ज्ञानमित्र | ज्ञानविज्ञान | असार ३०, २०७६
दूधको आधारभूत सर्वव्यापक परिभाषा हो– एउटा प्राकृतिक अपारदर्शी सेतो तरल पदार्थ । दुग्ध भनिने यस तरल पदार्थमा फ्याट र प्रोटिन भरपुर मात्रामा हुन्छन् । प्रकृतिमा यसको प्राप्ति स्तनधारी प्राणीका फिमेल जेन्डरमा रहेका दुग्ध ग्रन्थीबाट हुने गर्छ । प्रकृतिले यो व्यवस्था प्रत्येक प्रजातिमा जन्मिने शिशुको भरण पोषणका लागि गरेको हो । तर, समय फेरियो ।
किन फेरियो त समय ?
प्रकृतिमा विकसित भएको एउटा प्रजाति ‘होमो सोपियन्स’ घटना, परिघटना वा कुनै दुर्घटनाले आवश्यकताभन्दा बढी चलाख भयो ।
आधुनिक युगमा आधुनिक शब्द र संज्ञामा मानव भनिने त्यस स्वनामधन्य प्राणीदेहीले आफूलाई प्रकृतिको सर्वोत्कृष्ट संरचना घोषित गर्दै प्रकृतिको बरखिलाफ गर्नमै पुरुषत्व केन्द्रित गर्यो । अब दुग्धकै चर्चाबाट यस स्वनामधन्य नरको अधमकृत्य र मानसिकता विश्लेषण गरौं । प्रकृतिको प्रत्येक प्राणीका पोथी वर्गमा नवजात शिशुको भरणपोषणका लागि दुग्ध उत्पादन शक्ति प्रदान गरेको थियो । तर, आफूलाई सर्वोत्कृष्ट ठान्ने यस ‘महापातकी’ले त्यस दुग्धलाई व्यवसाय बनायो, अर्थ व्यवस्था बनायो । अब भावनात्मक परिप्रेक्ष्य परित्याग गरेर रसायनशास्त्रको परिशीलनबाट चर्चालाई प्रस्थान विन्दुसम्म पुर्याउने प्रत्यत्न गरौं । दुग्ध एउटा यस्तो ‘इमल्सन’ अथवा ‘कोलाइड’ हो, जसको संरचनामा प्रशस्त पानीमा पर्याप्त ‘फ्याट’का अणु घोलिएका हुन्छन् र यसका अतिरिक्त यस तरल पदार्थमा भरपूर मात्रामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरल्सको मौज्दात रहेको हुन्छ ।
प्रकृतिले दुग्धको उत्पादन भर्खरै जन्मिएका बालबालिकाको आहारका निमित्त गरेको हुन्छ, तसर्थ यस श्वेत तरलमा उपर्युक्त सबै अवयवको मात्रा त्यति नै रहेको हुन्छ, जति त्यस प्रजातिका शिशुको पुष्टि र पाचनका लागि उपयुक्त हुन्छ । दुग्धको आफ्नो पिएच (एज) भ्यालु हुन्छ, जुन कि सरदर ६.४ देखि ६.८ बीच हुने गर्छ । यदि दुग्धमा ब्याक्टेरिया कन्टामिनेसन बढोत्तरी हुन्छ भन्ने दुग्धको पिएच भ्यालु घटोत्तरी हुन आउँछ ।
दुधमा फ्याटको मात्रा ३ देखि ७ प्रतिशतसम्म हुन्छ । यसका साथै दुधमा फ्याटमा घोलिने भिटामिन ‘ए’, ‘डी’, ‘इ’ र ‘के’ पनि रहेका हुन्छन् । दुधमा पाइने ‘प्रोटिन’ ‘केसिन’ का रूपमा रहेको हुन्छ । यसको मात्रा भने ३ देखि ४ प्रतिशतसम्म रहेको हुन्छ । यसैगरी दुधमा मिनरल्स (क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम, सोडियम र क्लोरिन) पनि रहेको हुन्छ । दुधको संरचनामा पानीमा घोलिने भिटामिनजस्तै भिटामिन ‘बी ६’, ‘बी १२’, थायमिन, नियासिन, बायोटिन, राइलोफ्लेबिन, पैन्टोथेनिक एसिड र फलिक एसिड हुने गर्छन् । दुग्धरूपी पदार्थमा ल्याक्टोज सुगर पनि हुने गर्छ, यसको निर्माण ग्लुकोज र ग्लैक्टोज सुगरबाट भएको हुन्छ । यही हो- दुग्धको सामान्य समीकरण प्रकृतिले यसको उत्पादन प्रत्येक प्रजातिका शिशुका लागि आमाको स्तनमा हुने व्यवस्था गरेको हो । र, बुद्धिमान भएपछि मानवले के ग¥यो ? वाल्विटन लिएर बस्यो दुग्ध दोहन गर्न यतिसम्म दोहन कि त्यस प्रजातिको नवजात शिशुलाई यस मातृत्व रसले वञ्चित गरिदियो । यसका लागि यो अर्थ आर्जन गर्ने बिकाउ वस्तु बन्यो ।
