भयौं । हाम्रो चाहना भनेको राम्रो स्मुथली जाओस् भन्ने हो । मैले मे १० मा नै सबैलाई म्यासेज पठाएको थिएँ । तपाईं कुन समयमा कति जना जाने हो र कुन समयमा जाने हो, अहिले खबर गर्नुस् भनेको थिए । तर, त्यसमा आधीभन्दा कमले मात्र जानकारी दिएका थिए । सामान्यतया त्यही पनि असहयोग भयो । उहाँहरूले लुकाएको म भन्दिनँ किनभने मौसम नै गाह्रो थियो । मौसम पूर्वानुमान पनि मिलेको थिएन । धेरैलाई अप्ठेरो पनि भयो होला यो दिन भन्नलाई । मैले त्यो पनि भनिनँ । अहिलको लागि तपाईंको दिमागमा के छ ? त्यति मात्रै भन्नुुस् भन्दा पनि धेरैले जानकारी दिएनन् । जुन पहिलेदेखि नै गरि आउनु भएको पुरानो कम्पनीले उहाँहरूबाट मलाई जानकारी आयो । तर, धेरै नयाँ कम्पनी पनि छन्, ती कम्पनीले जानकारी दिन सकेनन् । जो स्थापित अपरेटर छन्, उहाँहरूसँग हाम्रो राम्रो सम्बन्ध छ । कति जना कस्तो पनि भयो भन्दाखेरि मैले उहाँहरूलाई सिधै सोधें– तपाईंहरूको मिति सोध्दा भन्दा ‘दावा दाइ, तपाईं कुन दिन जाने त्यही दिन डेट पार्छु नि भन्छ’ भन्नाले उहाँहरूचाहिँ अरु ठूल्ठूलो कम्पनी कहिले जान्छन्, त्यही नै डेट ठिक होला नि भन्ने हिसाबले प्लानिङ गरेपछि उहाँहरू पनि पर्खेर बसिरहेको हुन्छन् । मे २२ कै कुरा गरौं, मे २२ सम्म ट्राफिक जाम भएको हो, त्यसबेला ३ जनाको मृत्यु पनि भयो । त्योचाहिँ खासमा के भएको हो भन्दा मेरो टिममा जो–जो थिए, उहाँहरूलाई मैले २१, २२ र २३ मा माथि योजना बनाएको थिएँ । मे २१ मा अलि हावा बढी थियो तर, हावाको डाइरेक्सन वेस्टबाट थियो । त्यो भनेको हिमालको पछाडि हो । हामी साउथ–इस्ट साइडमा छौं । वेस्टबाट हान्दाखेरि हामी साउथको इष्ट चढ्दाखेरि त्यो हावा छेकिन्छ । हावा अलि बढी भएपछि त्यो डाइरेक्सन बुझेर मैले २१ तारिख पारे । २१ तारिख एकदमै सफल भयो । ठ्याक्कै टपमा पुग्दाखेरि हामीलाई हावाले हान्यो तर, त्यो ठिक छ । अनि मैैले मेरो सबैभन्दा बलियो क्लाइमर र मेम्बरहरु छानेर त्यो दिन लगे । मे २२ तारिख एकदमै हावा कम छ भन्ने हिसाबले मेरो अक्सिजनबिना चढ्ने, अलिकति कमजोर या अलिकति स्लो क्लाइबरहरुलाई २२ तारिखमा राखे । २३ तारिखमा टिम २ वटा एउटा टिम ठूलो थियो । त्यसलाई सानो पारेर सेकेण्डलाई चाहिँ मे २३ तारिखमा राखेर यसरी आफ्नो प्लानिङमा छुट्टयाए । २१ तारिख राम्रो भयो । तर, त्यो दिन १ सय २० जना जानु पर्ने थियो । म आफै पनि थिए, त्यहाँ सबै क्याम्पमा म आफै गएँ । तपाईंहरू कति बजे जाने, कसरी जाने भनेर मैले सोधे । उहाँहरू प्रायःले के मौसम त्यति राम्रो छैन भन्नुभयो । अनि पछि जाँदाखेरि मैले फेरि हेर्दा कति जना साथीले आज हावा बढी छ हामी यहि बस्छौ भने ५०÷६० जना भोलिपल्ट जानलाई बसे । त्यहाँनिर तलबाट पनि २२ तारिख जानलाई आइरहेका छन्, २१ तारिख जानु पर्ने पनि बसेँ भनेपछि त्यो कारणले पनि मान्छे थपिए । केही गरी २१ गते जाने टिम गएको भए २२ तारिख त मान्छे कम हुन्थे । ५०/६० जना थपिनु भनेको त्यसै ट्राफिक जाम हुनु हो । यो पनि एक मुख्य कारण हो ।
यो समयमा यति जना मान्छे जाने भन्ने खालको कुनै योजना हुँदैन । बेस क्याम्पमै गएर तय हुने हो अथवा टिमले नै त्यही निर्णय गर्ने हो ?
