बाबुहरि ज्ञवाली | जीवनदर्शन | असार २८, २०७६
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२
भावार्थ – देवताहरू यज्ञबाट संबर्धित भएका हुँदा तिमीहरूलाई मनोवाञ्छित भोग्य सामग्रीहरू प्रदान गर्नेछन् । देवताहरूले दिएका भोग्य सामग्रीहरू देवताहरूलाई अर्पण नगरिकन जसले स्वयं भोग गर्दछ, त्यो वास्तवमा चोर हो ।
विशिष्टार्थ – भावना दुई प्रकारको हुन्छ – स्वाभाविक र कौशलिक । पहिलो – साधना रहित अवस्थामा सर्वशरीरमा भित्र बाहिर स्वतः हुन्छ । दोस्रो कौशलिक, जुन साधनामा हुन्छ । पूर्व श्लोकको विशिष्टार्थमा यही कौशलिक 'भावना. को कुरा बताइएको छ । प्रत्येक जीवले नै कर्मफल भोग गर्दछ, हृदय–देशमा अधिष्ठित देवगण नै जीवलाई त्यो कर्मफल दिने विधाता हुन् । स्वाभाविक निश्वास प्रश्वासादिका जुन क्रियाहरू शरीरमा चलिरहन्छन् ती सबै ती देवगणहरूद्वारा नै चालित एक अलौकिक नियमद्वारा आबद्ध छन् । अतः जीवले चाहे कौशल अवलम्बन गरोस् या स्वभावको वशमा रहोस्, इच्छाले होस् या अनिच्छाले, शरीर क्रिया सम्पन्न गर्नका लागि अज्ञातरूपमा देवताहरुको नै भावना हुन्छ । किन्तु जीव स्वभाव वश अनिच्छामा जे हुन्छ त्यसमा विशुद्ध इष्टभोग लाभ हुँदैन, किन कि अभावको लागि अशान्ति रहिरहन्छ । (विशुद्ध इष्ट भोग – साधन फलबाट जुन सबै विभूतिहरू प्राप्त हुन्छन् ती सबै विशुद्ध इष्ट–भोग हुँदैनन्, किन कि तिनीहरूको भोगबाट संसारमा आवद्ध हुनु पर्दछ । ती सबै विभूतिहरूलाई ग्रहण नगरेर विषयाधिकार पार गरेपछि जुन वस्तुको लाभ हुन्छ त्यही नैविशुद्ध इष्ट भोग हो । त्यसबाट कहिल्यै विच्युत हुनु पर्दैन) त्यो अभावको अशान्ति हटाउनकै लागि इच्छापूर्वक कौशलको अवलम्बन गर्नु पर्दछ । कौशलको अवलम्बन गर्नाले मन, प्राण तथा शरीरज सुधा प्रतिकमलमा प्राण विन्यासका साथ साथै देवताहरूलाई अर्पण हुन्छ । यसरी विशुद्ध इष्ट भोग जुन ब्रम्हानन्द हो त्यही लाभ हुन्छ । जसले कौशलको अवलम्बन गर्दैनन् उनीहरूको मन, प्राण तथा शरीरज सुधा जीव स्वभाववश विषयाभिमुख तिर प्रवाहित भएर प्रत्येक क्षण शरीर सुखमा क्षय भएर जान्छ, देवगणहरूको पोषण गर्दैन । वस्तुतः शरीर क्रिया वैश्वानरादि देवगणहरूद्वारा नै चालित प्राण प्रवाह सुधा ती देवगणहरूद्वारा नै प्रदत हुन् , त्यसकारण ती सबै उनै देवताहरूका द्रव्य हुन् । अतएव कौशलद्वारा ती सबै चीज ती सबै देवताहरूलाई अर्पण नगरेर शरीर सुखमा विषय भोगका लागि खर्च गर्नाले वास्तवमा चोर हुनु पर्दछ । यसमा इष्ट साधन हुँदैन । (१० औं श्लोकको अर्ध देखि १२ औं श्लोक सम्म प्रजापति वाक्य हो) ।
