क्यान्सरका कारण अपुरो सैन्य सपना

क्यान्सरका कारण अपुरो सैन्य सपना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १२, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको आरकन्सस राज्यका ५ वर्षीय ओक्ले अक्सर टोय गन खेल्ने गर्थे । उनी टूलो भएपछि आफू सेनामा जाने कुरा बताउँथे र उनका खेलौना पनि सेनाका सामग्रीसँग मिल्दोजुल्दो थियो । 

हालै उनको क्यान्सरका कारण निधन भयो । उनको सैन्य सामग्री तथा सैन्य जीवन प्रतिको लगाव देखेर उनका परिवारजनले अमेरिकी सैनिकलाई सैनिक पोशाक सहित अन्तिम संस्कारमा भाग लिन अनुरोध गरेका छन् । 
सन् २०१५ मा उनलाई ‘न्यूरोब्लास्टोमा’ भएको पत्ता लाग्यो । त्यसबेला देखि उनको उपचार चालिरहेको थियो ।  

२०१७ जुनमा, उनको क्यान्सर ठीक भएको पनि थियो तर जुलाईमा भएको नियमित चेकजाँचको क्रममा उनको शरीरमा क्यान्सर फैलिएको पत्ता लागेको थियो । पछि उनको क्यन्सरका कारण मृत्यु भयो । 

उनको परिवार भन्छ, ‘ओक्लोले क्यान्सरसँग ११० प्रतिशत लँडाइ लडे, यो उनको जित हो ।’