अमेरिकासँग मध्यस्तताको कुरा भएको छैन

अमेरिकासँग मध्यस्तताको कुरा भएको छैन

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमंत्री इमरान खानसँगको भेटमा दुई हप्ता अघि भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटमा उनले काश्मिर समस्या समाधानका लागि आफूलाई मध्यस्तता गरिदिनका लागि अनुरोध गरेको बताएका छन् । 

हिजो सोमवार भएको दुई देशबीचको प्रेस सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् । तर, यो खबरलाई भारतीय विदेश मन्त्रालयले खण्डन  गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुईनेता बीचको भेटमा त्यस्तो कुनै कुरा भएको छैन् । 

पाकिस्तानका प्रधानमंत्री इमरान खानले भने, सबैभन्दा शक्तिशाली देश भएका कारण कश्मीर समस्या समाधानका लागि ट्रम्पलाई मध्यस्तता गर्न अनुरोध गरेको हो । करीब ७० वर्षदेखि यो मुद्दा चल्दै आएको छ ।’ 

तर, ट्रम्प तथा इमरानको भेटको सम्बन्धमा व्हाइट हाउसले जारी गरेको प्रेस विज्ञप्तिमा भने कश्मीर समस्याको कहीं पनि उल्लेख छैन् । 

ट्रम्पले भने, दुई हप्ता पहिले मोदीसँगको भेटमा उनले पनि कश्मिर समस्या समााधानका लागि मध्यस्तताको लागि अनुरोध गरेका थिए । र यदि पाकिस्तान पनि समस्या समाधानका लागि अमेरिकाको मध्यस्तता चाहन्छ भने म त्यसका लागि तयार छु ।’