सेल्फीका कारण ६ वर्षमा २५९ को मृत्यु

सेल्फीका कारण ६ वर्षमा २५९ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०७६

काठमाडौं, एजेन्सी । सेल्फीप्रतिको आकर्षण पछिल्लो समय मृत्युको कारण समेत बन्ने गरेको छ ।  जर्नल अफ फैमिली मेडिसिन एंड प्राइमरी केयरमा प्रकाशित रिपोर्टका अनुसार अक्टोबर २०११ – २०१७ सम्म ६ वर्षको दौरानमा सेल्फी खिच्दै गर्दा २५९ जनाको मृत्यु भएको छ ।

यसमा सबैभन्दा धेरै १५९ जनाको मृत्यु भारतमा भएको छ । त्यसपछि मृत्यु हुने देशमा रूस, अमेरिका तथा पाकिस्तान छन् । 

भारतमा अधिकांश मृत्यु ताल, नदी तथा समुद्रमा सेल्फी खिच्ने क्रममा डुबेर हुने गरेको छ । त्यसपछि गुडिरहेको रेल तथा हिंस्रक जनावरका साथ हुने गरेको सेल्फीका कारण बढी मृत्यु भएको रिर्पोटमा जनाइएको छ । विदेशमा भने अग्ला भवन तथा  जंगली जानवरका साथ हुने गरेको सेल्फीका कारण बढी ज्यान जाने गरेको छ । 

दोस्रो स्थानमा रहेको रुसमा १६ तथा तेस्रो स्थानमा रहेको अमेरीकामा १४ जनाको मृत्यु भएको छ । यहाँ सबैले अग्लो भवनमा सेल्फी लिन खोज्दा मृत्यु भएको हो । शोधकर्ताका अनुसार मृत्यु हनेमा २० देखि २९ वर्ष समूहका ५० प्रतिशत रहेका छन् ।  

सेल्फीका कारण भएका मृत्यु 

  1. भारत                १५९ 
  2. रूस                  १६ 
  3. अमेरिका            १४ 
  4. पाकिस्तान         १३ 
  5. क्रोएशिया           ११