फ्रांसमा रेकर्ड तापक्रम

फ्रांसमा रेकर्ड तापक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७६

काठमाण्डौं, एजेन्सी । कुनै बेलाको चिसो युरोपमा यसपटक भने गर्मी बढेको बढ्यै छ । 

फ्रांसको विल्लेवीइलेमा गत शुक्रवार तापक्रम ४५.१ डिग्री सेल्सियस मापन गरियो । यो फ्रांसको  के इतिहासमा मापन गरिएको अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम हो ।

यसभन्दा अघि  अगस्ट २००३ मा फ्रांसमा सर्वाधिक तापमान ४४.१ डिग्री मापन गरिएको थियो । 

गर्मीले तातेका मानिसलाई राहत दिनका लागि फ्रांसका सडकमा पानीका फोहोरा छोडिएको छ । 

सन् २००३ मा भीषण गर्मीका कारण फ्रांसमा १५ हजार मान्छेको मृत्यु भएको थियो । 

मौसम विभागले  गर्मी अझ बढ्ने संभावना रहेको बताएको छ । तातो हावाका कारण  स्पेनमा दुई जनाको मृत्यु भएको छ । 

युरोपीय मौसम विभागका अनुसार बुल्गेरिया, पोर्चुगल, इटली, स्पेन, ग्रीस तथा  उत्तर मेसेडोनिया पछि फ्रांस युरोपको सातौं देश हो जहाँ तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ ।