स्मार्ट गमला

स्मार्ट गमला

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०७६

काठमाडौं, एजेन्सी । बेल्जियमका डिजाइनर विवियन मुल्लेरले एक यस्तो स्मार्ट गमला बनाएका छन् जस्ले गमलामा रहेको  विरुवाले कस्तो महशुश गरिरहेको छ र उसको आवश्यक्ता के हो बताउँछ ।  

वास्तवमा विवियनले गमलेमा सेंसर लगाएका छन् । यसले माटाको तापक्रम, सुक्खापन तथा प्रकाशको मापन गर्ने गर्छ । यसको नाम 
लुआ राखिएको छ । गमलमा २.४ इंचको एलसीडी स्क्रीन राखिएको छ । यसमा सेंसरको माध्यमबाट विरुवाको १५ प्रकारको भावना देखिनेछ । जस्तो विरुवालाई पानी चाहिएको हो भने उसले तिर्खाएको संकेत गर्छ । 

ज्यादै गर्मी छ भने डिस्प्लेमा पसीना चुहिएको संकेत आउँछ भने पानी पर्याप्त प्राप्त भएमा हाँसेको संकेत देखिन्छ ।  

पानीको जरूरत भएमा जिब्रो बाहिर निस्किएको संकेत गर्छ भने चिसो भएमा दाँत किट्किटाएको संकेत देखापर्छ । अँध्यारो भएमा मुन्टो निहुराएको र उज्यालो प्राप्त भएपछि खुशि भएको संकेत देखापर्छ । 

यदि कोही गमला अगाडीबाट हिंडेको छ भने डिस्प्लेमा आँखा चलायमान भएको संकेत देखापर्छ ।  

पैरंट कंपनीले गमला यस वर्षको अन्तसम्ममा उत्पादनका लागि आवश्यक तयारी गरिरहेको छ ।