को बन्ला बेलायतको आगामी प्रधानमन्त्री ?

को बन्ला बेलायतको आगामी प्रधानमन्त्री ?

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०७६

काठमाडौं, एजेन्सी । बेलायतको प्रधानमंत्री पदका लागि सत्तारूढ़ कंजरवेटिव पार्टीको नेताको लागि हुने चुनाव प्रक्रिया २२ जुलाइमा पुरा भएको छ । यसमा पार्टीका १.६० लाख कार्यकर्तामाझ भोटिंग गरिएको थियो । मत गणना पछि यसको नतिजा २३ जुलाइमा हुनेछ । 

हाल कार्यवाहक प्रधानमंत्री थेरेसा मेको स्थानमा पार्टी नेताका लागि बोरिस जोनसन तथा जेरेमी हंटका बीच प्रतिस्पद्र्धा भैरहेको छ । हुनत् जोनसनको जीत लगभग पक्का मानिएको छ । 

पार्टी नेताका बीच भएको भोटिंगमा जोनसन सबैभन्दा अगाडि थिए । 

बेलायतको संविधान अनुसार, बहुमत प्राप्त पार्टीको नेता नै प्रधानमंत्री हुने गर्छ । बेलायतको प्रधानमंत्री तथा पार्टी प्रमुखको दौडमा पनि यीनै दुई नेता रहेका थिए ।

यही बीच थेरेसा मे को सरकारका विदेश मंत्री सर एलन डंकनले सोमवार पदबाट राजीनामा गरेका छन् । डंकनले आफूले जोनसनका साथ काम गर्न नसक्ने बताएका छन् । 

यसभन्दा पहिले २१ जुलाइमा वित्त मंत्री फिलिप हैमंडले यदि जोनसन प्रधानमंत्री बनेका खण्डमा आफूले पदबाट राजीनामा गर्ने बताएका थिए । त्यस्तै न्याय मंत्री डेविड गुइकेले पनि यदि बोरिस जोनसन पार्टी नेता तथा प्रधानमन्त्री भएका खण्डमा मे सरकारका धेरै मंत्रीले राजीनामा दिने बताएका छन् ।