लोकसंवाद संवाददाता | समाचार | असार १८, २०७६
काठमाडौं, एजेन्सी । अलास्कामा तातो हावाका कारण वरफ पग्लन थालेको छ जसका कारण नदीको जलस्तर पनि बढेको छ, भने ५ जुनमा स्वानलेनको जंगलमा लागेको आगो फैलिएर ६८ हजार एकडमा फैलिएका कारण मानिसको जीवन कष्टकर बनेको छ । प्रशासनले बिरामी तथा वृद्धलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
नेशनल वेदर सर्विसले अलास्कास्थित एंकोरेजमा मानिसहरुलाई घरबाट बाहिर ननिस्कन भनेको छ । अलास्काको ४० प्रतिशत आवादी एंकोरेजमै छ । उत्तरी इलाकास्थित फेयरबैंक्समा दमकलका लागि दुई एकड़ जगह खाली गरिएको छ । शोवल क्रीकमा लागेको आगोका कारण मानिसहरुलाई चाँडो भन्दा चाँडो उक्त स्थान खाली गर्न भनिएको छ ।
दमकल कर्मचारीका अनुसार जंगलको ३५४ स्थानमा आगो लागेको छ । आगोले केनाई नेशनल वाइल्ड लाइफ, डेनाली नेशनल पार्क तथा आर्कटिक नेशनल वाइल्ड लाइफमा धेरै नोक्सान पुर्याएको छ ।
पर्यावरणविद रिक थोमैनका अनुसार तातो हावाका कारण अलास्कामा जीउन गार्हो भएको छ । एंकोरेजमा पछिल्लो महिना अत्यधिक गर्मी भयो भने अहिले वरफ पग्लन शुरु भएको छ । अहिले जंगलमा लागेको डढेलोले अवस्था झनै दयनिय बनाएको छ ।