लोकसंवाद संवाददाता | समाचार | असार १८, २०७६
काठमाडौं, एजेन्सी । आफ्ना दुई साधिका तथा हत्या ममिलामा जेल सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले यसअघि दुईपटक पेरोलका लागि गरेको अनुरोध जेल प्रशासनले अस्वीकार गरेपछि उनले यसपटक भने आफ्नो निवेदन नै फिर्ता लिएका छन् ।
यस अघि २०१८ मा बाबाले डेरा सच्चा सौदाको आफूले गोद लिएकी छोरीको बिहेमा जानका लागि पनि पेरोलका लागि निवेदन दिएका थिए तर पछि उनले उक्त निवेदन फिर्ता लिएका थिए ।
गुरमीत राम रहीमले १८ जुनमा जेल प्रशासनसँग ४२ दिनको पेरोलका लागि निवेदन दिएका थिए । जुन पेरोलको कारण खेती बताइएको थियो त्यो खेत राम रहीमका नाममा नभएर डेरा सच्चा सौदा ट्रस्टको नाममा भएकोले पनि उनले पेरोल पाएनन् ।
जेल प्रशासनले राम रहीमको आचरण राम्रो भएको कारण पेरोल पाउने चर्चा थियो । राज्यको जेल मंत्री कृष्णपाल गुर्जर तथा स्वास्थ्य मंत्री अनिल विजको बयानले पनि राम रहीमलाई पेरोल पाउने आशा जागेको थियो ।
यस मामिलामा मुख्यमंत्री मनोहर लालले पनि कानूनी प्रावधान बमोजिम गरिने बताए । तर, पत्रकार रामचंद्र छत्रपतिका छोराले राम रहीम आफ्नो र परिवारका लागि खतरा भएकोले यदि पेरोल दिने निर्णय गरेका खण्डमा आफू हाइकोर्ट जाने बताएका थिए ।