प्रकृतिको प्रत्येक प्राणीका पोथी वर्गमा नवजात शिशुको भरणपोषणका लागि दुग्ध उत्पादन शक्ति प्रदान गरेको थियो । तर, आफूलाई सर्वोत्कृष्ट ठान्ने यस ‘महापातकी’ले त्यस दुग्धलाई व्यवसाय बनायो, अर्थ व्यवस्था बनायो । अब भावनात्मक परिप्रेक्ष्य परित्याग गरेर रसायनशास्त्रको परिशीलनबाट चर्चालाई प्रस्थान विन्दुसम्म पुर्याउने प्रत्यत्न गरौं । दुग्ध एउटा यस्तो ‘इमल्सन’ अथवा ‘कोलाइड’ हो, जसको संरचनामा प्रशस्त पानीमा पर्याप्त ‘फ्याट’का अणु घोलिएका हुन्छन् ।
लोभको कहीँकतै अन्त हुन्छ र ! लोभ बढ्दै गयो, नवजात शिशुको आहार खोसेर पनि लोभ शान्त भएन । किनकि अब यो उसको इकोनोमी भइसकेको थियो । जुन मुर्खले आफ्नै सगोत्री, सहचरी, इष्टमित्र, बन्धु–वान्धवको सर्वविनाश हेतु परमाणु आयुधसम्मका वस्तुको विकास, निर्माण, प्रवद्र्धन र किनबेचलाई इकोनोमी भन्छ, त्यसलाई उपयुक्त सम्बोधन गर्ने सटिक शब्दको व्युत्पत्ति कुनै पनि भाषामा आजपर्यन्त भएकोजस्तो लाग्दैन । ताज्जुब नगर्नुस्, तपाईंले श्वास फेरिरहेको विश्वमा अनेकन यस्ता शक्तिराष्ट्र छन्, जसको मेन इकोनोमी नै गोली गट्टा–बम–बारुददेखि लिएर एटमिक विपन्स बेचबिखन नै रहेको छ । सबै कुरा इकोनोमी केन्द्रित भएपछि दूधको इकोनोमी पनि त मोटिभेट हुनुपर्याे । आइडियाको कमी कहाँ थियो र मानव मस्तिष्कमा ? उसले दूधको इकोनोमीलाई ‘बुस्ट’ गर्न मिलाबट गर्ने विधि आविष्कृत गर्याे । प्रकृतिले प्रदक्त गरेको परम शुद्ध र सात्विक दुग्ध मूल स्वरूपमा रहन सकेन, मिलावटले विकृत भयो ।
के मिसाइयो दुधमा ?
पानी ।
दूधमा पानीको मात्रा बढी हुन गएकाले दूध पातलो भयो । दूधबाट फ्याट झिकियो । उपभोक्तालाई गुनासो गर्न नदिन फ्याटको आपूर्ति वनस्पति घ्यू हालेर पूरा गरियो । पानीको मात्रा बढी भएर कम हुन गएको प्रोटिनको लेभल कायम राख्न युरियाको प्रयोग गरियो । युरिया हाल्नले प्रोटिन कन्टेन्ट इस्टिमेसन गर्दा प्रोटिन स्तर बढेको देखिन्छ । दूधमा मिलावटले लैक्टोज कन्टेन्ट पनि घट्यो । दूध स्वादमा फिक्का हुन गयो । त्यसपछि एउटा उपाय निकालियो- दुधमा चिनी मिसाउने । हुन पनि लैक्टोज र सुक्रोज दुवैको स्वाद गुलियो नै त हो । दुध दोहन साँझमा गरियो, सप्लाई भोलि बिहान गर्नु छ । यति समयमा यसमा ब्याक्टेरिया उत्पन्न भएर एसिड निर्माण गरिदिन्छन् । यसले गर्दा यसको पिएच घटेर दूधमा अम्लीयता बढ्छ । यसको उपाय के त ?
सजिलो उपाय, यसमा खाने सोडा अथवा कास्टिक सोडा मिसाइन्छ । ब्याक्टेरिया मार्न यसमा हाइड्रोजन प्याराअक्साइड मिसाइन्छ । दूधमा थपिएको अत्यधिक मात्राले यसको स्पेसफिक ग्रेभिटी परिवर्तित हुन जान्छ । के गर्ने ?
उपायस्वरूप दूधमा अरारोट घोल्ने गरिन्छ । स्पेसफिक ग्रेभिटी सन्तुलित हुन्छ । उत्पादनभन्दा दूधको माग बढी हुन्छ । यसको पनि उपाय छ । त्यो उपाय हो– ‘रिकास्टिट्युटिड मिल्क ।’
के हो रिकान्स्टिट्युटिड मिल्क ?
दूध उत्पादन बढी हुने क्षेत्रमा अथवा मागभन्दा बढी उत्पादन हुने बेलामा ठूल्ठूला कम्पनीले तरल दूधलाई सुकाएर पाउडर बनाउने गर्छन् । विश्वभर पाउडर दूधको ठूलो व्यापार छ । तरल दूधको बजारमा माग बढी भएको बेला यही पाउडरलाई घोलेर तरल दूधमा मिसाइने गरिन्छ । यसरी बनेको दूधलाई रिकान्स्टिट्यूड मिल्क भनिन्छ । आज भोलि बजारमा पाइने दूध शुद्ध र सात्विक रहेन । कुरा तरकारीमा विषादीको मात्र होइन, दूधमा हुने मिसावट पनि मानव स्वास्थ्यका लागि विषादीसरह नै हो ।