लोकसंवाद संवाददाता | समाचार | असार १८, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको मिनेसोटास्थित २५ वर्षीय औड्रा बीयरको दावी छ कि उनले अन्नको एक दाना पनि नखाई ९७ दिनदेखि उपवास बसिरहेकी छन् ।
उनको दावी छ कि यो ९७ दिनको उपवासमा उनले जीवित रहनका लागि प्रकृतिबाट शक्ति लिइरहेकी छन् ।
उनको भनाई छ प्राण वायुका माध्यमबाट उनले आफूलाई जीवित राखेकी छन् ।
उनी आफूलाई ब्रेदरियन भन्छिन् । ब्रेदरियन तिनलाई भनिन्छ जसले जीवित रहनका लागि आफूलाई भोजनको आवश्यकता नपर्ने बताउँछन् ।
डक्टर भने अहिले भनिएका ब्रेदरियनको डाइट प्लानले खतरा निम्त्याउने बताई रहेका छन् । तर उनीहरु यो नै ठिक भएको दावी गर्छन् ।
उनीहरुका अनुसार उनीहरुले धेरै वर्षमा धेरै प्रकारका डाइट प्लान अपनाए । कुनै समय भेगन, शाकाहारी तथा र भेगन डाइट प्लान पनि उनीहरुले अपनाए ।
औड्रा भन्छिन्, ‘यो जीवनशैलीमा व्यक्ति जीवित हुनका लागि श्वासको माध्यमबाट वरपर रहेको प्रकृतिबाट शक्ति (इनर्जी) लिने गर्छन् ।’
औड्रा दिनमा करीब ३ घंटा आफ्नो श्वासमा ध्यान लगाउँछिन् भने चिया तथा जुस खाएर अन्न नखाई बस्छिन् ।