हाम्रो प्लानिङ गर्दाखेरि २१ गतेको टार्गेट गर्छौं अनि वेदर फोरकास्ट पनि हेर्छौं । वेदर फोरकास्ट हामी बेस क्याम्पबाट निस्किनुअगाडि हेर्छौं । २१ गतेको लागि वेदर फोरकास्ट राम्र्रो छ भने त प्रिपिएर हुनु पर्छ । १७ मा क्याम्प टुमा जानु पर्यो, १८ मा क्याम्प टुमा रेस्ट हुन्छ । १९ मा क्याम्प थ्री, २० मा क्याम्प ४ अनि २१ मा सबमिट हान्ने हो । ५ दिनअगाडि हामीले प्लानिङ गर्छौं । तर, ५ दिनमा त वेदरको फोरकास्ट परिवर्तन हुन सक्छ ।
यस पटक पनि परिवर्तन भएको हो ?
हजुर, यस पटक पनि परिवर्तन भएको हो । पहिला १९ तारिख राम्रो भन्दै थिए । मे १९ तारिख पनि बिग्रिएर २० तारिखमा मात्रै राम्रो हुन्छ भनेको हो । २० तारिखबाट पनि बिग्रिएर २१ तारिख मात्रै राम्रो हुने भनेको हो । यो कारणले माथि क्याम्प ४ मा पुगिसकेपछि हावा धेरै छ भने त उसले सेफ्टीका हिसाबले पनि प्लानिङ त गर्नु पर्यो नि ? हामी गर्छौं पनि, बस्न परे पनि एक दिन बस्ने भन्ने हिसाबले हामीले थप अक्सिजन राख्छौं, सबै खाना थप व्यवस्था गरेका हुुन्छौं । कहिलेकाहिँ त अब नजाऊ वेदर फोरकास्टले नराम्रो भनेको छ भनेर क्याम्प २ मा पनि बस्छौं । यो प्लान परिवर्तन भइरहन सक्छ । जबरजस्ती जेसुकै होस् भनेर हावामा जाने कुरा आएन, नराम्रो मौसममा जाने कुरा त आएन यो सामान्य कुरा हो ।
वेस क्याम्पभन्दा अझ माथि गइसकेपछि खासगरी विदेशी उनीहरूको स्वभाव देखाउँछन् भन्ने कुरा आएको छ, जस्तैः शेर्पाले यस्तो गर्नु हुँदैन भन्दाखेरि जबरजस्ती गरिदिने भएको हुँदा बढी दुर्घटना हुन्छ भन्ने कुरा सही हो कि होइन ?
एकदमै सही हो, यसपालि एक–दुई वटा केसमा त्यही भएको हो । दुईजना लेडिज इन्डियन थिए उहाँहरूको मृत्यु भयो । हाम्रो इन्डियन आर्मीको टिम थियो । उहाँहरूसँग चिनजान थियो । माथि जाँदाखेरि तिमीहरू धेरै कमजोर छौं भनेर बारम्बार भन्दा पनि नमानेपछि उहाँहरूको माथि गएर मृत्यु भइहाल्यो ।
उहाँहरूको लडेर मृत्यु भएको हो ?
होइन, कमजोर थिए । त्यतिकै पनि समय २० घण्टा २४ घण्टा लगाइदिएपछि त्यहाँ त हामी १० घण्टामा चढेर अर्को ६ घण्टामा त क्याम्प ४ पुगिसक्नुपर्नेमा उहाँहरू १५/१६ घण्टामा अझै माथि पुग्न सकेनन् भने त समस्या हुन्छ नै त्यो त उहाँहरू आफैले बुझ्नु पर्ने कुरा हो ।
भनेपछि उहाँहरूलाई एउटा अनुभव भएन, जानकारी भएन अथवा जबरजस्ती गर्नुभयो ?
उहाँहरूले जबरजस्ती गर्नु भयो । प्रायः हामीले अहिले देखेको इन्डियन आरोही अलि जबरजस्ती गर्नु हुन्छ । यो संस्कृतिको कुरा हो । पहिला जापनिजले जबरजस्ती गर्छन् अनि माथि हिमालमा गएर मर्छन् भन्ने थियो । इन्टरनेसनल कम्युनिटीले जापनिज क्लाइमरलाई राम्रो मान्दैनन् । झन् एसियामा बेइज्जत हुन्छ भन्ने कल्चर छ । फेरि प्रयास गर्छु होइन एकै चोटीमा जित्नु पर्छ भन्ने सोचले पनि दुर्घटना त्यस्तो भएको हो । जापनिज आल्पन क्लबले मिलेर धेरै प्रयास गरेर यो कल्चर हटायो । कोरियन आयो १०/१५ वर्षपछि । कोरियनको पनि त्यही नै नेचर एकदमै जबरजस्ती गर्छन् । एउटा त देनाली भन्ने हिमालमा जुन एलेस्कामा छ । कोरियन एक्सप्रेस भन्ने एउटा कुलवारमै छ । कोरियन एक्सप्रेस किन भनेको भन्दा एकदमै जबरजस्ती गरेर माथि चढ्न खोज्दा रहेछन् अनि त्यहीबाट लडेर झर्दा रहेछन् । धेरै जना कोरियन लडेको भएर त्यसको नाम नै अमेरिकनले कोरियन एक्सप्रेस राखे । भनेपछि कोरियामा पनि त्यो कल्चर थियो अहिले त्यहाँबाट पनि त्यो हटिसक्यो । अहिले त्यही कल्चर इन्डियनमा आएको छ । गएपछि माथि चढ्नै पर्छ । त्यो मिसन पूरा हुनैपर्छ भन्ने यो कारणले धेरै समस्या उत्पन्न गराएको छ ।
हिमाल चढ्ने क्रममा निधन हुने धेरै इन्डियन छन्, हो ?
हो, यो वर्ष धेरै इन्डियन नै हुनु पर्छ । इन्डियन, अनि अमेरिकन हुनु पर्छ । यसपालि मृत्यु हुनेमा पनि लगभग ५/६ जना इन्डियन नै छन् ।
यसपाली त नेपालीको पनि मृत्युु भयो नेपालीहरूको मृत्यु कसरी भयो ?
धुर्व भाइ एउटा रिवाइजम क्लाइमर पनि हो । मेरो क्लाइमिङ वानको पनि मेम्बर हो । उसलाई चाहि पहिल्यैदेखि छारे रोग रहेछ । माथि चढेपछि उसलाई छारे रोग भएछ । उसलाई उद्धार गरेर बेस क्याम्पसम्म त ल्याइयो । त्यहाँ पुग्दासम्म उसको मृत्यु भइसकेको रहेछ । उसलाई चाहिँ पहिलेदेखिको समस्या भएको हुँदा मृत्यु भएको हो ।
अनि अर्काको मृत्युचाहिँ कसरी भएको हो ?
मैले सुने बुझेको अनुसार निमाटेन्जी जि एउटा शव लिन जाँदाखेरि उहाँलाई पनि हाइ लागेर मृत्यु भएको भनिन्छ । हाइ लागेर मृत्यु भन्नाले प्रायः शेर्पाहरूको पहिला केही न केही भएको होला वा प्रि एग्जिसन कन्डिसन भन्छौ नि हामीले त्यस्तो केही होला । मलाई यसको बारेमा एक्जेक्ट थाहा भएन । हाइ लागेर मर्यो भन्दा मलाईचाहिँ पहिले नै केही भएको हुन सक्छ जस्तो लाग्छ । शेर्पालाई त्यतिकै लेक लाग्दैन ।
तपाईं आफू पनि माथि चुचुरोमै पुग्नुभयो, हो ?
हो, म तीन चोटी पुगिसकेको छुु । यसपाली मैले आफ्नो टोली लिएर चुचुरो पुगें । म २० तारिखमा पुगेँ । २१ तारिख सबमिट भएँ । २२ तारिख दिनभरि बसेर अनि दिउँसो मात्रै फर्किएँ । क्याम्प ४ मै मेरो टिम थियो । झन्डै तीन दिन बसेँ । त्यहाँ सबै व्यवस्थित गरेँ । अरुसँग पनि कुरा गरेँ आफ्नो टिमलाई हेरेँ । मेरो डर के थियो भन्दा त्यही २३ तारिख मान्छे धेरै गएपछि मेरो टिम त माथि छ केही समस्या भइहाल्यो भने रेस्क्यु गर्नु पर्ला कि आफै माथि जानु पर्ला कि भन्दै बसें ।
रेस्क्यु गर्दाखेरि एक जना शेर्पाको पनि ज्यान गयो । यस पटक पनि ती चारवटा शव ल्याउन सकिएन भन्ने छ यो साँचो हो ?
मैले बुझे अनुसार योचाहिँ २२/२३ तारिखको कुरा हो । अञ्जली कुलकर्नी, रवि ठक्कर र कल्पना दास भन्ने इन्डियन उहाँको लास ल्याइयो । एक जना कि दुई जना अमेरिकनको लासमाथि नै छ भन्ने मैले बुझेको छु । इन्डियनको किन ल्याइयो भन्दा यसपालि इन्डियन गभर्नमेन्टले लास ल्याउनको लागि पैसा दिएको रहेछ । यो पाली कस्तो वर्ष परिदियो भन्दा पोहोर साल पनि गर्यो उहाँहरूले भारतीय दूतावासमार्फत् कम्पनीलाई पेमेन्ट गरेर लास ल्यायो । यो पाली झन इलेक्सनको वर्ष पर्यो । इलेक्सनको वर्ष पर्दा के हुन्छ भने जस्तो गुजरातको मान्छे मर्यो भने त्यहाँ त मिडियामा ठूलो कुरा आउँछ । त्यहाँको जुन पार्टी छ, उहाँहरूलाई त ४०/५० लाख केही पनि होइन । भारतीय दूतावासमा पैसा आयो र इन्डियनको लास चाहिँ ल्याइयो । माथि रहेको चाहिँ मलाई लाग्छ– अमेरिकनको हो । अमेरिकन दूतावासले कहिले पनि पैसा दिँदैन । दूतावासले यस्तो प्राइभेट ट्रिपको वास्ता गर्दैन । किन इन्स्सुुरेन्सले गर्नु पर्यो नभए यूएस एमबिसी बजेट छुट्टयाउँदैन् । यो कारणले पनि कतिपय लास त्यहाँ छुटेको हो । लास्ट २६/२७ मा मर्ने जो अमेरिकन छ उहाँहरूको लासचाहिँ मौसमको कारणले ल्याउन नसकिएको हुन सक्छ । किनभने त्यसपछि मौसम बिग्रिएको छ ।
भनेपछि मे २४/२५ सम्म ल्याउन सक्ने अवस्था थियो । उहाँहरूलाई कसैले पनि लगानी गरेर ल्याउन सक्ने मान्छे भएन, त्यसैले ल्याइएन ?
हो त्यही हो, एक जनाले मात्रै ल्याउन सक्दैन लास जो सँग चढ्यो, त्यो शेर्पा एक जनाले उतै मृत्यु भएकोलाई घिसारेर ल्याउन सक्दैन । लास ल्याउन कम्तीमा ८ जना शेर्पा त चाहिन्छ । मेरो आफ्नै अनुभव पोहोर साल मनासुलीमा एक जना मेरो क्लाइन्डको ७ हजार ३ सय मिटरमा खुट्टा भाँचियो । त्यहाँमाथि हेलिकप्टर जाँदैन हामी १४ जना शेर्पाले गरेर तल ल्याउनलाई झन्डै ३८/४० घण्टा लाग्यो । सबै कुरा तयार गरेर समयमै लास ल्याउन सकिएन भनेपछि मौसमको कारणले ल्याउन गाह्रो हुन्छ ।
राज्यले रोयल्टीलाई मात्रै माध्यम दिन्छ । लियाजो अफिसरले आफ्नो आम्दानीलाई मात्रै जोड दिने र सम्बन्धित निकायले पनि खास ध्यान नदिँदा यो समस्या भएको हो भन्दा के हुन्छ ?
हाम्रो हिमालबाट राजस्व उठाउनु पर्छ त्यो सरकारलाई आउनु पर्छ त्यो कुनै विवादै नै भएन । हामी हिमाल रोजीरोटीको लागि चढ्छौं । हामी एउटा गरिव मुलुकको मान्छे हो । अमेरिका, स्विजरल्याण्डमा पो चढे पनि केही छैन नचढे पनि केही छैन । हाम्रो देशमा त सयौ शेर्पा र हजारांै अपरेटरको जीन्दगी जोडिएको छ । रेभिन्यु, जब अपरच्युनिटी र इकोनोमिक अपरच्युनिटी इज इमर्पोटेन्ट छ । हाम्रो देशलाई बेनिफिट भएन भने यस्तो काम हामीले किन गर्ने ? हामी हिमाललाई देउता मान्छौं । नेपालीले त्यसबाट फाइदा लिन सक्दैन भने हामीले आफ्नो देउता स्थानमा मान्छेलाई टेक्न किन दिने ? भन्ने भनाइ छ । नेपाल सरकारले राजस्व उठाउने कुरा ठिक छ । तर, यहाँ समस्या कहाँ छ भन्दा त्यसको वापतमा केही न केही दिनु पर्यो नि भन्ने मेरो भनाइ हो । चीनमा हेर्नु भयो भने उहाँहरूको पनि लगभग हामी जत्तिकै रोयल्टी लिन्छ । ११ हजार ५ सय भइसक्यो । तर, उहाँहरूले त्यसको बापतमा बेस क्याम्पसम्म गाडी पुर्याइदिन्छ । बेस क्याम्प पुगिसकेपछि याक दिन्छ । याकले सबै सामान क्याम्प २ सम्म पुर्याइ दिन्छ । भनेपछि उहाँहरूले सेम पैसामा बेस क्याम्पदेखि क्याम्प २ सम्म पुर्याइदिन्छ भने सरकारले हाम्रो त केही पनि फिर्ता दिएको देखिँदैन । मानिलिऊ, त्यो सरकारको खातामा जान्छ त्यो कुनै समस्या भएन तर, सरकाले खटाएको जुन सम्पर्क अधिकृत छ उहाँहरूले मिनिमम दुई हजार डलर लिएको छ । उहाँहरूले चार–पाँच हजार डलर लिएको पनि छ । त्यो भनेको त एउटा सर्भिस प्रोभाइडर हो भन्ने बुझ्नुपर्यो नि । किनभने विदेशीले आएर कसैले कसैलाई पैसा दिएको छ भने त्यो सर्भिसको लागि दिएको हो । रोयल्टी तिर्ने नै त्यसैका लागि हो । उहाँहरू त्यहाँ नपुगेपछि त्यहाँ अर्को समस्या भयो ।
सम्पर्क अधिकृतहरू किन त्यहाँ जादैनन् ?
उहाँहरु एउटा आफैं पनि माउन्टेनरिङ फिल्डको मान्छे होइन ।
एक सिजनमा फाइदा लिनका लागि मात्रै जाने हो ?
त्यसरी उहाँहरू फाइदै लिनको लागि जानु हुन्छ त म भन्दिनँ । तर, केभन्दा उहाँहरू आउनु हुन्छ टाउको तथा जिउ दुख्यो भन्नुहुन्छ । किनभने उहाँहरू सरकारी कर्मचारी हो । अफिसमा बस्ने मान्छे हो । सिधै बेस क्याम्प पठाउँदाखेरि उहाँहरू ८/१० घण्टा हिँड्न र चिसो खप्न सक्नुहु्न्न । त्यही भएर बेस क्याम्पमै बस्नु हुन्छ । त्यहाँभन्दा माथि जानु हुँदैन । कति जना लेजेन अफिसर बिरामी हुनुहुन्छ, कति जना माथि पुग्न सक्नु हुन्न ? उहाँहरू जबरजस्ती त्यहाँ पुग्नु पर्छ भन्ने होइन मेरो प्रश्न के हो भने उहाँहरू सक्नु हुन्न भने नेपाल सरकारले त सक्षम मान्छे पठाउनु पर्यो । जसले उल्टो एडभाइस दिन सकोस् न त्यस्तो मान्छे पठाउनु पर्यो । त्यहाँ त हामीले उल्टै सिकाउनु पर्छ । भनेपछि उहाँहरू जस्तो मान्छेले के कन्ट्रोल गर्छ ।
नचढाएको मान्छेलाई प्र्रमाणपत्र दिन्छ भन्ने छ नि त्यो सम्पर्क अधिकृतले सिफारिस गर्नु पर्ने चढाउनु पर्ने भनेर तर, ऊ नै सम्बन्धित ठाउँमा पुग्दैन भने क्याम्प २ सम्म पुगेको मान्छेलाई पुगेको भन्ने त हो नि ?
अहिले एउटा प्रमुख समस्या त्यो पनि छ । हो कि होइन भन्ने पुष्टि गर्ने त उहाँहरूले हो । जिम्मेवारी त उहाँहरूकै हो । जसले सर्भिस गरिरहेको छ त्यो मान्छेलाई भेट्ने बाहेक अर्को काम हुँदैन । नेपाल सरकारको त्यहाँनिर कोही पनि प्र्रतिनिधि छैन, अरुको टोली मात्रै छ । टोलीमा कसैलाई सरोकार छ भने हुने भयो नभए चढ्यो भनेपछि प्रमाण पायो । प्रायःजसो एजेन्सीले पनि फिल्टर त गर्छन् । तर, कहिलेकाहिँ के हुन्छ भने एउटै परमिटमा दुइटा टिम हुन्छ । त्यतिखेरि ए चढ्यो है मेरोले भनेपछि त्यही अनुसारले त्यहाँ रिपोर्ट गएपछि समस्या हुन्छ । त्यही भएर मेरो कम्पनीको परमिटमा मैले सेयर नगरेको धेरै वर्ष भयो । म अरुलाई राख्दिनँ । किनभने अर्कोको जिम्मा मैले कसरी लिन सक्छु ? त्यो एउटा अर्को इस्यु छ ।
अहिले यो घटना भयो ट्राफिक जाम भयो भनेर अन्तर्राष्ट्रिय रूपमा प्रचार गरेर आरोहणकोे कामलाई नै बन्द गर्ने हो कि भनेर कता–कता भित्र–भित्रबाट कुरा आउन थालेको छ, तपाईंलाई त्यसको अनुभव भएको छ कि छैन ?
