लोकसंवाद संवाददाता | समाचार | असार १३, २०७६
काठमाडौ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीको रुपमा रहेकी स्टेफनी ग्रीषम अब व्हाइट हाउसको नयाँ प्रेस सेक्रेटरी हुने भएकी छन् । उनले एक जुलाई देखि कार्यभार सम्हाल्नेछिन ।
स्टेफनी हालै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको प्रवक्ताको रुपमा कार्यरत छिन् ।
हालको सेक्रेटरी सारा सैंडर्सले ३० जुनपछि लागु हुनेगरि राजिनामा दिएपछि स्टेफनीले एक जुलाई देखि कार्यभार सम्हाल्न लागेकी हुन् । वितेका तीन वर्षमा स्टेफनीले ट्रम्पको तेस्रो सेक्रेटरीको रुपमा कार्य गर्दैछिन् । पूर्व सेक्रेटरी सारा भने अर्कांसस राज्यबाट गर्भनरको उम्मेद्वार बन्ने सम्भावना छ ।
ट्रम्प की पत्नी मेलानियाले मंगलवार ट्वीट गर्दै भनेकी छन् ‘मलाई यो जानकारी गराउँदा सारै खुशि लागेको छ कि २०१५ देखि हामीसँग रहेकी स्टेफनी अब प्रेस सचिव तथा कम्यूनिकेशन डायरेक्टरको रुपमा हुनेछिन् । ट्रम्प तथा मेरो सोच छ कि देशको सेवाको लागि स्टेफनी उत्कुष्ट हुन् ।’
एरीजोना राज्य निवासी ४२ वर्षीय स्टेफनीले एक जुलाईदेखि सारा सैंडर्सको स्थान लिनेछिन् । स्टेफनीले २०१५–१६ मा ट्रम्पको प्रचार अभियानका लागि काम गरेकी थिइन् ।
ट्रम्प राष्ट्रपति बनेपछि स्टेफनी व्हाइट हाउसको डेपुटि प्रेस सचिवमा नियुक्त भइन् । त्यसपछि उनलाई मेलानियाको प्रवक्ता बनाइयो ।
स्टेफनी व्हाइट हाउसको कम्युनिकेशन डायरेक्टर, प्रेस सचिवका साथसाथै प्रथम महिला को प्रवक्ताको रुपमा पनि यथावत रहनेछिन् ।