34 कराेडकाे कचाैराे

34 कराेडकाे कचाैराे

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०७६

काठमाडौं, एजेन्सी । सामान्यतया आम मानिसका घरमा वर्षौं पुराना सामानहरु त्यसै थन्किएर बसेका हुन्छन् । तिनको मूल्यको ख्याल गरिएको हुँदैन् । 

यस्तै घटना स्वीट्जरल्याण्डका एक दम्पति माति घटेको छ । उनीहरुसँग भएको एउटा कचौराको मूल्यको बारेमा थाहा भएपछि झण्डै उनीहरुको होश उडेको थियो । 

उनीहरु एक पटक चीन घुम्न गएका बखत उक्त कचौरा खरिद गरेका थिए । खरिद गर्दा उनीहरुलाई यो कचौराको मूल्य यत्तिको होला भन्ने अनुमान थिएन न त बिक्री गर्ने मान्छेलाई यो कचौरा ४०० वर्ष पुरानो र १७ औं शताब्दीको भन्ने थाहा थियो । 

जब यो कचौराको बारेमा स्वीट्जरल्याण्डका लिलाम विशेषज्ञलाई थाहा भयो उनीहरुले यो ४०० वर्ष पुरानो र १७ औं शताब्दीको हो भन्ने पत्ता लगाए । जब यसलाई लिलामीको लागि राखियो चीनका एक खरिदकर्ता

यो कचौराका लागि ३४.५ करोड रुपैयाा तिर्न तयार भए । त्यसबखत मात्र यसको असली मूल्य र महत्वका बारे थाहा भयो ।