मैले पनि सुनिराखेको छु । हाम्रो पनि समितिभित्र यो कुरा उठ्यो । मन्त्रालयमा पनि एकदमै उच्च स्तरबाट यस्तो कुरा भइरहेको छ भन्ने कुरा अहिले आइरहेको छ । यो कुराले मलाई एकदमै दुःख लागिरहेको छ किनभने यहाँ कोही बिरामी छ भने त्यसलाई उपचार गर्नुभन्दा मारिदिऊ भन्ने जस्तो कुरा आइरहेको छ । व्यवस्थित गर्ने कुनै कार्यक्रम बन्दैन, समयमा कुनै काम गर्दैनौं । तर, त्यसको परिणामलाई मात्रै हेरेर बन्द गर्ने कुरा गर्छौं ।
यसमा बन्द गर्ने धेरै इच्छा कसको छ जस्तो लाग्छ तपाईंको विचारमा ? जस्तैः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही मिडिया पनि लागेको देखिन्छ, खासगरी कर्मचारीतन्त्रले औपचारिक रूपमा निर्णय नभए पनि अनौपचारिक रूपमा भन्दै हिँडेको भन्ने कुरा आएको छ के हो त यो ?
मेरो विचारमा अन्तर्राष्ट्रिय मिडियाको प्रेसर धेरै आयो । जसरी मैले तपाईंलाई टेक्निकल्ली रूपमा बुझाए त्यसरी हाम्रो मन्त्रालयमा त्यो बुझाउने क्षमता छैन । किनभने उहाँहरू माउन्टेनका जानकार होइनन् । त्यसरी अन द स्पोर्ट पारिदिएपछि उहाँहरूलाई गाह्रो भयो । पोलिसी नयाँ के छ भन्दा उहाँहरूले केही न केही त भन्नै पर्यो । हामी बन्द गर्ने सोचिरहेका छौं भन्ने कुरा भयो । अर्को कुरा बाहिरको टुरिजम एक्सपोर्टले पनि एभरेस्ट एक वर्ष बन्द गर्दा राम्रो सन्देश जान्छ भनेको मैले सुनेको हो । उहाँहरूले कस्तो खालको उदाहरण लिएभन्दा थाइल्याण्डको फिफी आइल्याण्डमा धेरै टुरिस्ट गएर अहिले हामीले बन्द गरिदिएका छौं । त्यो गर्दाखेरि त्यहाँको माछा, कोरलिफहरू फेरि राम्ररी फ्लरिस गर्न पाउँछ भन्ने वाइल्ड लाइफको हिसाबले एउटा फिलिपिन्सको वोरोकाइ भन्ने ठाउँमा त्यही हिसाबले सरकारले बनाइदिएको छ । उहाँहरूले त्यस्तो उदाहरणलाई लिएर सगरमाथालाई अहिले विश्राम देऊ भनिरहेका छन् ।
यसमा अन्तर्राष्ट्रिय समुुदायको के स्वार्थ हो जस्तो लाग्छ ?
यसमा इन्टरनेसनल एक्सपोर्टकोे स्वार्थ त नभनौ कन्सल्टेन भइसकेपछि तपाईंहरूको सल्लाह के छ भन्ने सोध्ने हो । किनभने उहाँहरूले अरु ठाउँमा कसैले गरेको छ भने सल्लाह दिने हो । तर, निर्णय गर्ने त हाम्रै सरकारले हो नि । ठिक छ ल हो कि होइन भन्ने मूल्यांकन गर्ने जिम्मा पनि हाम्रो सरकारको हो ।
अहिले मन्त्रालयले एउटा कार्यदल बनाएको छ र त्यो प्रधानमन्त्रीकै आग्रहमा बनाइएको छ । कार्यदलमा कार्यदलले अध्ययन गर्ने अन्तिममा एउटा सुझाव केही समयका लागि स्थगित गराउनका लागि यो समिति बनाइएको भन्ने कुरा तपाईलाई विश्वास लाग्छ कि लाग्दैन ?
