भानुजयन्तीका अवसरमा भानुभक्तीय रचना पाठ

भानुजयन्तीका अवसरमा भानुभक्तीय रचना पाठ

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २९, २०७६


दुईसय छ औँ भानुजयन्तीका अवसरमा प्रगतिशील शैक्षिक मञ्च (प्रोग्रेसिभ एजुकेसनल फोरम, पिइएफ) ले भानुभक्तीय रचना पाठ आयोजना गरेको छ ।

कुमारीगालस्थित महान् सिद्धार्थ हाइस्कूलमा आज आयोजित भानुभक्तीय रचना वाचन प्रतियोगितामा मोक्षदा स्कूलका छात्र र छात्रा गरी दुवै समूहमा प्रथम भएका हुन् । छात्रातर्फको प्रतियोगितामा मोक्षदा विद्यालयकी तारा लामा प्रथम, अनमोल ज्योति स्कूलकी स्वस्तिका थपलिया द्वितीय, निमोनिक मोडर्न एकेडेमीकी एञ्जल सिलवाल तृतीय र लभ्ली एञ्जल्स स्कूलकी अपेक्षा शर्मा चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी छात्रतर्फ मोक्षदा विद्यालयका अनुज खड्का प्रथम, न्यू सनसाइन इङ्लिस स्कूलका युकेस रावल द्वितीय, दुर्गा भवानी एकेडेमीका विनोद खैर तृतीय र लभ्ली एञ्जल्स स्कूलका प्रभात सेढाईंले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी प्रतियोगीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ शशि लुमुम्बु, मञ्चका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ लुमुम्बु, मञ्चका अध्यक्ष पोखरेल, कवि बलराम दाहाल, साहित्यकार सरोज घिमिरे, महान् सिद्धार्थ स्कूलका प्रधानाध्यापक बाबुराम केसीलगायतले नेपाली भाषाको उन्नयनमा आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गर्नुभएको थियो ।