बदल्यो अमेरिकाले आफ्नो बयान

बदल्यो अमेरिकाले आफ्नो बयान

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी विदेश विभागले कश्मिर मुद्दामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यस्तताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको भन्ने आफ्नो भनाइमा परिवर्तन गरेको छ । 

विभागका प्रवक्ताले, कश्मिर मामिला भारत तथा पाकिस्तानको द्विपक्षीय मुद्दा रहेकोले अमेरिका यी दुई देशबीच हुने वार्ताको सँधै स्वागत गर्दछ र दुबै देशको मद्दतका लागि अमेरिका सँधै तयार रहेकाे बताएका छन् । 

पाकिस्तानलाई भारतसँग वार्ताका लागि पहिले आतंकवाद समाप्त गर्नुपर्ने र जसका लागि केही स्थिर कदम उठाउनु जरुरी छ, भनेर अमेरिकाले पछिल्लो पटका भनेको हो ।  

अमेरिकी विदेश विभागका अनुसार, कश्मिर समस्या भारत तथा पाकिस्तानको समस्या भएकोले यी दुबै देशले आपसी बातचीतबाटै यो समस्याको समाधान गर्नुपर्छ भन्ने अमेरिकाको दशकौं अघि देखिको नीति हो । तर, अघिल्लो भनाइमा भने मोदीले कश्मिर समस्या समाधान गर्न मोदीले ट्रम्पलाई आग्रह गरेको भन्ने थियो । जुन भनाइकाे भारतीय विदेश मन्त्रालयले खण्डन पनि गरिसकेको छ ।