मानहानी केसमा राहुललाई जमानत

मानहानी केसमा राहुललाई जमानत

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७६

काठमाडौं, एजेन्सी । पत्रकार गौरी लंकेशको हत्यासँग जोडिएको मानहानि केसमा राहुल गांधीलाई मुंबईको शिवड़ी कोर्टले १५००० रुपैयाँको मुचुल्कामा जमानत दिएको छ ।

राष्ट्रिय स्वयंसेवक संघका  कार्यकर्ता ध्रुतीमान जोशीको आरोप छ कि  राहुल गान्धीले गौरी लंकेशको हत्याको २४ घण्टाभित्र जसले संघ तथा भाजपाको विचारधारा विरुद्ध आवाज उठाउँछ उसमाथि या त हमला हुन्छ या हत्या गरिन्छ भनेका थिए त्यस्तै माकपाका महासचिव सीताराम येचुरीले आरएसएस विचारधाराका मानिसले गौरी लंकेशको हत्या गरेका हुन् भनि भनेका थिए । 

यसै विषयलाई लिएर संघ कार्यकर्ता जोशीले युपीए अध्यक्ष सोनिया गांधी,  माकपा तथा महासचिव सीताराम येचुरीका विरुद्ध पनि उजुरी गरेका थिए । उजुरी पश्चात मझगांव मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले राहुल तथा येचुरीका विरुद्ध समन जारी गरेको थियो भने सोनिया तथा माकपा विरुद्धको उजुरी खारेज गरेको थियो । 

५ सेप्टेम्बर २०१७ मा बेंगलोरमा मोटरसाइकलमा आएका व्यक्तिले  गौरी लंकेशको गोलि हानी हत्या गरेका थिए ।  

राष्ट्रिय स्वयंसेवक संघका विरुद्ध भएको बयानबाजीलाई लिएर महाराष्ट्रमा राहुल गांधीका विरुद्ध यो दोस्रो मानहानिको केस हो ।

२०१७ मा एउटा चुनावी र्यालीमा राहुलले राष्ट्रपिता महात्मा गांधीको हत्याको जिम्मेवार राष्ट्रिय स्वयंसेवक संघ हो भनेपछि त्यसका विरुद्ध  संघका कार्यकर्ता राजेश कुंतेले  मानहानिको केस दायर गरेका थिए । 

सबै चोरको थर मोदीनै किन हुन्छ भन्ने भनाईका विरुद्ध बिहारका उपमुख्यमंत्री सुशील मोदीले राहुल गांधीका विरुद्ध मानहानि दायर गरेका छन् । यो मामिलामा राहुलले ६ जुलाईमा पटना कोर्टमा हाजिर हुनुपर्ने छ ।

यसका अलावा मानहानीको अन्य अलग अलग केसमा उनले ९ तथा १२ जुलाईमा  अहमदाबाद तथा २४ तारीखमा  सुरतको कोर्टमा पेश हुनु पर्नेछ ।