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः ।
भुञ्जन्ते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।। १३ ।।
प्राणायाम नै यज्ञ हो
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२
भावार्थ – देवताहरू यज्ञबाट संबर्धित भएका हुँदा तिमीहरूलाई मनोवाञ्छित भोग्य सामग्रीहरू प्रदान गर्नेछन् । देवताहरूले दिएका भोग्य सामग्रीहरू देवताहरूलाई अर्पण नगरिकन जसले स्वयं भोग गर्दछ, त्यो वास्तवमा चोर हो ।
विशिष्टार्थ – भावना दुई प्रकारको हुन्छ – स्वाभाविक र कौशलिक । पहिलो – साधना रहित अवस्थामा सर्वशरीरमा भित्र बाहिर स्वतः हुन्छ । दोस्रो कौशलिक, जुन साधनामा हुन्छ । पूर्व श्लोकको विशिष्टार्थमा यही कौशलिक ”भावना” को कुरा बताइएको छ । प्रत्येक जीवले नै कर्मफल भोग गर्दछ, हृदय–देशमा अधिष्ठित देवगण नै जीवलाई त्यो कर्मफल दिने विधाता हुन् । स्वाभाविक निश्वास प्रश्वासादिका जुन क्रियाहरू शरीरमा चलिरहन्छन् ती सबै ती देवगणहरूद्वारा नै चालित एक अलौकिक नियमद्वारा आबद्ध छन् । अतः जीवले चाहे कौशल अवलम्बन गरोस् या स्वभावको वशमा रहोस्, इच्छाले होस् या अनिच्छाले, शरीर क्रिया सम्पन्न गर्नका लागि अज्ञातरूपमा देवताहरुको नै ”भावना” हुन्छ । किन्तु जीव स्वभाव वश अनिच्छामा जे हुन्छ त्यसमा विशुद्ध इष्टभोग लाभ हुँदैन, किन कि अभावको लागि अशान्ति रहिरहन्छ । (विशुद्ध इष्ट भोग – साधन फलबाट जुन सबै विभूतिहरू प्राप्त हुन्छन् ती सबै विशुद्ध इष्ट–भोग हुँदैनन्, किन कि तिनीहरूको भोगबाट संसारमा आवद्ध हुनु पर्दछ । ती सबै विभूतिहरूलाई ग्रहण नगरेर विषयाधिकार पार गरेपछि जुन वस्तुको लाभ हुन्छ त्यही नैविशुद्ध इष्ट भोग हो । त्यसबाट कहिल्यै विच्युत हुनु पर्दैन) त्यो अभावको अशान्ति हटाउनकै लागि इच्छापूर्वक कौशलको अवलम्बन गर्नु पर्दछ । कौशलको अवलम्बन गर्नाले मन, प्राण तथा शरीरज सुधा प्रतिकमलमा प्राण विन्यासका साथ साथै देवताहरूलाई अर्पण हुन्छ । यसरी विशुद्ध इष्ट भोग जुन ब्रम्हानन्द हो त्यही लाभ हुन्छ । जसले कौशलको अवलम्बन गर्दैनन् उनीहरूको मन, प्राण तथा शरीरज सुधा जीव स्वभाववश विषयाभिमुख तिर प्रवाहित भएर प्रत्येक क्षण शरीर सुखमा क्षय भएर जान्छ, देवगणहरूको पोषण गर्दैन । वस्तुतः शरीर क्रिया वैश्वानरादि देवगणहरूद्वारा नै चालित प्राण प्रवाह सुधा ती देवगणहरूद्वारा नै प्रदत हुन् , त्यसकारण ती सबै उनै देवताहरूका द्रव्य हुन् । अतएव कौशलद्वारा ती सबै चीज ती सबै देवताहरूलाई अर्पण नगरेर शरीर सुखमा विषय भोगका लागि खर्च गर्नाले वास्तवमा चोर हुनु पर्दछ । यसमा इष्ट साधन हुँदैन । (१० औं श्लोकको अर्ध देखि १२ औं श्लोक सम्म प्रजापति वाक्य हो) ।
जुन पुरुषहरू आत्मकारणमा अर्थात् भोग सुखका लागि कामना परायण बनेर अन्न, जल, वायु आदि पेटमा प्रवेश गराउँछन् तिनीहरू पापाचारी हुन् ।
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः ।
भुञ्जन्ते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।। १३ ।।
भावार्थ – यज्ञशेषभोजी साधुहरू सम्पूर्ण पापबाट मुक्त हुन्छन्, किन्तु जुन मानिसहरू आप्mनो लागि कर्म गर्छन् त्यस्ता पापाचारी मानिसहरू पापलाई नै भक्षण गर्दछन् ।
विशिष्टार्थ – प्राणायाम नै यज्ञ हो र प्राण स्थिर हुनु नै यज्ञशेष हो । त्यही शेषभागलाई जसले भोजन गर्दछन् अर्थात् जसले प्राण वायुलाई स्थिर गरेर शरीरभित्र धारण (कुम्भक) गर्दछन् तिनै पुरुषहरू यज्ञशेष भोजी हुन् । ती साधकहरू कुम्भकद्वारा प्राणरोध गरेर यज्ञशेषभोजी एवं सन्त अर्थात् सत् सत्वमा एकाग्रमनले प्रवेश गर्न तन्मय भएका हुन्छन्, ती सबै साधक प्राकृतिक चंचलताबाट परै रहेर मुक्त हुन्छन् । किन्तु जुन पुरुषहरू आत्मकारणमा अर्थात् भोग सुखका लागि कामना परायण बनेर अन्न, जल, वायु आदि पेटमा प्रवेश गराउँछन् तिनीहरू पापाचारी हुन् । ती सबैका शरीरमा अघ (मनको चंचलता) नै रहन्छ, स्थिरता आउँदैन ।
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसंभवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।। १४ ।।
कर्म ब्रम्होद्भवं विद्धि ब्रम्हाक्षरसमुद्भवम् ।
तस्मात् सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ।। १५ ।।
भावार्थ – समस्त प्राणी अन्नबाट उत्पन्न हुन्छन्, अन्नको उत्पत्ति वृष्टिबाट हुन्छ, यज्ञद्वारा वृष्टि हुन्छ, यज्ञ विहित कर्मद्वारा उत्पन्न हुन्छ, कर्म ब्रह्मबाट उत्पन्न हुन्छ र ब्रह्मलाई अक्षरबाट उत्पन्न जान । त्यसकारण ब्रह्म सर्वगत तथा यज्ञमा नित्य प्रतिष्ठित छ ।
विशिष्टार्थ – क्षर भन्दा माथि जो छ उही अक्षर अर्थात् कूटस्थ अव्यय हो । जसमा तथा जसद्वारा विश्व प्रपञ्च व्यक्त छ उसको दर्शन स्थान अज्ञान चक्र हो । यस अज्ञान चक्रमा तै ”एकस्थं सचराचरं कृत्स्नं जगत्” प्रत्यक्ष हुन्छ, त्यसकारण श्री गुरुदेवले यहाँ नै लक्ष्य स्थिर गर्ने आज्ञा गर्नु हुन्छ, अतः अज्ञानचक्रलाई आज्ञाचक्र पनि भन्दछन् । यस अक्षरबाट नै ब्रह्मको उत्पत्ति हुन्छ जसलाई शब्द ब्रह्म वा प्रणव ॐ भन्दछन् अर्थात् आकाश तत्व वा व्योमः यसको स्थान विशुद्धचक्र हो । शब्द ब्रह्मबाट नै कार्य ब्रह्म (प्राण अर्थात् वायु तत्व) को उत्पत्ति हुन्छ । प्राण नै कर्म हो जसलाई कर्मरूपा महामाया भन्दछन््, जसको अस्तित्वले नै विश्व संसारमा कर्तृत्वको विकास भएको छ, यसको स्थान अनाहत चक्र हो । त्यस प्राणरूप कर्मद्वारा नै यज्ञ अर्थात् त्याग–ग्रहण क्रियाको उत्पत्ति हुन्छ । एउटैमात्र तेजको सहायताले संसारको ग्रहण–त्याग, आकर्षण–विकर्षण इत्यादि क्रियाहरू सम्पन्न हुन्छन्, यसकारण तेज नै यज्ञ हो, यसको स्थान मणिपुर चक्र हो । तेजको क्रियारूप यज्ञबाट रसतत्व उत्पन्न हुन्छ, जुन सतत निम्नग हुन्छ र यसले पर्जन्य नाम पाएको छ, यसको स्थान स्वाधिष्ठान चक्र हो । रसतत्वबाट पृथ्वी तत्वको सृष्टि भएको छ, यो पृथ्वी नै अन्न हो, किन कि यही नै आधार हो, त्यसैले यसको नाम मूलाधार र स्थान पनि मूलाधार चक्र हो । यस अन्नरूप मूलाधारबाट नै भूत अर्थात् प्राणीको उत्पत्ति हुन्छ । मृदंशको आवरणमा प्राण प्रवेश गर्नाले नै प्राणी सृष्ट (उत्पन्न) हुन्छ, त्यसैले ”अन्नाद्भवन्ति भूतानि” भनिएको हो । यो जुन अक्षर देखि प्राणी पर्यन्त जुन सृष्टि प्रकरण व्यक्त भयो यी सबै एकबाट उत्पन्न भएर पनि विकारज भनेर परस्पर पृथक् छन् किन्तु यी सबैमा एक साधारण सम्पत्ति छ त्यो हो शब्द ब्रह्म वा ॐ ।
(मूल श्लोकमा साधन मार्गमा निवृत्तिक्रम देखाउनका लागि कार्यबाट आरम्भ गरेर शेषकारण देखाइयो, किन्तु यहाँ बुझाउन सुविधा होस् भनेर कारणबाट आरम्भ गरेर सृष्टि प्रकरण अनुसार कार्य विस्तार देखाइएको छ ।)
आकाशको शब्दगुण– वायु, तेज, जल, मृत् यी सबैमा छ किन्तु वायुको स्पर्श तेजको रूप, जलको रस, मृत्को गन्ध व्योममा व्यक्त छैन । पुनश्च – व्योमको शब्द वा शब्द ब्रह्मको सहायताले ”अक्षर” तथा ”उत्तम” गतिको प्राप्ति हुन्छ ।
”ध्वनेरन्तर्गतं ज्योति ज्र्योतेरन्तर्गतं मनः ।
तन्मनो विलयं याति तद्विष्णोः परमं पदम् ।।”
त्यसकारण यो शब्दरूप ब्रह्म सर्वगत छ । फेरि यो यज्ञमा नित्य प्रतिष्ठित छ, किन कि मणिपुरस्थ तेजको प्रभावले जुन वायु प्रवाह चलिरहन्छ त्यसको आघातले सर्व स्थानबाट नै सर्वदा एक मुखबन्ध भूलोकभित्र वायु प्रवेशको शब्द जस्तो कम या वेशी शब्द निरन्तर भइरहन्छ, रोकिदैन । मन बाहिर रहन्छ, त्यसैले त्यो शब्द सुनिदैन । किन्तु मनलाई भित्र लैजानाले जति जति एकाग्रता बढ्दै जान्छ त्यति त्यति नै त्यो शब्द पनि स्पष्ट अरू स्पष्ट हुँदै सुन्न सकिने हुन्छ । साधारणतः कानलाई बन्द गर्दा भित्रबाट जुन एक तुमुल शब्द सुनिन्छ त्यही शब्द प्राण निर्धोष हो । त्यसको व्यञ्जन त्याग अवस्था नै प्रणव हो । यस प्रणवको बिराम हुँदैन, त्यसैले प्रणव नित्य छ ।
यी दुई श्लोकहरूको ”अन्नाद्भवन्ति देखि समुद्भवम्” सम्म यी छ चरणहरुको रचना कौशल प्रति लक्ष्य गरेर हेर्दा पहिला तीन चरणहरूको लक्ष्य कारण देखि कार्यसम्म र पछिल्ला तीन चरणहरूको लक्ष्य कार्य देखि कारणसम्म रहेको पाइन्छ । यज्ञ वा मणिपुरस्थ तेजस तत्व नै यी भिन्न क्रमहरूको संयोग स्थल हो । यस प्रकारको रचना गर्नुको उद्देश्य हो – साधकले जबसम्म मणिपुर चक्र पार गर्दैन तबसम्म ऊ विषयरूपी तमको आकर्षणमा परेर अधः कार्यमुखी हुन्छ, मणिपुर पार गर्नासाथ तत्क्षणात् अवैषयिक तमको आकर्षणले माथितिर कारणमुखमा उठिरहन्छ । यसको कारण हो – मणिपुर चक्र तलका पीठहरूमा रजोगुणको अधिकताले चंचलतामा कार्य विस्तार भइरहन्छ तथा त्यस भन्दा माथिका पीठहरूमा सत्वको अधिकताले चंचलताको अभावका कारण कार्य लय भएर मूल कारणको विकास भइरहन्छ । सत्वको तुलनामा रजोको अल्पाधिक तारतम्यले शरीररूप क्षेत्रका दुई भाग – धर्मक्षेत्र र कुरुक्षेत्रलाई पनि अर्थात् साधनमार्ग षट्चक्रलाई पनि दुई अंशमा विभाग गर्न सकिन्छ । मूलाधारदेखि मणिपुरसम्म रज अर्थात् चंचलता (कर्म) को अधिकताले यसलाई कुरुक्षेत्र (कर्मक्षेत्र) र मणिपुरदेखि आज्ञा पर्यन्त सत्व अर्थात् स्थिर प्रकाश (धर्म) को अधिकताले यसलाई धर्मक्षेत्र भन्न सकिन्छ । त्यसै हुनाले मणिपुरदेखि तल कर्मको प्रधानता हेतु कार्य विस्तार र माथि धर्मको प्रधानता हेतु मूल कारणमा कार्यको लय लक्ष्य गराइएको छ । १४। १५ ।।
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।। १६ ।।
भावार्थ – हे पार्थ ! जुन पुरुषले यस लोकमा यस प्रकार व्यस्थित सृष्टि चक्रको अनुकूल आप्mनो कर्तव्यको पालन गर्दैन, त्यो अघायु, इन्द्रियाराम तथा वृथाजीवनधारी हुन्छ ।
विशिष्टार्थ– यो जुन चक्र प्रवर्तित भएको छ ती हुन् – पहिलो — आज्ञा, दोस्रो – विशुद्ध, तेस्रो – अनाहत, चौथो – मणिपुर, पाँचौ – स्वाधिष्ठान तथा छैठौं – मूलाधार । यी सबैका पछिल्ला पहिलोबाट उत्पन्न हुन्छन् । (यहाँ सहस्रार सबैभन्दा माथि छ तापनि त्यो रजोविहीन क्षेत्र हो, यहां क्रिया विहीन केवल स्थिर प्रकाश विद्यमान छ । सृष्टि यज्ञमा आज्ञाबाट नै प्रथम रजोको विकास हुन्छ, त्यसैले आज्ञा पहिलो छ ।) चैतन्य पनि त्यस्तै पहिलोबाट दोस्रोमा, दोस्रोबाट तेस्रोमा एवं रीतले ओर्लदै ओर्लदै अन्तमा मूलाधारबाट बाहिर आएर भूतरूप लिन्छ । उसले यदि सत् सत्वमा फेरि पुग्नु छ भने जुन बाटो हुँदै ओर्लेर जीवधारी (मानव) बनेको थियो त्यही बाटो हुँदै (ऊध्र्व गतिमा) फर्कनु पर्दछ अर्थात् उसले पहिले मूलाधारमा प्रवेश गरेर त्यहांबाट स्वाधिष्ठान, त्यसपछि मणिपुर यसो गर्दै गर्दै आज्ञामा जानु पर्दछ । यही उल्टो गतिको नाम अनुवर्तन हो । यो अनुवर्तन जसले गर्दैन त्यो अघायु हो अर्थात् उसलाई विषयभित्र रहेर चंचलताको आडोलमा आयु क्षय गर्नु पर्दछ । उसले शान्ति पाउंदैन, त्यो इन्द्रियाराम अर्थात् इन्द्रियाहरूबाट उत्पन्न जुन अनित्य आराम (रमणाशक्ति) हो त्यसैको भोग गर्दछ, आत्माको विमल आनन्द प्राप्त गरेर आत्माराम हुन सक्दैन । त्यस्तो व्यक्ति मोघं जीवति अर्थात् उसले व्यर्थको जीवन धारण गर्दछ, किन कि विषय अनित्य छ, उसले जसको अवलम्बन गर्दछ त्यही क्षयमा प्राप्त हुन्छ । त्यसैले एकको क्षयमा अर्को, अर्कोको क्षयमा अर्को गर्दै गर्दै एक विषयबाट अर्को विषयमा दौडिरहनु पर्दछ । ऊ जसको निमित दौडन्छ त्यसबाट उसले अक्षय आनन्द पाउंदैन त्यसैकारण उसले धिक्कारको जीवन बहन गर्दै काल व्यतित गर्दछ ।
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः ।
आत्मन्येव च सन्तुष्ट स्तस्य कार्यं नविद्यते ।। १७
भावार्थ – परन्तु जुन व्यक्तिले आत्मामा नै आनन्द लिन्छ तथा आत्मामा नै तृप्त तथा आत्मामा नै सन्तुष्ट छ उसको लागि कुनै कर्तव्य रहदैन ।
विशिष्टार्थ – कार्य के हो ? मन जब इन्द्रियहरूका साथ विषयमा जान्छ अनि जसरी प्राण प्रवाह हुन्छ त्यही कार्य हो । जब मन विषय छोडेर आत्मातिर जान्छ तब जुन प्रकारको प्राणको गति हुन्छ त्यही कर्म हो । जुन व्यक्ति आत्माराममा अर्थात् आत्मज्ञानमा मग्न भएर जगत्लाई आत्ममय देख्छ, त्यसको विषय ज्ञान नरहनाले कार्य पनि रहदैन । फेरि ”तु” शब्दबाट यो बोध हुन्छ कि उसको भेद ज्ञान नरहनाले चक्र अनुवर्तन गर्ने प्रयोजन पनि हुँदैन ।
नैव तस्य कृते नार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रयः ।। १८
– यज्ञशेषभोजी साधुहरू सम्पूर्ण पापबाट मुक्त हुन्छन्, किन्तु जुन मानिसहरू आप्mनो लागि कर्म गर्छन् त्यस्ता पापाचारी मानिसहरू पापलाई नै भक्षण गर्दछन् ।

कानलाई बन्द गर्दा भित्रबाट जुन एक तुमुल शब्द सुनिन्छ त्यही शब्द प्राण निर्धोष हो । त्यसको व्यञ्जन त्याग अवस्था नै प्रणव हो । यस प्रणवको बिराम हुँदैन, त्यसैले प्रणव नित्य छ ।

क्रमशः
संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल
योगको मूल पनि सांख्य, फल पनि सांख्य
जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो