धनीको दान

धनीको दान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७६

काठमाडौं, एजेन्सी । विश्वका तेस्रो सर्वाधिक धनी वारेन बफेटले आफ्नो कम्पनी वर्कशायर हेथवेको ३.६ अरब डलर (२४८४० करोड़ रुपैयाँ) बराबरको १.६८ करोड शेयर दान गर्ने भएका छन् । 

उक्त शेयर बिल एंड मिलिंडा गेट्स फाउंडेशन, सुसान थम्पसन बफेट फाउंडेशन, शेरवुड फाउंडेशन, हावर्ड जी बफेट फाउंडेशन तथा नोवो फाउंडेशनलाई  दिइने जनाइएको छ ।

बफेटको कंपनी वर्कशायरले १ जुलाइमा यो जानकारी दिएको हो ।  

बफेटले २००६ मा आफूले हरेक वर्ष परोपकारका लागि शेयर दान गर्ने घोषणा गरेका थिए । उक्त वर्ष उनले १.५ अरब डलर बराबरको शेयर दान गरेका थिए ।

अहिले गरेको दान पनि उनको पहिलेको घोषणाकै अंश हो । वर्कशायर हेथवेका अनुसार बफेटले अहिलेसम्म कम्पनीको आफ्नो शेयर बेचेका छैनन् । 

वर्कशायरमा सन् २००६मा उनको जति शेयर थियो त्यसको ४५ प्रतिशत  पांच फाउंडेशंसलाई दान गरिसकेका छन् । उनले अहिलेसम्म दान गरेको शेयरको मूल्य ३४ अरब डलर हुन आउँछ । 

पछिल्लो साता वालमार्टका उत्तराधिकारी जिम वाल्टनले १.२ अरब डलर बराबरको शेयर दान गर्ने घोषणा गरेका थिए । होम डिपोट कंपनीका को–फाउंडर बर्नी मारकसले पनि ४.५ अरब डलर दान गर्ने घोषणा गरेका छन् । 

अमेरिकामा आर्थिक असमानता तथा असमान आयलाई कसरी समान वितरण गर्ने भन्ने बारेमा बहस पनि चलेको छ । यसमा धनीहरुको सम्पत्तिको कसरी प्रयोग गर्ने भन्ने बारेमा पनि कुरा उठ्न थालेको छ । 
समाजसेवी तथा लगानीकर्ता जर्ज सारोस तथा  फेसबुकका  को–फाउंडर क्रिस हग्सले स्वास्थ्य सेवा तथा  जलवायु परिवर्तनसँग समस्या हल गर्नका लागि संपत्ति कर (वेल्थ ट्याक्स) लगाउनु पर्ने बारेमा  मुद्दा उठाएका थिए ।