रंग बदल्ने छेपारोको मूल्य १ करोड

रंग बदल्ने छेपारोको मूल्य १ करोड

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १२, २०७६

काठमाडौं, एजेन्सी । सामान्यतया हामी छेपारो देख्ने बित्तिकै ढुंगामुढा गरिहाल्छौं । छेपारोलाई भगाउने वा मार्ने हाम्रो कोशिश रहन्छ । तर, यही छेपारोको मूल्य करोड रुपैयाँ पर्छ भन्दा पत्याउन मुश्किल पर्छ । 

करोड रुपैयाँ मूल्य पर्ने यस छेपारोको नाम ‘टोके ग्योको’ हो । यो सरिसृप प्रजाति अन्र्तगत पर्छ । ग्योको जातिको यो छेपारोको प्रजातिको नाम भने टोके ग्योको हो । 

भारत हुँदै बंगलादेशको बाटो भएर अन्तराष्ट्रिय बजारमा पुगेपछि यी छेपारोको मूल्य १ करोड रुपैयाँ पर्छ । पुलिसको बयानमा भारतीय तस्कर अतिउल्लाहले  आफूले विगत दुई वर्ष देखि यस प्रकारको तस्करी गर्दै आएको बताए । 

यस प्रकारको छेपारो सबैभन्दा धेरै एशिया तथा प्यासिफक आइल्याण्डमा पाइन्छ ।  भुटान, नेपाल, बंगलादेश, फिलिपिन्स तथा इन्डोनेशियामा पनि यस प्रकारको छेपारो पाइन्छ । 

यो ३५ सेन्टिमिटर लामो तथा लाम्चो आकारको हुन्छ । यसको तल्लो भाग समतल हुने गर्छ । 

यसको तस्करी तथा व्यापार हुनुको प्रमुख कारण भने यसलाई सौभाग्य तथा समृद्धिको प्रतिक मानिन्छ भने औषधि बनाउनमा पनि यसको प्रयोग हुन्छ । यसले मृगौला तथा फोक्सो बलियो बनाउँछ भन्ने मान्यता छ । यसको तेल सुन्दर रहनका लागि मानिसहरु मुहारमा लगाउने गर्छन । तर, विज्ञानले यसको औषधिय उपयोगको बारेमा आजसम्म पुष्टि गरेको छैन् ।  

चिनमा यसको औषधिय द्रव पनि बनाइन्छ । 

फिलिपिन्समा यसको ज्यादा तस्करी भएका कारण यो लोप हुने खतरामा छ । यसको तस्करी गर्नेलाई फिलिपिन्स सरकारले १२ वर्ष सम्मको जेल सजाय तोकेको छ ।