परिस्थितिलाई राम्र्रोसँग हेर्यो भने यो हुन पनि सक्छ, किनभने हाम्रो प्रधानमन्त्रीज्यूलाई बिबिसीले एकदमै टप स्पटमा राखेको हो । त्यो भइसकेपछि उहाँलाई पनि रियलाइज भयो होला यसको लागि केही न केही उत्तर चाहियो भनेको पनि हुन सक्छ । यसमा कुनै षड्यन्त्र नहोला ! प्रधानन्त्रीले अहिले पर्यटन पनि हेरिराख्नुभएको छ । ल यो एकदमै गलत भयो अर्को पटक मलाई उत्तर चाहियो । मलाई यसको फुल स्टडी अनि रिपोर्ट चाहियो भन्ने उहाँको अधिकार हो । त्यो कारणले पनि हुन सक्छ । त्यही कारण समिति बनेको हुन सक्छ ।
तपाईं नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय समितिमा पनि हुनुहुन्छ, एकातर्फ भ्रमण वर्ष २०२० र अर्कोतर्फ आरोहण बन्द गर्ने यसको तारतम्बे कसरी मिल्छ ?
यो त मिलेन, मैले आफैले पनि भिजिट नेपालको ब्यानर सगरमाथाको टपमा लिएको थिएँ । हाम्रो प्रधानमन्त्रीज्यूको हस्ताक्षर भएको ब्यानर मैले २१ तारिखमा सगरमाथामा फरफराएको थिएँ । त्यत्रो गरेर अब हाम्रो सरकारले अर्को वर्ष बन्द गर्छ भन्ने खालको हल्ला सुन्दा अलि मलाई मनमा खिन्नचाहिँ हुन्छ । किन यस्तो भएको हो र यसलाई हामीले कसरी सुधार गर्न सक्छौं भन्ने कुराहरू नभएर सिधै बन्द नै गर्ने भन्ने धेरै होहल्ला भइरहेको छ । मैले आफ्नो प्रयास के गरिरहेको छु भने भिजिट नेपाल कमिटीमा पनि यस्तो गर्नु हुन्न व्यवस्थापनमा जाऊ गर्न सकिन्छ पहिला गर्दै आएको पनि हो ।
अहिले बजारमा के हल्ला छ भने भिजिट नेपालको समितिमै बन्द गर्नै पर्छ भन्ने दबाब आइरहेको छ भन्ने छ नि ?
मेरो अन्तिम मिटिङसम्म यो कुरा आएको छैन । मलाई सुरज दाइले सोध्नुभएको थियो, ‘यस्तो–यस्तो कुरा अहिले भइरहेको छ दावा तिम्रो सल्लाह के छ ?’ तिमीलाई थाहा छ, तिमी गएको । तिम्रो सल्लाह के छ भन्दा मैले आफ्नो विचार तपाईंलाई जसरी भने त्यसरी यसो–यसो भयो भने अर्को पाली समस्या आउँदैन । तर, यो बन्द गर्ने कुराचाहिँ नकरात्मक कुरा हो । भिजिट नेपाल वर्षमा बन्द गर्नु गलत हो एउटा, अर्को केभन्दा हामीले व्यवस्थापन गरेर देखाउन केही कुरा अलिकति गाह्रो हुन्छ भनेर हामीले घरमा चोर बस्छ भनेर झ्याल ढोकै नभएको घर बनायौं भने त हुँदैन नि ।
बरु हामीले व्यवस्थापन गर्न सक्नु पर्यो । त्यो गर्यो भने नेपालको सन्देश राम्र्रो जान्छ । समस्या थियो उनीहरूले व्यवस्थापन राम्रो गर्यो भन्ने सन्देश राम्रो जान्छ । एउटा प्लेन दुर्घटना भयो भन्दैमा भोलिदेखि प्लेनै उड्नै नदिने, बस खोलामा झर्यो बसै चल्न नदिने भन्ने जस्तो कुरा हुन्छ ? किन दुर्घटना भयो र यसपछि नदोहोरियोस् भन्ने कुरामा पो ध्यान दिने हो । दुर्घटना न्यूनीकरणको बाटो खोज्नु पर्यो ।