३ डी प्रिंटिंग प्रविधिको प्रयोग गरेर मंगलमा घर

३ डी प्रिंटिंग प्रविधिको प्रयोग गरेर मंगलमा घर

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको एक कंपनीले  ३ डी प्रिंटिंग प्रविधिको प्रयोग गरेर घर निर्माण गरेको छ । यस प्रकारको घरमा आगामी दिनमा मंगल ग्रहमा बसेको जस्तो अनुभव संगाल्न पाइनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ । 

न्युयोर्कको हडसन नदी नजिकैको  जंगलमा यस प्रकारका केही घरहरुको निर्माण कार्य पुरा भएको छ । चाँडै नै यस्ता घरहरु छुट्टी मनाउन आउने पर्यटकका लागि खुला गरिनेछ । यसबाट हुने कमाई अनुसन्धानमा लगाइने कम्पनीले जनाएको छ । 

रिपोर्टका अनुसार यदि यस्ता घरको डिजाइन सफल भएका खण्डमा यो प्रविधिको प्रयोग गरेर मंगल ग्रहमा आवासगृह निर्माण गरिनेछ । 

यो प्रविधिको प्रयोग गरेर घर बनाउने  कंपनी एआई स्पेस फैक्ट्रीलाई यस्ता अन्य कार्य गरेवापत नासाले पहिले पनि पुरस्कृत गरिसकेको छ ।

टेरा को निर्माण बायोपोलीमर बसाल्ट कम्पोजिट मेटेरियलबाट गरिएको हो । यो  मेटेरियल बनउनका लागि उखु तथा मकैको प्रयोग गरिएको छ । वैज्ञानिकले यसलाई मार्शियन पोलीमर नाम दिएका छन् । 

३ डी प्रिंटिंगद्वारा निर्मित यो घर नासाको परिक्षणमा कंक्रीट तथा स्टीलले बनेको घरको तुलनामा ५० प्रतिशत मजबुत पाइएको छ । सिंलि‌ंडर आकारका यी  घरमा एस्ट्रोनट्स, तेज हावा तथा  सोलर रेडिएशनबाट समेत बच्न सकिने जनाइएको छ । 

यी ‘टेरा’ घरमा वैज्ञानिकका लागि ल्याब देखि सुत्ने ठाउँ तथा फिटनेस एरियासम्म बनाउन सकिने बताइएको छ । पानीको आवश्यक्ता पुरा गर्नका लागि यी घरमा ५५०० लिटरको एक  सिलिंडर पनि जडान गरिने  छ । 

ट्रम्प प्रशासनले सन् २०३० सम्म मानवलाई मंगलमा लैजाने मिशन पुरा गर्नका लागि नासालाई जिम्मेवारी दिएको छ । यसका लागि मे २०१७ मा नासाका प्लानिंग एडमिनिस्ट्रेटर ग्रेग विलियम्सले चार तहको योजना पेश गरेका थिए । यसै योजना अन्तर्गत पहिलो तथा दोस्रो तहमा मंगलमा आवास गृह बनाउने योजना कार्यान्वयनका लागि प्रयास गरिने छ । 

त्यसपछि  मंगलमा डीप स्पेस व्हीकल्सका माध्यमबाट हार्डवेयर पुर्याउने काम गरिनेछ । २०२७ तिर मंगलमा जीवनको संभावना खोजि गरिनेछ । २०३० पछिमात्र तेस्रो तथा चौथो चरणको योजना शुरु हुनेछ जसमा एस्ट्रोनट्स मंगल ग्रहमा प्रक्षेपण गरिनेछ ।